कैलासबावु श्रेष्ठ/गोरखा
असोज १७ गते । आईतबार दिउसो राष्ट्रिय बाणिज्य बैंक गोरखा शाखा हाता भित्रै बाट ग्राहाक संग लुटिएको पैसा सहित १ जना पक्राउ परेको छ ।
आइर्तबार ग्राहाकले निकालेको १ लाख ५० हजार रुपैयाँ झोलामा राख्न खोज्दा बैंक भित्रै बाट लुटेर फरार रहेका तनहुँ जिल्ला ब्यास नगरपालिका ५ डि गाउँ बस्ने बुधे भन्ने बिकास बिश्वकर्मालाई प्रहरी पक्राउ गर्न सफल भएको छ । पक्राउ परेका विश्वकर्माको साथ बाट १ लाख ३६ हजार नगद बरामद भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ । 
गोरखा सिम्जुङ्ग घर भएका भरतमणी दवाडीले बैंकबाट झिकेको उक्त रकम झोलामा हाल्न खोज्दा लुटेर भागेका बुधेलाई प्रहरीले धराप थापेर १२ किलोमा पक्राउ गरेको थियो । लुटेरलाई चोरी भएको २ घण्टा भित्रै प्रहरी पक्राउ गर्न सफल भएको थियो । पैसा चोरी भएको थाहा पाउनासाथ प्रहरीले बैंकमा जडान गरीएको क्लोज सर्किट क्यामेरामा कैद भएको भिडीयो हेरेर मानिस पहिचान गरीएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक बिरेन्द्र थापाले जानकारी दिए ।
बैंकबाटै रकम चोरी गर्ने पक्राउ
बैंकबाटै रकम चोरी गर्ने पक्राउ
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु




















