कैलासबावु श्रेष्ठ/गोरखा
कार्तिक ११ गते । गोरखा बजारमा बिहीबार शुरु भएको गरिबी निवारणका लािग लघु उद्यम बिकास कार्यक्रम सम्वन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
लघु उद्यम बिकास कार्यक्रमको सहयोग तथा घरेलु तथा साना उद्योग विकास समितिको आयोजनामा भएको १ दिने सरोकारवालाहरुको अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो ।
जिल्ला विकास समिति गोरखाको सभाहलमा भएको अभिमुखीकरण कार्यक्रममा यो बर्ष देखी देशका सबै जिल्लाका २ हजार ८ सय ६३ गाउँ बिकास समितिमा गरिबी निवारणका लािग लघु उद्यम बिकास कार्यक्रम शुरु गर्न लागेको जानकारी दिएको थियो ।
स्थानिय बिकास अधिकारीको सभापतित्वमा भएको उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी, राजनैतिक दलका प्रतिनिधीहरु, सरोकारवाला सरकारी कार्यालयका प्रमुखहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रममा जानकारी दिदै यो कार्यक्रम देश भरी लागु हुदाँ १ लाख ५० हजार जनालाई रोजगारी र्सिजना हुने छ । यस बिचमा ७३ हजार लघु उद्यम तयार हुने कार्यक्रममा जानकारी गराइएको थियो ।
कुल ४ अर्ब १६ करोड ६ लाख ८४ हजार लगानी हुने यो कार्यक्रममा नेपाल सरकारको तर्फबाट १ अर्ब २ लाख ९३ हजार खर्च गरीने छ दातृ निकाय मार्फत २ अर्ब ८१ करोड ३३ लाख ९१ हजार सहयोग हुने छ भने बाँकी पैसा स्थानिय निकायले सहयोग गर्ने कार्यक्रम तय भएको छ ।
नेपालमा बिक्रम सम्बत ०७०÷०७१ देखी शुरु भएको यो कार्यक्रम ०७४÷०७५ सम्म पहिलो चरण लागु हुने भएको हो ।
घरेलु तथा साना उद्योग विकास समिति मार्फत गरीने यो कार्यक्रम भने घरेलु आफैल गर्ने छैन । यसका लागि सबै जिल्लामा तालिम देखी सबै कार्यक्रममा लागि संस्था छनौटका प्रकृया अन्तिम चरण पुगेको छ । गोरखामा पनि ६ विभिन्न संस्थाले कार्यक्रम गर्न प्रस्ताब गरेकोमा १ संस्थाको छनौट हुने भएको छ ।
मलेशिया यही कार्यक्रम अगाडी बढाएर अहिले विश्वका सामु आर्थिक बृद्विमा अगाडी उभिएको हो ।
उद्यम बिकास अभिमुखीकरण सम्पन्न
उद्यम बिकास अभिमुखीकरण सम्पन्न
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु



