×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १५ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १८ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १८ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १९ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

धसिंगरेको आम्दानीः एघार वर्षे वालिकाको कमाइ ५० हजार !

  •  
  • बुधबार, कार्तिक १०, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    घाँसे मैदानको उपयोगविहीन मछिनो कसरी बन्यो नगद ?
    मात्रिका पौडेल, स्थलगत रिपोर्ट

    १० कात्तिक, बिरौटा (रामेछाप) । ताँवेडाँडाकी ११ वर्षीया ल्हमू शेर्पाको यो सिजनको कमाइ ५० हजार नाघिसक्यो । उनी तीन कक्षाकी विद्यार्थी हुन् ।

    उनी विहानै उठेर हातमा हँसिया र पिठ्यूँमा डोको भिरेर भित्तरी खानी र झिलमिलेको जंगलमा पस्छिन् । भात खाने बेला डोकोभरि घाँस बोकेर फर्किन्छन् । उनले काटेर ल्याएको घाँस विरौटाको सेती भूमे सुगन्धित तथा जडिबुटी तेल प्रशोधन उद्योगले १० रुपैयाँ प्रति किलोको दरले किन्छ ।

    वैशाखदेखि हालसम्म उनको यही दैनिकीले ५० हजार कमाउन सक्षम भएकी छन् । परिवारका अन्य सदस्यको समेत हिसाब गर्दा उनको घरमा एक डेढ लाख रुपैयाँ भित्रिन्छ ।

    घर-घरमा नोटको बहार

    तीन कक्षामा पढ्ने बालिकाको कमाइ ५० हजार ? आश्चर्य मान्नुपर्दैन । ल्हमूमात्र होइन रामेछापको उत्तरी लेक क्षेत्रका बासिन्दाको घरमा अहिले दिनहुँ हजारका नोट भित्रिदै छन् ।

    dhasingare-8

    लेकाली जीवनमा नोटको वहार ल्याइदिएको छ मछिनोले । मछिनो अर्थात धसिंगरेको तेल उत्पादन गर्ने प्रविधि गाउँमा भित्रिएसँगै लेकमा वर्षेनी पलाउने मछिनो घाँस नगदमा परिणत भएको हो ।

    बेकामे स्याउलाको कायापलट

    रामेछापका उत्तरी लेक क्षेत्रका विशाल घाँसे मैदान र झाडीहरुमा पाइने मछिनोको आठ/दश वर्षअघिसम्म कुनै भाउ थिएन । न बस्तुभाउलाई घाँस हुने न त स्याउला नै ।

    २०६८ सालमा पहिलो पटक मिडेप नामको एक गैर सरकारी संस्थाले गाउँ गाउँमा पुगेर मछिनोको घाँसबाट निस्कने तेल बहुमूल्य औषधी हुने प्रमाणित गरेपछि लेकाली बासिन्दाको जीवनमा परिवर्तन आउन थाल्यो ।

    dhasingare-7

    पुस्तौंदेखि उपयोगविहीन बुट्यानका रुपमा पाखा पखेरा ढाकेको मछिनोको घाँसबाट बहु उपयोगी तेल निस्कन्छ र यसको मूल्य हजारौं रुपैयाँ लिटर पर्छ भन्ने यहाँका बासिन्दाले जब थाहा पाए, तब मछिनोलाई नगद बनाउने अभियान शुरु भयो ।

    शुरुमा गैरसरकारी संस्थाको सहयोगमा मछिनोको स्याउला पकाएर तेल निकाल्ने मेसिन जडान गरियो । अहिले यस्ता मेसिन निजी लगानीमा पनि रामेछापका दुरागाउँ, रस्नालु, पि्रति, भुजी लगायतका गाउँमा सन्चालन भएका छन् ।

    स्याउला काट्दै नगद साट्दै

    स्थानीय बासिन्दाले जंगल र पाखाबारीमा पलाएको मछिनोको घाँस काटेर उत्पादनस्थलमा ल्याउँछन् । त्यहाँ उनीहरुले ल्याएको घाँस जोख्ने तराजु राखिएको छ ।

    एक केजी घाँस बराबर कम्तिमा १० रुपैया पाउछन् जनताले । एकजनाले कम्तिमा २० देखि ७० किलोसम्म स्याउला एकपटकमा बोक्न सक्छन् । यो काममा ८/९० वर्षका वालवालिकादेखि ८० वर्षका बुढाबुढी समेत संलग्न छन् ।

    कसरी निस्कन्छ धसिंगरेको तेल ?

    तीनदेखि साढे तीन लाख रुपैयाँमा तेल उत्पादन गर्ने मेसिन जडान हुन्छ । यसलाई आगोको भट्टीमा राखिएको हुन्छ, जसको माथिबाट मछिनोको स्याउला हालिन्छ ।

    dhasingare-4

    भट्टीको तापले स्याउलाबाट पानी र तेल निस्कन्छ जुन घरेलु रक्सी जसरी तेलजति एकातिर पानी अर्कोतिर निस्कन्छ । यसरी एक दिनमा चार लिटरसम्म धसिंगरेको तेल उत्पादन गर्न सकिने विरौटास्थित सेती भूमे सुगन्धित तथा जडिवुटी तेल प्रशोधन उद्योगका सन्चालक तेम्बा शेर्पाले बताए ।

    उद्योग सञ्चालक शेर्पाका अनुसार करीव ७ सय किलो स्याउलाबाट एक किलो अर्थात एक लिटर तेल उत्पादन हुन्छ । तर उनको दावी अनुसार कतिपय अवस्थामा त्यो भन्दा कम स्याउलावाट पनि एक लिटर तेल निकाल्न सकिन्छ । तेलको मूल्य क्रेता अनुसार बिक्री गर्दा ङाटा पुर्ति गरिन्छ । मेसिनबाट तेल उत्पादन गर्नका लागि दाउरा र पानी सबैभन्दा धेरै आवश्यक पर्छ ।

    करोडौंको तेल बिदेशतिर

    मछिनो अर्थात धसिंगरेको घाँस जति काट्यो त्यति पलाउछ । लेक क्षेत्रमा मंसिरदेखि चैतसम्म हिउँ पर्ने र तुषारोका कारण पलाउदैन । वैशाखदेखि मंसिरसम्मको सिजनमा यस क्षेत्रबाट मात्र वर्षेनी डेढ दुई करोडको तेल निर्यात हुने गरेको शेर्पाले बताए ।

    धसिंगरेको तेल उत्पादन भएपछि यसका ग्राहक पहिलेनै सम्पर्कमा आइसकेका हुन्छन् । उत्पादकले एक लिटर तेल ६ हजार रुपैयाँसम्ममा विक्री गर्छन् । जब कि बिचौलियाले विदेशीलाई ३५ हजार रुपैयाँ लिटरसम्म विक्री गर्ने गरेको स्थानीय गणेश तामाङले दावी गरे ।

    यो तेल फ्रान्स र भारतमा बढी जाने गरेको शेर्पाले बताए । गत साता फ्रान्सेली व्यापारीहरुको टोली हेलिकोप्टर चढेर भुजीडाँडा र बिरौटा पुगी मछिनो पाइने घाँसे मैदानहरुको निरीक्षण गरेका थिए ।

    उनीहरुले मछिनोको तेल उत्पादन स्थलको समेत अवलोकन गरेपछि जति उत्पादन भए पनि आफूहरुले किन्ने आश्वासन दिएका छन् । तेल निकासी र मछिनाको घाँस संकलन गर्न समेत जिल्ला वन कार्यालयले धेरै समस्या सिर्जना गरेको गुनासो स्थानीयको छ ।

    सरकारी झन्झट

    वनबाट घाँस संकलन गर्दा सरकारी झन्झट बढेपछि अहिले स्थानीयहरु आफ्नै पाखा पखेराको स्याला काट्न बढि केन्द्रित छन् । उनीहरुले स्थानीय वनमा स्थानीयको अग्राधिकार हुनुपर्ने माग समेत गरेका छन् ।

    dhasingare-9

    पछिल्लो समय मछिनो अर्थात धसिंगरेको माग बढेपछि नर्सरी स्थापनाको प्रयास पनि भइरहेको छ । तर मछिनोको दानाबाट घाँस उत्पादन गर्ने कि डाँठबाट भन्ने अझै पत्ता नलागेकाले यो प्रबिधिको बारेमा अनुसन्धान भइरहेको रस्नालु गाविसका पूर्व अध्यक्ष खड्गवहादुर सुनुवारले बताए ।

    जीवनदायी धसिंगरे

    मछिनो अर्थात धसिंगरेको तेल ठोक्किएको र मर्किएको ठाउँमा लगाउँदा निको हुन्छ । यो भन्दा बढी उपयोग भने औषधी उत्पादनमा हुने गरेको शेर्पाले बताए ।

    मूभ, आइडेक्स लगायतका औषधीमा आउने गन्ध धसिंगरेको तेलको हो । यसका साथै धसिंगरेको प्रयोग बडि स्प्रे र परफ्यूमहरुमा पनि हुने गरेको जटिबुटी प्रशोधन केन्द्रले जनाएको छ ।

    फेरियो लेकाली जीवन

    धसिंगरेको तेल जति उत्पादन गरे पनि विदेशमा खपत हुने गरेकाले विशेष गरि दोलखा,रामेछाप र ओखलढुंगाका उच्च हिमाली क्षेत्रमा उद्योगका रुपमा उत्पादन भइरहेको छ ।

    dhasingare-12

    यसअघि आलु उत्पादन गरेर औल क्षेत्रमा चामल र कोदोसँग साट्दै जीवन गुजारा गर्ने लेकाली बासिन्दा अहिले धसिंगरेतर्फ आकर्षित भएका छन् । उनीहरुले उत्पादन गर्ने आलु पनि अब बेसीमा बोकेर जानुपर्दैन जिरीका व्यापारीहरु ट्याक्टर लिएर बारीमै उठाउन जान्छन् ।

    जिरी उद्योग  वाणिज्य संघका अध्यक्ष मधुकर कार्कीका अनुसार पछिल्लो समय लेक क्षेत्रका बासिन्दाको आय स्रोत बढेको छ । वर्षमा ६ करोडको आलु जिरीमा विक्री हुन्छ भने धसिंगरेको तेल दोलखा र रामेछापबाट मात्रै वर्षेनी ५ करोड भन्दा बढीको विक्री हुन्छ ।

    मनपरी व्यापारः जनतालाई मार

    सामुदायिक र राष्ट्रिय वनको मछिनो संकलनमा जनतालाई सहजीकरण गर्ने र निजी वन तथा पाखामा मछिनोको नर्सरी लगाउने प्रबिधि विकास गर्न सरकारले योजना बनाउनुपर्ने रामेछापका पूर्वसांसद देवशंकर पौडेल बताउँछन् ।

    dhasingare-6

    अहिले मछिनोको संकलन,उत्पादन र विक्री वितरण समेत कुनै नियमबाट चलेको छैन । बिचौलियाहरुले करोडौं कमाउने तर उत्पादक र किसानले न्यून रकम पाउने अवस्थाको अन्त्य गर्न सरकारले उदार नीति अपनाउनुपर्ने सन्चालक शेर्पाले बताए ।

    तेल खाँदा तीन जनाको ज्यान गयो

    मछिनो अर्थात धसिंगरेको घाँन्स बाख्रा र गाइ बस्तुले खाँदा केही पनि हुदैन । तर, यसको तेल झुक्किएर खाँदा ज्यान जान्छ ।

    पछिल्लो पटक दुरागाउँको मूलखर्कमा एकजनाले रक्सी सोचेर बोतलमा राखिएको धसिंगरेको तेल मुखमा हाल्दा तत्कालै ज्यान गएको वडा नम्बर २ का वडा नागरिक मञ्चका अध्यक्ष प्रेमबहादुर तामाङले बताए ।

    त्यस्तै प्रिति गाविसमा धसिंगरेको तेल सेवन गर्दा दुईजनाको ज्यान गइसकेको पूर्वगाविस अध्यक्ष तथा कांग्रेस नेता झपटराज भण्डारीले जानकारी दिए । ठोक्किएको वा मर्किएको ठाउँमा धसिंगरेको तेल लगाउदा समेत धेरै माड्न नहुने उनले बताए ।

    onlinekhabar

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, कार्तिक १०, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.