×
मङ्गलबार, भदौ ३०, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
  • २ घण्टा अघि

आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
  • ४ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ४ घण्टा अघि

आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना
  • ४ घण्टा अघि

सुन ताेलामा ११ सयले घट्याे
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • १ दिन अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • २ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • २ दिन अघि

शक्तिशाली भूकम्पको केन्द्रविन्दु बारपाक पुनःनिर्माण सुस्त

  •  
  • बुधबार, कार्तिक १०, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    जमिन छियाछिया परेकोले सुरक्षित ठाउँमा सार्न स्थानीयको माग

    कार्तिक १०, २०७३- भूकम्पको केन्द्रविन्दु गोरखाको बारपाक गाउँको जति चर्चा चासो सुनिन्छ त्यति पुनःनिर्माणमा भने कुनै चासो र चिन्ता भएको पाइएको छैन ।

    भूकम्प आएको १८ महिना हुँदा पनि बारपाकवासी टहरोमै जीवन निर्वाह गर्न बाध्य छन् । रु ५० हजारका दरले सरकारले घर बनाउन दिएको रकम हात पारे पनि उनीहरुले नयाँ घर निर्माणमा गति दिन सकेका छैनन् ।

    सस्थानीय वडा नं १ को पोखरी, २ को स्नान र मान्द्रे, ३ को कोजे, ४, ५, ६, ७, ८ र ९ को ठूलो बारपाक गाउँमा फाटफुट घर बनेका छन् तर यतिलामो समयसम्म पुनःनिर्माण महाअभियानले जुन गति लिनुपर्ने हो त्यसो हुन नसक्दा प्रभावित गाउँले निरास छन् ।

    वडा नं ५ को ४० घरधुरीका बासिन्दा विस्थापित भई वडा नं ४ मा बसे पनि उनीहरुले अब कहाँ घर बनाउने भन्ने अन्योल भएको छ ।
    छियाछिया भएको जमिनमा उनीहरुले घर बनाउने अवस्था छैन । सरकारले सुरक्षित ठाउँमा पनि स्थानान्तरण गरिदिएन । बारपाक वडा नं १ देखि ९ सम्म करिब एक हजार ४०० घरधुरी छन् ।

    भूकम्पछि प्रायः सबै टहरा जस्तापाताले छाएको हुनाले बारपाक गाउँ टलक्क टल्किन्छ । हिउँदको जाडोमा न्यानो गरी घरमा बस्ने आशामा केही बारपाकीले परम्परागतरुपले घर बनाए पनि ती घर भूकम्पप्रतिरोधी नहुँदा पुनः भूकम्प आइहाले भत्कने अबस्थाका छन् । ढुङ्गा, माटो, काठको जोडाइले बनाइएका करिब ३० प्रतिशत नयाँ घरमा बैशाख १२ कै समस्या दोहोरिन सक्ने देखिन्छ ।

    यी टहरा पुनःनिर्माणको क्रममाः बनेका घर होइनन् । ३० भन्दा बढी घर आरसीसी प्रविधि अनुसार निर्माण भइरहेका छन् । टोलटोलमा ट्याक्टर पुगेपछि निर्माण सामग्रीको ढुवानी गर्न सहज भएको भन्दै बारपाक– ४ का जीतबहादुर घलेले घर निर्माणमा गरिएको बताए ।

    बालुवा–बारपाक १५ किमी सडक स्तरोन्नति नहुँदा साना ट्रक तथा ट्याक्टर गुडाउन पनि समस्या छ । यात्रुबहाक सवारी साधन अहिलेसम्म बारपाक पुग्न सकेको छैन् ।

    जिल्लास्थित सडक कार्यालयले २०७५ सालसम्म बारपाक पुग्ने सडक कालोपत्रे गरिसक्ने योजना बनाए पनि अहिलेसम्म उक्त सडकको सामान्य स्तरोन्नति समेत भएको छैन । बर्खाको पहिरोले अवरुद्ध बनेको सडक दसैं अघि ट्र्याक मात्रै खुलाइएको भए पनि जिपमा सकसपूर्ण यात्रा गर्नुपरेको बारपाक गाउँ पुगेर फर्किएका सदरमुकामका विनोदमानसिंह बस्नेतको भनाइ छ ।

    राङरुङखोलादेखि मान्द्रेसम्मको सडक स्तरोन्नति गर्नुपर्ने देखिन्छ । सिमेन्ट, बालुवा तथा छड बोकेका ट्र्याक्टर जोखिम मोलेरै उक्त सडकमा गुडेका छन् । भूकम्पपछि प्रधानमन्त्री, राजनीतिक दलका उच्च नेता, विभिन्न मन्त्रालयका सचिवले एकीकृत बस्ती विकास गुरुयोजना बनाएर बारपाकलाई नमुना पर्यटकीय गाउँ बनाउने भन्दै विभिन्न योजना बनाएका थिए । योजनामध्ये एक, भूकम्पस्मृति पार्कको पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले बारपाक पुगेर शिलान्यास गरेका थिए ।

    शिलान्यास गर्ने बाहेक उक्त पार्क निर्माणको काम अघि नबढेको स्थानीयवासी बताउँछन् । स्थानीयवासीको जग्गा लिएर प्लट बनाई पुनः स्थानीयवासीलाई हस्तान्तरण गरेपछि एकीकृत बस्ती विकास गर्ने बताए पनि अहिले जताभावी नयाँ संरचना निर्माण हुँदा पनि नियमनकारी निकायले रोक लगाएको छैन ।

    अनुदान रकम लिएका बारपाकीले घर निर्माणलाई तीव्र रुपमा अघि बढाउन सकेका छैनन् । गाउँका अधिकांश युवा वैदेशिक रोजगारीमा रहेको र बूढाबूढी, बालबालिका र महिला मात्रै गाउँमा हुँदा पुनःनिर्माणले गति नपाएको हो । भूकम्पले भत्काएको भगनावशेष हटाउन मात्रै एक लाख रुपैयाँ खर्च भएको स्थानीयवासी शेरबहादुर गुरुङको भनाइ छ ।

    ‘ढुङ्गो सार्दैमा एक लाख सकियो’ उनले भने, ‘सरकारले दिएको पैसाले घर बनाउन पुग्दैन ।’ सरकारले दुर्गम तथा हिमाली क्षेत्रका बासिन्दालाई घर बनाउने निर्माण सामग्रीको ढुवानीमा सहुलियत दिन सके फलदायी हुने गुरुङको सुझाव छ ।

    एकीकृत बस्ती विकासका लागि सहरी विकास मन्त्रालयले अध्ययन गरेपनि नक्सा गर्न ढिला गरेपछि पुनःनिर्माणले गति नपाएको समाजसेवी जीतबहादुर घलेले बताए । ‘अनुदान रकम पाउन ढिला भो । सदरमुकामको बैंक पुगेर ल्याउनुपर्यो’ घलेले भने, ‘गाउँमा एकीकृत बस्ती विकास गर्ने कुरा छ । नक्सा बन्दा कहाँनेर घर बनाउन मिल्छ ? सडक कता बन्छ ? विद्यालय, स्वास्थ्यचौकी, प्रहरीचौकी, खुल्ला चौर, उद्यान कता बन्छ भन्नेबारे टुङ्गो नहुँदा पुनःनिर्माणको गति सुस्त देखिएको हो ।’ नक्सा पाएपछि धमाधम घर निर्माण सुरु होला भन्ने उनको विश्वास छ ।

    वडा नं– ५ को दलित टोल, वडा नं २ को मान्द्रे र स्नान गाउँवासीले अनुदान रकम लिए पनि जग्गाको अभावले गर्दा घरको जग हाल्न नपाएको गुनासो गरेका छन् । ‘सरकारले अनुदान रकम दिनुभन्दा पहिले हामीलाई सुरक्षित ठाउँको खोजी गरिदेओस्’ विस्थापितमध्ये एक भूकम्पपीडित उत्तम विकले भने, ‘आफ्नो जग्गा भूकम्पले गर्दा चिराचिरा भयो । अर्काको जग्गामा घर बनाउन पाइँदैन । के गर्ने ?’ भूकम्प र पहिरोले विस्थापित भएकालाई स्थापित गरेपछि मात्रै अनुदान रकम वितरण गर्नुपर्ने उनको भनाइ छ ।

    रासस

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, कार्तिक १०, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
    आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
    नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)

    • २. आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै

    • ३. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना

    • ५. सुन ताेलामा ११ सयले घट्याे

    • ६. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. जेनजी सहिद र रसुवा बाढीमा मृत्यु भएकाकाे सम्झनामा दिप प्रज्वलन

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.