×
मङ्गलबार, भदौ ३०, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
  • २ घण्टा अघि

आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
  • ३ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ४ घण्टा अघि

आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना
  • ४ घण्टा अघि

सुन ताेलामा ११ सयले घट्याे
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • १ दिन अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • २ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • २ दिन अघि

गैरसरकारी संस्थासँग ठेक्का लिँदै सरकारी कार्यालय

  •  
  • बुधबार, कार्तिक १०, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    शिव उप्रेती

    गोरखा: घरेलु तथा साना उद्योग विकास समिति गोरखाले राष्ट्रिय एवं अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको कार्यक्रम ठेक्कामा लिएर विभिन्न तालिम सञ्चालन गर्ने गरेका छन् । भूकम्पपछिको राहत, उद्धार, पुनर्लाभ र पुनर्निर्माणका लागि गोरखामा आएका एनजीओ, आईएनजीओको ठेकेदार बनेर सरकारी निकायले तालिम सञ्चालन गरेको हो ।

    घरेलु कार्यालयले वल्र्ड भिजनसँग ३२ लाख ३० हजार रुपैयाँ लिएर निर्माण व्यवसायी संघको हलमा विभिन्न तालिम सञ्चालन गरेको छ । एनजीओ, आईएनजीओहरूलाई कार्यक्रम सञ्चालनको अनुमति दिने, अनुगमन तथा नियमन गर्ने एकाइले पनि उनीहरूसँग ठेक्का लिएर तालिम सञ्चालन गरेपछि गोरखामा समितिको तीव्र आलोचना भएको छ ।

    यस विषयमा जिल्ला प्रशासन कार्यालयमा उजुरीसमेत परेको छ । उद्योग कार्यालयका प्रमुख विष्णुप्रसाद न्यौपानेलाई बोलाएर गल्तीप्रति सचेत गराइएको सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए । ‘प्रमुख जिल्ला अधिकारीलाई एनजीओ, आईएनजीओको कार्यक्रममा जानसमेत रोक लगाइएको छ । त्यसमा पनि सरकारी कार्यालयले ठेक्का सम्झौता गरेर तालिम सञ्चालन गर्नु दुखद विषय हो’, शर्माले भने, ‘हामीले पहिलो चरणमा कार्यालय प्रमुखलाई सचेत गरायौं । अबदेखि यस्तो दोहोरिने छैन ।’

    कार्यालय प्रमुख न्यौपानेले पनि गल्ती स्वीकार गरी सो सम्झौता रद्द गर्ने बताएका छन् । ‘म चुकेकै हो । तर, गलत नियत राखेर होइन’, उनले भने, ‘यो सम्झौता रद्द गर्नेछु । आगामी दिनमा यस्तो गल्ती दोहोर्‌याउनेछैन ।’ माथिल्लो तहबाट ठेक्का लिएर तालिम सञ्चालन गर्न स्वीकृति पनि नलिएको उनले स्विकारे । घरेलु विकास कार्यालयको कार्यक्रम निर्देशिका २०५८ को परिच्छेद ३ को ३.२.३ मा माथिल्लो निकायबाट स्वीकृति लिनुपर्ने उल्लेख छ ।

    एनजीओहरूसँग साझेदारीमा तालिम सञ्चालन गर्ने भन्नुको अर्थ ठेक्का सम्झौता गरी काम गर्ने नभएको सहायक प्रजिअ शर्माको भनाइ छ । ‘साझेदारी गर्ने भनेको त आवश्यक तालिमका लागि आग्रह गर्ने, काम गर्न अनुमति दिने, दक्ष प्रशिक्षक तथा प्राविधिक सहयोग उपलब्ध गराउर्ने हो’, उनले भने, ‘एनजीओको सर्त र बन्धनमा बाँधिएर उसको मातहतमा रहेर काम गर्ने होइन ।’

    लाइसेन्स प्राप्त कम्पनीहरूले सञ्चालन गर्ने तालिम सरकारी नियमविपरीत घरेलु कार्यालयले गरेकोमा गोरखा उद्योग वाणिज्य संघका उद्योग हेर्ने जिम्मा पाएका सदस्य चन्दनबाबु खत्रीले आपत्ति प्रकट गरे । ‘सरकारी कार्यालयले त एनजीओ, आईएनजीओलाई काम गराउने हो । आफैले गर्ने होइन’, उनले भने, ‘घरेलुको यो कामले सरकारलाई लज्जित बनाएको छ ।’ कार्यालयको छाप दुरुपयोग गरेकोप्रति पनि उनले आपत्ति जनाए ।

    एनजीओ, आईएनजीओहरूलाई कार्यक्रम सञ्चालनको अनुमति दिने, अनुगमन तथा नियमन गर्ने एकाइले पनि उनीहरूसँग ठेक्का लिएर तालिम सञ्चालन गरेपछि गोरखामा समितिको तीव्र आलोचना भएको छ ।

    ‘विष्णु न्यौपानेले एनजीओसँग कार्यक्रम ठेक्का लिएर सञ्चालन गर्न सक्छन् । तर, सरकारी कार्यालयको छाप दुरुपयोग गरी एनजीओको कार्यक्रम गर्न मिल्दैन’, उनले भने, ‘एनजीओबाट लिएको रकम कार्यालयको खातामा आम्दानी बाँध्न सक्छन् उनले ? ५ हजार रुपैयाँभन्दा बढीको कारोबार ‘एसीपेई चेक’मार्फत गर्नुपर्छ । नत्र, आलेप, मलेपले समात्छ । तर, घरेलु कार्यालयले लाखौंको कारोबार बैंकमार्फत गरेको छैन ।’ घरेलु कार्यालयले बैंकमार्फत कारोबार नगरेको पनि स्विकारेको छ ।

    एनजीओसँग गरिएको सम्झौतापत्रमा सरकारी कार्यालयले कार्यक्रमको प्रगति विवरण, खर्च बिल भर्पाइ एनजीओलाई साप्ताहिक रूपमा नियमित बुझाउने सर्तनामा गरिएको छ । घरेलु कार्यालयले गत भदौ १५ गते सम्झौता गरी असोज ७ गतेदेखि मोबाइल मर्मत, हाउस वायरिङ, सोलार जडान तथा मर्मत, ब्युटिसियन, सिलाइ कटाइ, बाँस बुनाइ तालिम सञ्चालन गरिरहेको छ ।

    उक्त तालिम सञ्चालनका लागि कार्यालयका तर्फबाट निमित्त उद्योग अधिकृत न्यौपाने, चेस गोरखाका द्वारिका भट्टराई र वल्र्डभिजनका सूर्यप्रसाद शर्माले हस्ताक्षर गरेका छन् । सम्झौतामा कार्यालयको छाप प्रयोग गरे पनि लेटरप्याड भने प्रयोग गरिएको छैन । कार्यक्रम सम्झौता रद्द गर्न चाहेमा १५ दिनअघि जानकारी गराउनुपर्ने सम्झौतापत्रमा उल्लेख छ । तर, घरेलु कार्यालयले भने विनाजानकारी सम्झौता रद्द गर्ने जनाएको छ ।

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, कार्तिक १०, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
    आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
    नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)

    • २. आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै

    • ३. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना

    • ५. सुन ताेलामा ११ सयले घट्याे

    • ६. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. जेनजी सहिद र रसुवा बाढीमा मृत्यु भएकाकाे सम्झनामा दिप प्रज्वलन

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.