×
सोमबार, भदौ २९, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ११ सयले घट्याे
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २१ घण्टा अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • २१ घण्टा अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • २ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • २ दिन अघि

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • २ दिन अघि

सुन ताेलामा १२ सयले बढ्याे
  • २ दिन अघि

बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)
  • २ दिन अघि

नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ दिन अघि

मनकामना मन्दिरमा राष्ट्रपतिले १० मिनेट पूजा गरिन्

  •  
  • शुक्रबार, असोज १४, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    राष्ट्रपति भण्डारीलाई मायाको चिनो हस्तान्तरण गर्दै मनकामना गाविसका गाविस सचिब नारायण सापकोटा । तस्बिरः अन्नपूर्ण

    ‘मनकामना मन्दिरको जीर्णोद्धारमा रकम अभाव हुन दिन्न’

     शिव उप्रेती

    गोरखाः राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार प्रसिद्ध धार्मिकस्थल मनकामनाको दर्शन गरेकी छन् । पोखराबाट नेपाली सेनाको हेलिकोप्टरबाट साढे दुई बजे राष्ट्रपति भण्डारी मनकामना आइपुगेकी थिइन् ।

    उनले १० मिनेट लगाएर देवीको पूजाअर्चना गरेकी छिन् । जीर्णोद्वारको क्रममा रहेको मन्दिरको भत्काइएको भागको विशेष पूजाकोठामा नै उनले पूजाआजा गरेकी हुन् ।

    जीर्णोद्वार हुन थालेपछि सर्वसाधारण भक्तजनका लागि भने बाहिरै देवीको मूर्ति प्रतिस्थापन गरी पूजा गर्ने व्यवस्था मिलाइएको छ ।
    पूजा सकेर भण्डारीले मन्दिर परिसरमा मनकामना क्षेत्र विकास समिति, मनकामना जीर्णोद्धार समिति, स्थानीयबासी तथा जिल्लाका प्रशासकसंग भेटघाट गरिन् ।

    छलफलको क्रममा उनले मनकामना मन्दिरको जीर्णोद्वारका लागि बजेट अभाव हुन नदिने बताइन् । मनकामना मन्दिर बिगत एक बर्षदेखि जीर्णोद्वारको क्रममा छ । ‘भूकम्पले ध्वस्त महत्वपूर्ण धार्मिक तथा एतिहासिक सम्पदा पुनर्निर्माणमा रकम अभाव हुन नदिन मैले आफ्नो क्षेत्रबाट पनि पहल कदमी गर्छु’ उनले भनिन् ‘यो मन्दिर पहिले पनि यसै जीर्ण थियो । भूकम्पले झन तहस नहस बनाएको छ ।’

    राष्ट्रपति समक्ष मनकामना गाविसका सचिव नारायण सापकोटाले गाविसका समस्या सुनाए । ‘मनकामना मन्दिर दर्शन गर्नका लागि वार्षिक १२ लाख तिर्थालु आउने गर्छन् । उनीहरुलाई व्यवस्थापन गर्न समस्या छ’ सचिव सापकोटाले राष्ट्रपतिसमक्ष भने ‘खानेपानीको पर्याप्त व्यवस्था गर्न सकेका छैनौँ।’

    जीर्णाेद्धारको क्रममा रहेको मनकामना मन्दिर २०७४ सालमा पुननिर्माण गरिसक्ने लक्ष्यकासाथ काम भइरहेको मन्दिर जिर्णाेद्धार समितिका अध्यक्ष नरेन्द्रबाबु श्रेष्ठले जानकारी दिए । २०६८ सालमा नेपाल सरकार पुरातत्व विभागबाट भएको सर्भेमा आठ करोड ५० लाख लाग्ने अनुमान गरिएको थियो । भूकम्प र नाकाबन्दीका कारण काम प्रभावित हुँदा मन्दिर निर्माणको लागत बढेर ११ करोड रुपैँया पुग्ने अनुमान गरिएको श्रेष्ठले बताए ।

    नेपाल सरकारले ४ करोड रुपैँया मनकामना जीर्णाद्धारका लागि उपलब्ध गराइसकेको छ । सोही चार करोड मध्येबाट तीन करोड ५० लाख रुपैँयाले जिर्णाद्धार समितिले साँढे सात किलो सुन किनेर लकरमा राखेको छ । भक्तजन र स्थानीयको सहभागितामा करिब ६ करोड रुपैँया संकलन भइसकेकोले मन्दिर निर्माणका लागि रकम अभाव भने नहुने मन्दिर जिर्णोद्धार समितिले राष्ट्रपतिसमक्ष अबगत गराएको छ ।

    अझै डेढ किलो सुन र छाना छाउनका लागि तामाको पाता ब्यवस्था गर्नै बाँकी रहेको भन्दै सहयोगका लागि अनुरोध गरेको छ । अहिलेसम्म करिब दुई करोड रुपैँया खर्च भइसकेको समेत अध्यक्ष श्रेष्ठले बताए । उनका अनुसार नेपाल सरकारले ३५ प्रतिशत र भक्तजन तथा स्थानीयको जनसहभागितामा ६५ प्रतिशत रकम संकलन भएको छ ।

    राष्ट्रपति भण्डारी करिब एक घण्टा मनकामनामा बसेर काठमाडौँ फर्किएकी छिन् ।

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, असोज १४, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ११ सयले घट्याे
    नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ११ सयले घट्याे

    • २. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    • ४. शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु

    • ५. गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते

    • ६. रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते

    • ७. सुन ताेलामा १२ सयले बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ३. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.