फाइल फोटो :– उत्तरी गोरखा जादै विदेशी पर्यटक
कैलासबावु श्रेष्ठ/गोरखा
असोज ११ गते । गत असोज ६ गते बिहीबार उत्तरी गोरखाको केरौजा गाउँ विकास समितिको दोभान नजिकै गएको पहिरोमा परि मृत्यु भएका क्यान नेपालकी रञ्जना बस्नेतको शब मगंलबार बिहान सुरक्षाकर्मीहरुले फेला पारेका छन ।
साता लामो खोज बिन पछि सुरक्षकर्मीहरुले आज बिहान पहिरो गएको नजिकै नदि किनारमा शब फेला पोरको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ ।
ओखलढुङ्गा जिल्ला रावादालु ७ घर भै उत्तरी गोरखामा कार्यरत बस्नेत बिही गाउँ बिकास समिति देखी गोरखा सदरमुकाम तर्फ आउदै गर्दा पहिरोमा परेर बुढी गण्डकीले बगाएको थियो । उत्त घटनामा अन्य दुई जना नेपाली सहित १ जना विदेशीको समेत पहिरोमा परी मृत्यु भएको थियो । मृक्तक सबैको शब सोही दिन फेला परे पनि रञ्जनाको भने बुढी गण्डकीले बगाउदा खोजतलास जारी राखीएको थियो ।
उनको खोजीमा नेपाल प्रहरी, शसत्र र नेपाली सेना लागेको थियो । पहिरोमा परेर १० नेपाली र १४ जना विदेशी घाइते भएका थिए ।




















