×
सोमबार, भदौ २९, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ११ सयले घट्याे
  • १७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २० घण्टा अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • २० घण्टा अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • २ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • २ दिन अघि

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • २ दिन अघि

सुन ताेलामा १२ सयले बढ्याे
  • २ दिन अघि

बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)
  • २ दिन अघि

नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ दिन अघि

३३ हजार भूकम्प पीडित, जसले अर्को निर्णय नभएसम्म अनुदान पाउँदैनन्

  •  
  • आइतबार, असोज ०९, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गुठी, डुबान, जोखिमपूर्ण बस्ती र ऐलानी जग्गामा घर हुनेका दुःख

    ९ असोज, काठमाडौं । बुढीगण्डकी जलविद्युत आयोजनाको ड्यामका कारण डुबानमा पर्ने गोरखा र धादिङका करीव ३६ सय भूकम्प पीडितले घर बनाउने पहिलो किस्ताको अनुदान नपाउने भएका छन् ।

    उनीहरुको बसोबास गर्ने स्थानको टुंगो नलागी अनुदान दिन नसकिने भएकाले नीतिगत निर्णय हुनुपर्ने राष्ट्रिय पुननिर्माण प्राधिकरणले जनाएको छ । यस बारेमा आइतवारको निर्देशक समिति बैठकमा पनि छलफल हुनेछ ।

    प्राधिकरणका अनुसार डुबान क्षेत्रमा पर्ने भूकम्प पीडितको घर संख्या गोरखामा १६३२ छ भने धादिङमा १८८८छ । गोरखामा १४ गाविस र धादिङका १३ गाविस बुढीगण्डकीको जलाशय बन्दा डुबानमा पर्ने भनेर सूचिकृत छन् ।

    सरकारले भूकम्प पीडित भनेर अनुदान दिनुपर्ने भनी किटान गरेका अति प्रभावित ११ जिल्लाका ५ लाख ३३ हजार लाभग्राही मध्ये डुबान, गुठी र जोखिमपूर्ण बस्तीलगायतको समस्याका कारण करीव ३३ हजारले अुनदान नपाउने देखिएको छ ।

    यो गाँठो फुकाउन यिनका बारेमा नीतिगत निर्णय हुनुपर्नेछ । गुठीको जग्गामा घर भएका ३ हजार ५९२ घरपरिवारले अनुदान पाउनेबारे सम्भवतः आइतवारको बैठकले प्राधिकरणलाई नीतिगत निर्देशन दिनेछ ।

    आफ्नो घडेरी नभएका र ऐलानी पर्ती जग्गामा घर बनाएर बसेका भूकम्प पीडितहरुलाई अनुदान दिन नीतिगत निर्णय गर्नुपर्ने भएको छ । अति प्रभावित ११ जिल्लाका ७८८४ परिवारले ऐलानी जग्गामा घर भएका कारण अनुदान नपाएको प्राधिकरणले जनाएको छ

    गुठीको जग्गाका कारण अनुदान नपाउनेमा सबैभन्दा धेरै दोलखामा १३१३ परिवार छन् । त्यस्तै नुवाकोटमा ८०४, रसुवामा ६१८, धादिङमा ६८८, सिन्धुपाल्चोकमा १६९ भूकम्पपीडितले गुठीका कारण अनुदान पाएका छैनन् ।

    आफ्नो घडेरी नभएका र ऐलानी पर्ती जग्गामा घर बनाएर बसेका भूकम्प पीडितहरुलाई अनुदान दिन नीतिगत निर्णय गर्नुपर्ने भएको छ । अति प्रभावित ११ जिल्लाका ७८८४ परिवारले ऐलानी जग्गामा घर भएका कारण अनुदान नपाएको प्राधिकरणले जनाएको छ ।

    ऐलानी जग्गाको कारण अनुदान नपाउनेहरुमा सबैभन्दा धेरै मकवानपुरमा ४४७० घर परिवार छन् । त्यस्तै सिन्धुलीका ३०३८ परिवार छन् भने रसुवा १०९, धादिङमा १७१, सिन्धुपाल्चोकमा ९६ पीडितले अनुदान नपाउने अवस्था छ ।

    बिभिन्न एनजीओ आइएनजीओले घर बनाइदिने भनेका तर ती संस्थाले अहिलेसम्म काम शुरु नगरेका कारण अनुदान नपाउनेहरुको संख्या २ हजार ७८३ रहेको छ । ती संस्थाले घर बनाइदिने भनेका  पीडितहरुलाई राज्यले पैसा दिने छैन ।

    एनजीओहरुले जिम्मा लिएका कारण अनुदान नपाउनेमा सबैभन्दा धेरै सिन्धुलीमा ८४५ जना छन् । त्यस्तै दोलखामा ७६६, धादिङमा ८२२ र मकवानपुरमा ३५० परिवारले अनुदान पाउने छैनन् ।

    भूकम्पले जमिन चिरा परेर वा पहिरोका कारण बस्ती नै जोखिममा परेका कारण अनुदान नपाउनेहरुको संख्या पनि उल्लेख्य छ । कतिपय जोखिमपूर्ण बस्तीमै पनि घर बनाउन चाहनेले भने अनुदान लिइरहेका छन् ।

    जोखिमपूर्ण बस्तीका कारण अर्को बस्तीमा सार्नुपर्ने र उनीहरुको बासस्थानको टुंगो नलागुञ्जेल अनुदान नपाउने पीडितको संख्या सबैभन्दा बढी रसुवामा ८१९ छ । त्यस्तै गोरखाका ५ सय ७३ परिवारले पनि अर्को बासस्थानको टुंगो नलागेसम्म अनुदान पाउने छैनन् ।

    onlinekhabar

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, असोज ०९, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ११ सयले घट्याे
    नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ११ सयले घट्याे

    • २. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    • ४. शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु

    • ५. गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते

    • ६. रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते

    • ७. सुन ताेलामा १२ सयले बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ३. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.