×
मङ्गलबार, भदौ ३०, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
  • ५९ मिनेट अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ घण्टा अघि

आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना
  • २ घण्टा अघि

सुन ताेलामा ११ सयले घट्याे
  • २३ घण्टा अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • १ दिन अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • २ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • २ दिन अघि

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • २ दिन अघि

काठ अभाबले मनकामना मन्दिर जिर्णोद्धारमा अवरोध

  •  
  • मङ्गलबार, कार्तिक ०२, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    नरेन्द्र ढकाल

    काठ आभवका कारण नेपालको प्रसिद्ध धार्मिक स्थल गोरखाको मनकामना मन्दिर जिर्णाेद्धार कार्य रोकिएको छ ।
    ‘जिर्णोद्धार काम केही समय यता रोकिएको छ, काम गर्नका लागि प्रर्याप्त काठ छैन, त्यसैले काम रोकेका छौ’मन्दिर जिर्णोद्धार समितिका अध्यक्ष नरेन्द्र बाबु श्रेष्ठले भन्नुभयो । चितवन बाट काठ ल्याउने तयारी भए पनि आवश्यक प्रक्रिय पूरा गर्न ढिलाई हुँदा काठको अभाव भएको हो ।
    काठ ल्याउन अझै एक महिना लाग्ने समितिकोअनुमान छ । पुरातत्व विभागको स्वीकृतमा चितवन बाट पाँच सय क्वयू फिट काठ ल्याउने तयारी गरिए पनि आवश्यक प्रक्रिया पूरा गर्न समय लागेको जिर्णोद्धार समतिले जनाएको छ ।
    ‘हामीले समय मै काठ ल्याउन पहल थालेका थियौ, काठ ढुवानीका लागि प्रक्रिया पूरा गर्न समय लाग्ने रहेछ, समय मै काठ आएन काम नै रोक्नु प¥यो ।’ अहिले चितवनको जंगलमा काठ काट्ने काम सुरु भएको र छिट्टै आवश्यक प्रक्रिया पूरा गरी मन्दिर सम्म काठ पु¥याइने समितिको दाबी छ ।
    अहिले मन्दिरको दोश्रो राख्ने काम भईरहेको छ । मन्दिर जिर्णोद्धारका लागि आवश्यक सुनको प्रवन्ध भईसकेको र रकम पनि जुट्ने क्रम जारी रहेको जिर्णोद्धार समितिले जनाएको छ । भक्तपुरबाट आएका कालिगढहरुले मन्दिरको झ्याल ढोका र टुँडालमा राख्ने काठमा बुट्टा भर्ने काम गरिरहेका छन् ।
    अन्य कामका लागि भने काठ नभए पछि काठको काम गर्ने अन्य कामदार सहित गाह्रो लगाउने मिस्त्रीहरु घर पठाइएको श्रेष्ठले बताउनु भयो‘झ्याल, ढोका, टुँडाल लगायतका ठाउँमा आवश्यक काठ त हामी सँग छ, अहिले कालिगढहरुले काठमा बँुट्टा भरिरहनु भएको छ, अन्य काठ नहुँदा काम रोकिएको हो ।’
    २०६८ सालमा स्टमेट गरेर मन्दिर पुननिर्माण थाल्ने जिर्णोद्घार समितिको तयारी भए पनि ढिला गरी गत बर्षबाट मात्र जिर्णोद्धारको काम सुरु भएको हो ।२०६८ सालमा लगत स्टमेट गर्दा साँडे आठ करोडमा मन्दिर जिर्णोद्घार सक्ने लक्ष्य लिइए पनि अहिले लागत वढ्ने जिर्णोद्घार समितिका संयोजक श्रेष्ठले बताउनुभयो ।
    ‘२५ प्रतिसत भन्दा बढि लाग बढ्ने अनुमान गरेका छौं, भूकम्प, नाकाबन्दी लगायतका समस्याले पनि लागत बढ्यो, पहिलेको स्टमेटमा मिस्त्री ज्याला पनि बढेको छ, पहिले साँडे आठ करोड सक्ने लक्ष्य थियो अब त ११ ÷१२ करोड लाग्ने अनुमान गरेका छौ ।’
    मन्दिर पुननिर्माणका लागी नेपाल सरकारले पुरातत्व विभाग मार्फत चार करोड रुपैयाँ उपलब्ध गराएको थियो । सो चार करोडको डेढ किलो सुन किनेर बैङ्कमा राखिएको छ । मन्दिर जिर्णोद्धारका लागि भक्तजन बाट उल्लेख सहयोग प्राप्त भएको समितिले जनाएको छ ।‘अहिले सम्म दुई करोड रकम खर्च भईसकेको छ, हामी सँग अझै ५ करोड जति बैङ्कमा मौजाद छ, अब डढे किलो सुन, पचास लाखको काठ र छाना छाउन तामाको पाता किन्न बाँकी छ ।’ अध्यक्ष श्रेष्ठले भन्नुभयो ।
    मन्दिर जिर्णोद्धारको काम भइरहे पनि भर्खरै सकिएको दशैमा भक्तजनहरुको उल्लेख्य उपस्थिति रहेको मनकामना मन्दिरका मुख्य पुजारी इन्सान थापाले बताउनु भयो । थापाले भन्नुभयो‘मन्दिरमा आउने भक्तजनका लागि हामीले छुट्टै व्यवस्था गरेका छौ, मन्दिर परिसरमै भगवतीको प्रतिमा बनाएर राखिएको छ, त्यस कारण पनि भक्तजनलाई पुजाआजामा कुनै बाधा छैन् उहाँहको उल्लेख्य उपस्थिति छ ।’
    अहिले शनिवार करिव दुइ हजार भक्तजनहरु आउने गरेपनि अन्य दिनमा करिव पाँच सयको हाराहारीमा भक्तजनहरु आउने गरेको स्थानियहरुले बताएका छन् । दशै सुरु भए पछि सो संख्या ह्वातै बढेको छ । मन्दिर आउने भक्तजनहरुका लागी मन्दिर वाहिर पुजा गर्ने व्यवस्था मिलाइएको छ ।
    भूकम्प,नाकाबन्दी, पेट्रोलियम पदार्थको अभाव जस्ता कारण जिर्णोद्धारमा ढिलाई भए पछि २५ प्रतिसत लागत बढ्न सक्ने अनुमान जिर्णोद्धार समितिको छ । अनेकौ समस्याका बावजुत पनि २०७४ साल भित्र मन्दिर जिर्णोद्धार सक्ने लक्ष्य समितिले लिएको छ । मन्दिर जिर्णोद्धारमा दक्ष र अर्धदक्ष गरी ३० जना भन्दा बढि कामदार खटिएका छन् ।

    gorkhapatraonline

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, कार्तिक ०२, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
    नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै

    • २. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना

    • ४. सुन ताेलामा ११ सयले घट्याे

    • ५. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    • ७. शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ३. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.