×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १५ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १९ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १९ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १९ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

बलुचिस्तान कार्डः मोदीको अदुरदर्शिता

  •  
  • बुधबार, असोज १२, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    पाकिस्तानलाई अस्थिर बनाउँदा भारतलाई फाइदा कि घाटा ?

    अरुण बराल

    (समाचार टिप्पणी)

    १२ असोज, काठमाडौं । भारत र पाकिस्तानवीच अहिले तनाव बढेको छ । इस्लामावादमा हुने सार्क शिखर सम्मेलनसमेत यही तनावका कारण स्थगन हुने निश्चित भइसकेको छ । अब दक्षिण एशियाका दुई आणविक राष्ट्रवीचको तनावले युद्धको रुप लिन्छ वा यत्तिकै सेलाउँछ भन्ने प्रश्न सतहमा आएको छ ।

    अर्को महत्वपूर्ण पक्ष के छ भने यो तनावले नेपाल र नेपालीलाई जरुर असर गर्नेछ । यो तनाव अझ चर्कियो भने यसले सिंगै दक्षिण एशियालाई असर गर्नेछ र लामो समय शान्त रहेको दक्षिण एशिया मध्यपूर्व जस्तै अन्त्यहीन द्वन्द्वमा फस्नेछ । यसले चीन र भारतको प्रगतिलाई त डिस्टर्ब गर्छ नै, नेपाल र बंगलादेशजस्ता साना देशहरुको भविश्यसमेत धरापमा पारिदिनेछ ।

    भारत-पाकिस्तान तनावका कारणहरुबारे चर्चा गर्दा पठानकोट र उरी आक्रमणका घटनालाई तात्कालीक कारण मान्न सकिन्छ । कास्मिर विवाद र पछिल्लो समय बलुचिस्तान मुद्दालाई दुई देशको विवादको अर्को कारकतत्व मान्न सकिन्छ ।

    त्यस्तै चिनियाँ ड्रागनलाई उसैको सीमानामा रोकिराख्ने र बलुचिस्तान हुँदै अरब सागरको बाटोमा प्रवेश नदिने भारत-अमेरिकी रणनीतिलाई पनि भारत-पाक तनावको अर्को कारकतत्व मान्न सकिन्छ ।

    पाकिस्तान र आतंकवाद

    जब-जब भारतमा आतंकवादी हमला हुन्छन्, भारतीय पक्षले सिधै आरोप लगाउँछ कि यो पाकिस्तानले भारतमाथि गरेको आक्रमण हो । मुम्बई आक्रमण, गतसालको पठानकोट आक्रमण र यसैसाता भएको उरी आक्रमण सबैलाई भारतीय पक्षले पाकिस्तानले गरेको आक्रमण बताउने गरेको छ । ती आक्रमणहरु पाकिस्तानी संस्थापन पक्षले गरेको नभई त्यहाँ आश्रति आतंकवादीहरुले गरेका हुन् भन्ने मान्न भारत तयार छैन । पाकिस्तानले तालिवानी आतंकवादीलाई आश्रय दिएर पालिरहेको भारतको आरोप छ ।

    Nawaj-Sharif

    पाकिस्तान एउटा त्यस्तो देश हो जो, अफगानिस्तानबाट खुल्ला सीमानामार्फत छिरेका आतंकवादीहरुको आक्रमणको शिकार बन्ने गरेको छ । ओसामा विन लादेन आफैं यसको प्रमाण हुन् । पाकिस्तानीहरु भन्ने गर्छन् कि उनीहरु नै सबैभन्दा धेरै आतंवादीसँग जुधिरहेका छन् । तैपनि भारतले एकोहोरो आरोप लगाउने गरेको छ कि पाकिस्तान आतंकवादीहरुको देश हो ।

    विगतमा अमेरिकारले इराकमाथि यस्तै आरोप लगाएको थियो । इराकमा रसायनिक हतियार रहेको अमेरिकाको दाबी थियो । खुफिया त्यही पाएको भन्दै अमेरिकाले इराकमाथि युद्ध गर्‍यो । र, अहिले त्यसैको परिणामस्वरुप विश्वले सिरिया द्वन्द्वको सामना गर्नुपरिरहेको छ । बेलायतका टोनी ब्लेयरले गल्ती स्वीकारिसकेका छन् । अमेरिकाका जर्ज बुसमाथि प्रश्न उठिसकेको छ कि इराकमाथि जे आरोपमा आक्रमण भयो, त्यसको ‘जस्टिफिकेसन’ अझैसम्म हुन सकेन । यसको विपरीत इराक आक्रमणले आइएसलाई जन्मायो ।

    अहिले पाकिस्तानका बारेमा विश्लेषण गर्ने बेलामा पनि भारतीय पक्षले वस्तुसम्मत नभई आवेगात्मक काम गरिरहेको देखिन्छ । भारतमाथि जति पनि आतंकवादी हमलाहरु भइरहेका छन्, त्यसमा पाकिस्तान सरकारकै हात छ कि पाकिस्तानमा रहेका सशस्त्र विद्रोहीहरुको मात्रै हात छ ? पाकिस्तानको संस्थापन पक्ष भारतसँग सम्बन्ध सुधार्न चाहन्छ कि युद्ध चाहन्छ ? यसको वस्तुसम्मत विश्लेषण जरुरी छ ।

    अमेरिकी संसदले यसैसाता पाकिस्तानका बारेमा जुन प्रस्ताव पारित गर्न खोज्यो, त्यसले दक्षिण एशियालाई मध्यपूर्व बनाउने कसरत भइरहेको बुझ्न सकिन्छ ।

    निश्चय पनि पाकिस्तान, नेपालजस्ता छिमेकी देशमा हुने अशान्ति र अस्थिरताले भारतीय सुरक्षामा सकारात्मक हैन, नकारात्मक प्रभाव पार्ने र पारिरहेको छ

    आतंकवाद र अतिवादसँग लडिरहेको पाकिस्तानलाई यदि आवेगमा आएर आतंकवादीको टोकरीमा हालियो भने यसले दक्षिण एशियामा शान्ति होइन, आतंकवादलाई निम्तो दिनेछ । र, सिंगै दक्षिण एशिया मध्यपूर्वी देशहरु जस्तै अन्त्यहीन द्वन्द्वमा फस्नेछ । त्यसपछि भारतमा झन् ठूला आक्रमण र हिंसाका घटना बढ्न थाल्नेछन् । आइएसले समेत यही अस्थिरताबाट भारतमा प्रवेश गर्नेछ ।

    त्यसैले पनि यो महत्वपूर्ण प्रश्नको वस्तुसम्मत जवाफ खोजिनैपर्छ कि पाकिस्तान आतंकवादसँग जुधिरहेको देश हो या आतंकवादलाई पालनपोषण गरिरहेको देश हो ? भारतमा हुने आतंकवादी हमलालाई पाकिस्तान सरकारसँग सहकार्य गरेर कम गराउन सकिन्छ या उसको देशमा अस्थिरता भित्र्याएर, सिंगै पाकिस्तानलाई आतंकवादी करार गरेर भारतलाई सुरक्षित राख्न सकिन्छ ?

    निश्चय पनि पाकिस्तान, नेपालजस्ता छिमेकी देशमा हुने अशान्ति र अस्थिरताले भारतीय सुरक्षामा सकारात्मक हैन, नकारात्मक प्रभाव पार्ने र पारिरहेको छ । काश्मिर मामिला नसल्टिँदा अनि काश्मिरमा हिंसा बढ्दा भारतमा आक्रमणका घटना बढ्ने गरेका छन् । अब यसैगरी बलुचिस्तान असुरक्षित भयो भने भारतमा अरु हिंसाका घटना बढ्नेछन् ।

    बलुचिस्तानमा आगो बालेर भारतलाई कुनै फाइदा छैन, जसरी श्रीलंकामा आगो बालेर उसलाई फाइदा भएन । नेपालको तराईमा आगो बालेर, नाकाबन्दी गरेर उसलाई फाइदा भएन । भारतले यो कुरा बुझ्न जरुरी छ ।

    काश्मिर मुद्दाः पुस्तौनी विवाद

    भारतीय टेलिभिजन आज तकलाई दिएको अन्तरवार्तामा पाकिस्तानी पूवराष्ट्रपति परवेज मुसर्रफले भनेका छन् कि काश्मिर समस्या समाधान हुनासाथ भारतमाथिका यस्ता हमलाहरु एकाएक समाप्त हुनेछन् । मुसर्रफले उरी, पठानकोट जस्ता घटनाको कारक खोज्नुपर्ने र त्यसको स्रोत काश्मिर नै भएको दाबी गरेका छन् ।

    परवेजको भनाइ यहाँ पढ्नुहोस्- मोदीलाई मुशुर्रफको चेतावनी- पाकिस्तानलाई नेपाल र भुटान जस्तो नठानियोस्

    काश्मिरको समस्या कसरी समाधान गर्ने ? ५८ वर्षदेखि यहाँको विवाद हल भएको छैन । पाकिस्तान यहाँ जनमत संग्रह हुनुपर्ने र त्यहाँका जनताले नै उनीहरुको भाग्यको फैसला गर्न पाउनुपर्ने पक्षमा छ । र, संयुक्त राष्ट्र संघको रेजुलेसनले पनि काश्मिरमा जनमत संग्रहलाई मान्यता दिएको पाकिस्तानको तर्क छ । भारतले राष्ट्र संघलाई नमानेको उनीहरुको गुनासो छ ।

    भारतले ‘रअ’को डिजाइनअन्तरगत यतिबेला पाकिस्तानलाई कमजोर बनाउन र बंगलादेशजस्तै गरी फुटाउन बलुचिस्तानको कार्ड खेलेको पाकिस्तानी नेताहरुको आरोप छ

    भारतचाँहि काश्मिरमा राष्ट्र संघलाई निम्तो गर्ने पक्षमा छैन । विगतको सहमतिबाट पनि ऊ पछि हटेको देखिन्छ । भारत न त बल प्रयोग गरेर काश्मिरमाथि पूरै नियन्त्रण गर्न सक्छ, न विगतको स्वतन्त्र देश काश्मिरमा आफ्नो दाबी नै छाड्न सक्छ । यो परिस्थितिमा काश्मिर मुद्दा अझै केही पुस्तासम्म चलिरहने देखिन्छ । र, जबसम्म यो मुद्दा थाती रहन्छ, तबसम्म भारतको शान्ति र प्रगतिमा यसले चुनौती दिइरहने निश्चित छ ।

    काश्मिरबारे थप यहाँ पढ्नुहोस्- भारतले सिक्किम निल्यो, कश्मिर किन अड्कियो ?

    कास्मिरको नालीबेलीः जनमत संग्रह उत्तम विकल्प

    बलुचिस्तान कार्ड

    baloch in pak 2

    भारतले ‘रअ’को डिजाइनअन्तरगत यतिबेला पाकिस्तानलाई कमजोर बनाउन र बंगलादेशजस्तै गरी फुटाउन बलुचिस्तानको कार्ड खेलेको पाकिस्तानी नेताहरुको आरोप छ ।

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सार्वजनिक भाषणमै ‘बलुचिस्तानका जनताको आन्दोलन’लाई समर्थन जनाएपछि त्यहाँ भारतीय हस्तक्षेपको उत्कट इच्छा प्रकट भएको देखिन्छ ।

    बलुचिस्तान पाकिस्तानको दक्षिण-पश्चिममा अवस्थित भूगोल हो, जहाँ राज्यको संस्थापन पक्षसँगको असन्तुष्टि धेरै पहिलेदेखि रहँदै आएको छ । बलुचिस्तानमा यसअघि पनि पटक-पटक राष्ट्रवादी एवं स्वतन्त्र राष्ट्रको माग गर्दै आन्दोलन हुँदै आएको हुनाले भारतलाई यसमा खेल्न सहज भएको हो । जहाँ कमजोरी हुन्छ, त्यहीँ विपक्षीले खेल्ने गर्छन् । बलुचिस्तान पाकिस्तानको ‘लुप होल’ हो, चीनका लागि तिब्बत भएजस्तै । र, नेपालका लागि मधेसजस्तै । ( हुनत मधेस नेपालबाट कहिल्यै अलग छैन । तर, यहाँ भारतले खेल्ने प्रयास गर्दै आएको छ ।)

    बलुचिस्तान पृथकतावादी आन्दोलनका नेता २००६ मा मारिए । जिउँदाहरु अहिले निर्वासनमा छन् । त्यहाँको सशस्त्र संघर्षलाई दबाउन पाकिस्तानी सरकारले बल प्रयोग गर्दा कैयौं मारिएका छन् । यसैलाई आधार बनाएर मोदीले बलुचिस्तानमा मानवअधिकारको कुरा उठाएका हुन् ।

    बलुचिस्तान खनिज, तेल र सुनखानीका लागि प्रशिद्ध छ । समग्र पाकिस्तानको ४० प्रतिशत भूमि यसले ओगटे पनि जनसंख्याको हिसाबले भने ४ प्रतिशतको हाराहारीमा मात्रै छ । यहाँको साधन र स्रोत पाकिस्तान सरकारले दोहन गरेको आरोप लगाउँदै पश्चिमा शक्ति र भारतीयहरुले बलोच जनतालाई विद्रोहका भड्काउने गरेका छन् । यसरी भड्किएको विद्रोहले पाकिस्तानलाई बंगलादेशजस्तै विभाजित गरोस् र कमजोर बनाओस् भन्ने उनीहरुको डिजाइन रहेको पाकिस्तानको आरोप छ ।

    यद्यपि पाकिस्तानी पूर्वराष्ट्रपति परवेज मुसर्ररफको विचारमा बलुचिस्तानमा सानो संख्यामा देखिएको असन्तुष्टिले खासै असर गर्ने देखिन्न । र, यसलाई भारतीय मिडिया र रअले मात्रै उछालिरहेको हो, खासै ठूलो समस्या होइन यो ।

    चीनलाई छेक्ने रणनीति

    बलुचिस्तानमा रहेको बन्दरगाह गतसाल चीनले ४३ वर्षका लागि लिजमा लिइसकेको छ । चीनले काश्मिरको लद्दाख आसापासबाट इलामावाद हुँदै बलुचिस्तानसम्म सिल्क रोड विस्तार गर्ने र यही बाटोबाट अरब मुलुकसँग व्यापार गर्ने योजना अन्तरगत पाकिस्तानसँग आर्थिक साझेदारी अगाडि बढाएको छ । यसले गर्दा बलुचिस्तानको भूमिसँग अब चीनसमेत जोडिएको छ ।

    बलुचिस्तानको गदर बन्दरगाह । यसले चीनलाई अरब मुलुकसँग जोड्छ ।

    भारतले अरब मुलुकमा चीनको व्यापार सहज ढंगबाट नहोस् भन्नका लागि दुईतिरबाट ‘डिस्टर्ब’ गर्ने नीति लिएको देखिन्छः एउटा- भियतनामतर्फको चाइना सागरमा किचलो उठाउने र अर्को, पाकिस्तानतर्फको बलुचिस्तानस्थित बन्दरगाहमा चीनलाई डिस्टर्ब गर्ने ।

    चीनलाई समुद्रको बाटोबाट अरब छिर्न नदिने वा डिस्टर्ब गर्ने रणनीतिमा भारत एक्लै लागेको भन्न मिल्दैन । मध्यपूर्वी एशियामा चीनलाई डिस्टर्ब गर्ने रणनीति अख्तियार गर्दै आएको अमेरिकाले अब दक्षिण एशियामा पनि भारतसँग मिलेर चीनलाई पिरोल्ने नीति लिएको देखिन्छ । यसैको प्रकट रुप अहिले बलुचिस्तानमा देखिँदैछ ।

    पाकिस्तानको आन्तरिक भू-भागबारे मोदीले सार्वजनिकरुपमै जसरी वक्तव्य दिए, यसले कूटनीतिक मर्यादालाई समेत धज्जी उढाएको छ । तर, आर्थिक हिसाबले सुपर पावर बन्न लागिरहेको चीनका लागि बलुचिस्तानबाट खुट्टा झिक्नु भनेको ठूलो धक्का व्यहोर्नु हो ।

    सन् २००४ को हिंसामा केही चिनियाँ इञ्जिनियरहरु मारिँदा पनि चीन बलुचिस्तानबाट पछि हटेन र सन् २०१५ मा आइपुग्दा पाकिस्तान-चीन आर्थिक साझेदारीमा हस्ताक्षरसमेत भइसकेको छ । र, ४३ वर्षका लागि चीनले बन्दरगाह लिजमा लिइसकेको छ । अब यसले प्रष्ट गर्दछ कि बलुचिस्तान प्रकरण भारत, पाकिस्तान वा बलोच जनताको मात्रै होइन, चीनको पनि सरोकारको स्थल हो ।

    पाकिस्तान कमजोर हुँदा भारतलाई के फाइदा ?

    बलुचिस्तानलाई फुटाएर वा त्यहाँ हिंसा बढाएर भारतलाई के फाइदा छ ? यो पनि बहसको विषय हो । नेपालजस्तो सानो देशमा अशान्ति हुँदा भारतलाई फाइदा नहुने निश्कर्ष निकाल्ने गरिएको छ ।

    काश्मिरमा अशान्ति हुँदा भारतले रुनु परिरहेको छ । यस्तो बेलामा पाकिस्तानमा शान्ति र राजनीतिक स्थिरता भयो भने मात्रै भारतको सम्वृद्धि सम्भव छ ।

    अहिलेको आवश्यकता हो, दक्षिण एशियाली देशहरुवीच एकता, सहकार्य र मेलमिलाप । दक्षिण एशियाको यो शान्तिभूमिमा युद्धलाई कसैले पनि निम्तो दिनुहुँदैन

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तिनै नेता हुन्, जसले आफ्नो सपथग्रहणमा पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफलाई बोलाएका थिए । र, मोदी उनै नेता हुन्, जसले नवाजकी आमालाई साडी उपहार दिएका थिए । भारतीय देशभक्तले विरोध गर्दा गर्दै उनी लाहोरमा नवाजलाई ह्प्पी बर्थ डे भन्न पुगेका थिए ।

    पाकिस्तानप्रति मोदीको पुरानै नीति ठीक थियो । केही आतंकवादीले हमला गर्दैमा मोदीले उत्तेजित भएर बलुचिस्तानतिर हेर्छन् भने यसलाई मोदीको अदुरदर्शिता शिवाय केही मान्न सकिँदैन ।

    नेपालका प्रधानमन्त्री प्रचण्ड दिल्लीमै रहेका बेला आफ्नो ६६ औं जन्मदिन मनाएका मोदी अबको केही दशकमा यो संसारबाट विदा होलान् । तर, अघिल्लो पुस्ताले झोसेर गएको काश्मिरको आगो निभाउनुको साटो बलुचिस्तानको तेलखानीमा मोदीले अर्को आगो सल्काएर गए भने दक्षिण एशियाली सभ्यतामा भावी पुस्ताका लागि यो एउटा कलंक हुनेछ ।

    अहिलेको आवश्यकता हो, दक्षिण एशियाली देशहरुवीच एकता, सहकार्य र मेलमिलाप । दक्षिण एशियाको यो शान्तिभूमिमा युद्धलाई कसैले पनि निम्तो दिनुहुँदैन ।

    नेपालको भूमिका

    Prachand-and-Narendra-Modi-

    अहिले भारतले पाकिस्तानका सम्बन्धमा जस्तो नीति लिन खोजिरहेको छ, त्यसलाई नेपालले साथ दिन सक्दैन । नेपाल जहिले पनि दक्षिण एशियामा स्वतन्त्र र स्वाभिमान देशमात्रै होइन, तटस्थ देश पनि हो । हामीले पाकिस्तानलाई भारतीय आँखाले हेर्न सक्दैनौं ।

    विभिन्न मुस्लिम देशहरुमा हजारौं नेपालीले काम गरिरहेका छन् । कतारजस्ता देशमा राजाको दरबारमा समेत नेपालीहरु विश्वासपात्रका रुपमा कार्यरत छन् । पाकिस्तान र नेपालवीच राम्रो र न्यानो सम्बन्ध छ । यो स्थितिमा हामीले भारतलाई सम्झाउन जरुरी छ कि तिमी आफ्ना छिमेकीप्रति उत्तेजित एवं ‘बडा भाइ’को जस्तो व्यवहार नगर ।

    उरी र बलुचिस्तानकै बाहनामा वा काश्मिरको बाहनामा भारत र पाकिस्तानवीच युद्ध भड्कियो भने नेपालले प्रथमतः त्यसलाई सुरु नहुँदै रोक्ने प्रयास गर्नुपर्छ । त्यसो गर्न सकिएन भने ठूलो राष्ट्रले कमजोर राष्ट्रमाथि गर्ने थिचोमिचो र अनावश्यक युद्ध थोपर्ने नीतिको विरोधमा उभिनुपर्छ । विगतमा जस्तै त्यस्तो युद्धमा भारतको पक्षमा गोरखा सैनिकलाई प्रयोग गर्न दिइनुहुँदैन ।

    अहिले भारतकै कारण सार्कको भविश्यमाथि प्रश्न उठ्न लागेको छ । नेपालले सार्कलाई बचाउन र भारत-पाकिस्तानलाई जोड्न भूमिका खेल्न जरुरी छ । भारतको लहैलहैमा लागेर हामीले दक्षिण एशियामा धु्रवीकरण बढ्न दिनुहुँदैन ।

    भारतको आँखाले हामीले दक्षिण एशियालाई हेर्ने होइन, सगरमाथाको फेदमा बसेर नेपालकै आँखाले हेर्न जरुरी छ ।

    भारत-पाक तनाव अरु बढ्यो भने नेपालमा पाकिस्तानी शरणार्थीहरु बढ्न सक्छन् । भारतमा आइएसको गतिविधि बढ्न सक्छ । सिरियामा सिंगै विश्व लाग्दासमेत शान्ति कायम हुन नसकेका बेला पाकिस्तानलाई दपेटेर शान्ति स्थापना गर्न सकिन्छ भन्ने नरेन्द्र मोदीले ठानेका छन् भने त्यो उनको अदुरदर्शिता र भ्रममात्रै हुनेछ ।

    त्यसैले गौतम बुद्धको देशबाट हामीले दक्षिण एशियामा शान्तिको पक्षमा आवाज उठाउनु अहिलेको आवश्यकता हो ।
    सार्क स्थगन लगायतका विषयमा प्रचण्ड सरकारले चाँडै आफ्नो धारणा सार्वजनिक गरोस् । कि अन्तरराष्ट्रिय सम्बन्धमा भारतकै आँखाले टुलुटुलु हेरेर बसिरहने प्रचण्डज्यू ?

    onlinekhabar

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, असोज १२, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.