×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १७ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

किन ठडिँदैछन् विश्वमा काठका गगनचुम्बी महलहरु ?

  •  
  • शनिबार, असोज २९, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    राम्रो काठका भवनहरु हजार वर्ष टिक्न सक्ने

    हरित शहर निर्माणको उत्तम विकल्प काठलाई लिइन्छ । काठ हलुका र दिगो मात्र होइन, आम धारणा विपरीत स्टिलभन्दा बढ्दा आगो सहने गुण अर्थात् अग्नि प्रतिरोधी क्षमताले युक्त हुने विज्ञहरुको भनाइ छ ।

    पछिल्लो समयमा विश्वका सहरहरुमा काठका भवनहरु निर्माण एउटा नयाँ ट्रेण्डकैै रुपमा स्थापित हुँदै गएको छ । र, यही मेलोमा स्वीडेनको स्केलेफ्टी सहरमा काठको १९ तले गगनचुम्बी भवन निर्माण गरिँदैछ ।

    स्वीडेनको उक्त सहरमा सांस्कृतिक केन्द्र तथा होटेल निर्माणको डिजाइनका लागि आह्वान गरिएको प्रतिस्पर्धामा ह्वाइट आर्किटेक्चर नामक कम्पनीले तयार पारेको डिजाइन छनोट भएको हो ।

    wood-building3
    उक्त गगनचुम्बी काठे भवनको नाम ‘सिडा भिड सिडा’ राखिएको छ । जसको अर्थ ‘नजिक नजिक’ भन्ने हुन्छ । यो भवनको डिजाइनले स्थानीय काठ उद्योगलाई प्रवर्द्धन गर्न सहयोग पुग्ने बताइएको छ ।

    यो भवन निर्माण सम्पन्न भएसँगै नोर्डिक देशहरुको सबैभन्दा अग्लो काठे भवनको कीर्तिमान कायम हुने बताइएको छ ।

    डढेलोझैँ फैलिँदै काठे महलहरु

    पछिल्लो पाँच वर्षयता बनेका वा बन्ने योजनामा रहेका काठका भवनहरुले आर्किटेक्चरको दुनियाँलाई काबुमा लिएका छन् ।
    सन् २०१२ मा अस्ट्रेलियाको मेलबर्नस्थित भिक्टोरिया हार्वर नजिकै १० तले १०४ फीट अग्लो काठको आवासीय भवन निर्माण गरियो ।

    wood-building5
    सन् २०१४मा नर्वेको सेन्ट्रल बर्गेनस्थित दी टि्रट भवन निर्माण हुनुअघि त्यो विश्वको सबैभन्दा अग्लो काठे भवनको रुपमा थियो ।
    गत वर्ष बेलायतको लण्डनमा १०९ फिट अग्लो काठे भवन ठडियो । क्यानडामा टल उड बिल्डिङको नामबाट गगनचुम्बी महल ठडिँदैछ, जसले युनिभर्सिटी अफ बि्रटिस कोलम्बियाका विद्यार्थीलाई अध्ययनको राम्रो अवसर प्रदान गर्नेछ ।

    १७४ फिट अग्लो तथा १८ तलाको सो काठे भवन विश्वको सबैभन्दा अग्लो काठे भवन हुने पक्का थियो तर बेलायतको क्याम्बि्रज विश्वविद्यालयले सोभन्दा पनि अग्लो ओकउड टावरको निर्माण गर्ने योजना अघि सारेको छ ।

    wood-building2
    लण्डनमा ठडिने उक्त ८० तले भवन काठको निर्माण सामाग्री प्रयोगमा नयाँ मानक हुनेछ भने विश्वकै अग्लो काठे संरचना बन्नेछ । १ हजार फिट अग्लो यो काठे गगनचुम्बी भवनलाई लण्डनमा केवल दी शार्ड भवनले मात्र माथ दिन सक्नेछ ।

    आगलागीको जोखिम कति ?

    wood-building12
    यसरी एकपछि अर्को गर्दै काठका गगनचुम्बी भवनहरु ठडिँदै जाँदा त्यसले आगलागीको जोखिम बढाउने डर कतिपयमा छ । तर, विज्ञहरुका अनुसार ओकउड टावर जस्ता काठे भवनहरु आगलागीको प्रकोपका दृष्टिले स्टिल र कंक्रिट बिल्डिङभन्दा सुरक्षित छन् । मानिसले सोचेजस्तो सजिलोसँग तथा छिटै काठ नजल्ने विज्ञ बताउँछन् ।

    मनोवैज्ञानिक प्रभाव
    wood-building10
    मनोविज्ञहरुका अनुसार काठका आवासीय भवनहरुले मानिसमा सकारात्मक मनोवैज्ञानिक प्रभाव पार्दछ ।

    काठका घरभित्र बस्दा मानिसले मनोरञ्जनात्मक अनुभव गर्दछ । सन् २००९ मा अस्ट्रेलियामा गरिएको एक अध्ययनले काठका कक्षा कोठाभित्र बसेर पढ्ने विद्यार्थीहरुले कंक्रिट तथा ईंटाका भित्ता भएको कक्षाकोठाभित्र बसेर पढ्ने विद्यार्थीहरुले भन्दा पढाइमा राम्रो प्रगति गर्ने गरेको देखाएको थियो ।

    वन मासिने चिन्ता
    wood-building
    काठका भवनहरुको निर्माण बढ्दै जाँदा विश्वमा वन विनाश बढ्ने चिन्ता पनि थपिएको छ । विश्व वन्यजन्तु कोषका अनुसार विश्वमा हरेक वर्ष ५८ हजार वर्ग माइल जंगल विनाश हुन्छ । अर्थात् हरेक एक मिनेटमा ४८ वटा फुटबल मैदान जत्तिको क्षेत्रफलको जंगल सखाप हुने गरेको छ ।
    तर, ओकउड टावरजस्ता गगनचुम्बी भवनहरु सेतो काठबाट बन्नेछन् । यस्तो काठ उत्पादन गर्ने रुखहरु काठ उत्पादनकै लागि रोपिन्छ र रोपेको ४० वर्षपछि उक्त रुख काठ उत्पादनका लागि काटिन्छ ।
    Untitled-9
    विश्वमा कागजको प्रयोग घट्दै जाँदा कागज उत्पादनका लागि रुखको कटानी घटिरहेको छ र रुसजस्ता देशमा वनक्षेत्र बढिरहेको छ । अर्कोतर्फ कंक्रिट तथा स्टिलजस्ता निर्माण सामाग्री प्रयोगभन्दा काठको प्रयोग बढी दिगो हुने विज्ञहरुको मत छ । काठ कंक्रिटभन्दा चार गुणा हलुका हुने भएकाले कंक्रिटको ओसार-पसारमा कम उर्जा खपत हुन्छ । साथै काठका घर बनाउन कंक्रिट तथा स्टिलका संरचना तयार गर्नभन्दा कम आर्थिक तथा उर्जा खपत हुने भएकाले यसको सकारात्मक प्रभाव पर्दछ ।

    मक्किएला कि ?

    wood-building4
    लण्डनको वेस्ट मिनिष्टर हलको टुडर टिम्बर आर्चेजदेखि बेइजिंगको फोर्बिडन सिटी भवनजस्ता विश्वका सबैभन्दा चर्चित तथा सुन्दर भवनहरु काठबाटै बनेका छन् । निर्माणको सयौँ वर्ष भैसक्दा पनि यी भवनका काठ मक्किएका छैनन् । मज्जाले छिप्पिएको तथा निर्माणमा प्रयोग गरिने सुकाठको आयु हजार वर्षसम्म पनि रहन्छ । नियमित रुपमा रेखदेख तथा पानीबाट बचाउने हो भने काठ मक्किने जोखिम हुँदैन ।

    wood-building11
    wood-building9
    wood-building6
    सीएनएनको सहयोगमा

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, असोज २९, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.