×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १५ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १९ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १९ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १९ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

प्रचण्डलाई म्यानमार हुँदै बैंकक पुर्‍याउन चाहन्थेंः माधव नेपाल

  •  
  • आइतबार, असोज ०९, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    ‘बाह्रबुँदे सम्झौतामा भारतको कुनै हात छैन’

    माधवकुमार नेपाल

    बाह्रबुँदे समझदारी जुन दिल्लीमा भयो, त्यहाँ भारत सरकारको संस्थापन पक्षको वा कसैको पनि संलग्नताको मलाई जानकारी छैन । त्यसको एउटा महत्वपूर्ण पात्र भएको हुनाले र नेकपा एमालेका तर्फबाट मैले प्रतिनिधित्व गर्ने भएको हुनाले आफ्नो कुरा भन्न सकिन्छ । दुई पक्ष (नेपाली कांग्रेस र माओवादी)का बारेमा म भन्न सक्दिनँ । माओवादीका निम्ति प्रचण्ड बाबुरामजीले भन्नुहोला । कांग्रेसका निम्ति गिरिजापछि कृष्णप्रसाद सिटौलाजीले भन्नुहोला । एमालेका बारेमा म भन्छु ।

    वामदेवलाई रोल्पा जानोस् भनें

    दिल्लीको बैठकको आयोजना गर्नका निम्ति पहल गर्ने व्यक्ति मै हुँ ।

    त्यतिबेला भारत सरकारले हामीलाई भारत भ्रमणको निम्तो दिएको थियो । भारत भ्रमणको निम्तामा म, केपी ओली र अमृत बोहोरा तीनजना जाने भएका थियौं । त्यही मौकामा ठ्याक्कै (प्रचण्डसँग) कुरा गर्नुपर्छ भनेर हामी लाग्यौं ।

    त्यसभन्दा अघि माओवादीको केन्द्रीय कमिटीको बैठक रोल्पामा चल्दै थियो । उहाँ(प्रचण्ड)ले रोल्पामै वार्ता गर्न मलाई बोलाउनुभयो । मैले भनें, म रोल्पामा वार्तामा जान सक्दिनँ । बरु त्यस्तै हुञ्छ भने म नेपालगञ्जको छेउछाउको गाउँलाई हेर्छु । तर, त्यो पनि जोखिमपूर्ण छ । भूमिगत कुरा छ, ज्ञानेन्द्रको शासन छ । पुलिस छ्यापछ्याप्ती छन् । जासुस घुमिरहेका हुन्छन् । मेरो साथमा सधैंभरि मेरो सेक्युरिटी गार्ड छ । त्यो अवस्थामा नेपालगञ्जमा पनि गाह्रो पर्छ । रोल्पामा त झन गाह्रो छ । सम्भव छैन ।

    Bamdev-Gautam-and-Prachanda

    प्रचण्डले त्यसोभए कसैलाई पठाइदिनोस् भन्नुभयो । पठाउने भइसकेपछि मैले हाम्रा नेताहरुमध्ये धेरैजनासँग कुराकानी गरें । र, लास्टमा वामदेव कामरेडलाई भनें । वामदेव कामरेड तयार हुनुभयो र भन्नुभयो र म रोल्पा जान्छु । कसरी जाने भन्ने कुराको सन्दर्भमा त्यतिबेला रोल्पामा एमालेको तर्फबाट एउटा आमसभाको तयारी भइरहेको थियो । युवराज ज्ञवाली त्यहाँ रोल्पाको होलेरीमा प्रमुख अतिथि भएर जाने हुनुभएको थियो ।

    मैले ज्ञवालीजीलाई फोन गरें र बताएँ कि प्रचण्डहरु, माओवादीसँग वार्ता गर्नुछ । तपाई त्यहाँ होलेरीमा हुनुहुन्छ । वामदेव कामरेडलाई पठाउँछु । वहाँलाई पनि प्रमुख वक्ताका रुपमा राख्नोस् । र, तपाईहरु दुबैजना त्यहाँबाट वार्ता गर्न जानोस् । कसरी वार्ता गर्ने भन्ने बारेमा ठ्याक्कै आमसभा भएको ठाउँमा माओवादीका फलाना नेता, बूढा (सन्तोष बूढा ?) आउनुहुन्छ । ठ्याक्क तपाईहरुलाई पिकअप गर्नुहुन्छ । पिकअप गरेर तपाईहरुलाई गाउँमा लिएर जानुहुन्छ र तपाईहरु त्यहाँ कुराकानी गरेर र्फकनोस् ।

    वहाँलाई यसो भनेर पठाइएको थियो । पछि हामी दिल्ली जाने कुरा भइसकेपछि हाम्रोवीचमा कुरा गर्नु महत्वपूर्ण लाग्यो हामीलाई । त्यसपछि मैले प्रचण्डलाई फोन गरें कि अब दिल्लीमै गरौं ।

    प्रचण्डलाई म्यानमार हुँदै थाइल्याण्ड लैजाने प्रयास

    Madhav-Nepal-and-Prachanda

    प्रचण्ड र उहाँको पार्टीसँग कुरा गर्नका लागि मैले धेरै ठाउँमा कोशिश गरें । मैले थाइल्याण्डका उपप्रधानमन्त्रीसँग कुरा गरें । फिलिपिन्सका स्पिकरसँग कुरा गरें । हुँदाहुँदा मैले नर्वेका मन्त्रीसँग कुरा गरें । युरोपका विभिन्न ठाउँका सम्भावनाहरुको खोजी गरें । हुँदाहुँदा यहाँबाट भारतको बाटो हुँदै म्यानमार गएर बैंकक पुग्ने, बैंककमा पिकअप गर्ने र त्यहाँबाट कतै गएर कुरा गर्ने कोसिस गरें । कतै पार लाग्ने भएन । किनभने उहाँहरुलाई एयरपोर्टबाट प्लेनमा जान समस्या । म्यानमारबाट जाने कहाँ हो कहाँ ? मलाई पनि बाटो थाहै थिएन । यो अवस्थामा भारतमा गर्ने भन्ने भयो ।

    केरलामा डुंगा चढेर वार्ता गर्ने प्रस्ताव

    मैले सीपीआइएमका नेता सीताराम यचुरीलाई फोन गरें । म केरला घुमेको थिएँ । मैले उहाँलाई भनें कि केरलामा समुद्रभित्र पसेको छ । त्यहाँ बोट चल्छ । बोटमा रातभरि यात्रा गर्ने अनि बोटभित्रै कुराकानी गरेको कसैलाई थाहै हुँदैन ।

    मैले बोटमै कुराकानी गर्ने भनेपछि सीतारामले ठीक छ भन्नुभयो । पहिले पनि हामीले सीपीआएएमको सहयोगबाट दुईचोटि कुराकानी भएको थियो । त्यही हुनाले यसपटक सीपीआइएमको सहयोग लिऔं र वार्ता गरौं भनेर तयारी गरें ।

    तर, प्रचण्डले भन्नुभयो, केरला कहाँ जानु, त्यति टाढा ? त्यसपछि दिल्लीमै वार्ता गर्ने भन्ने भयो । ल दिल्ली आउनोस् न त भन्दाखेरि उहाँ दिल्ली आउन मान्नुभएन । हाम्रो केन्द्रीय कमिटीको बैठक चलिरहेको छ । मैले विज्ञप्ति जारी गर्नुपर्ने छ । ‘अपानि’ जारी गर्नुपर्ने छ । म अहिले आउन भ्याउँदिन । उहाँले यसो भन्नुभयो ।

    कांग्रेसलाई पनि साथ लिनुपर्थ्यो

    हाम्रो पार्टी एमालेले आन्दोलनको घोषणा गरिसकेको थियो । बुटवलमा मंसिर ४ गते आमसभाको आयोजना छ । त्यहाँ मैले बम पड्काउनुपर्ने छ । बम ब्लाष्ट गर्नुपर्ने छ । त्यो भन्दा अगाडि विभिन्न पक्षसँग कुरा गरेर सबै चिज त तयार गर्नुपर्‍यो नि ।

    त्यतिखेर हामी कसैको सहारामा हैन, एमाले एक्लै अगाडि बढ्छ भन्ने संकल्प गरेको थिएँ । कांग्रेस पनि अगाडि बढ्ने अवस्थामा थिएन । कांग्रेसलाई पनि आन्दोलनमा लतार्नुपर्छ भन्ने हाम्रो सोच थियो । यो सबैका लागि माओवादीसँग पहिले नै वार्ता गर्ने सोच राखेको हुनाले मैले पहल लिएँ ।

    नारायणकाजी प्रकाशजीसँग पनि मेरो कुराकानी हुन्थ्यो । उहाँले भन्दा पनि (प्रचण्ड) दिल्ली जान तयार हुनुभएन । त्यसपछि उहाँले म आफैं जान्छु, गएर लिएर आउँछु भनेर उहाँ जान तयार हुनुभो ।

    त्यसपछि हामीसँग खबर आयो कि आउँदैहुनुहुन्छ तपाईहरुसँग कुरा गर्न । यसरी उहाँले मिलाएर, फकाएर बल्लबल्ल प्रचण्डहरुलाई दिल्लीमा ल्याउनुभयो ।

    girija-psd-koirala

    यति भइसकेपछि हुन्छ त प्रचण्डले भन्नुभयो । तर प्रचण्डमात्रै दिल्ली आएर पुग्दैनथ्यो । गिरिजाबाबु पनि जानुपर्ने । गिरिजाबाबुलाई पनि मैले फोन गरें । दिल्लीमा यस्तो यस्तो कुरा भएको छ । उहाँहरुको पनि अलग-अलग कुरा भरहेको थियो, मेरो पनि कुरा भइरहेको थियो । तर, गिरिजाबाबुले आलटाल आलटाल गर्नुभयो । तर, कांग्रेस, एमाले र माओवादी तीन पक्ष नबसेसम्म यो देशमा गणतन्त्रको आन्दोलन सफल पनि हुन सक्दैनथ्यो । यो सोचेर मैले गिरिजाबाबुलाई भनें । उहाँले ठीक छ, हुन्छ भन्नुभयो । र, हामी दिल्ली गयौं ।

    माओवादीलाई पर्खँदा दिल्लीमा कन्तबिजोग

    दिल्लीमा गयौं, भारतका सबै नेताहरुसँग वार्ता सकियो । प्रचण्डहरुको अझै अत्तोपत्तो छैन, आउनुहुन्न । अब के गरेर बस्ने होला ? फाइभ स्टार होटलमा राख्या छ । दुई दिन बढी बस्छौं भन्न पनि भएन । पैसा हामीले तिर्न सक्ने कुरा भएन ।

    अब के गर्ने त ? हामीलाई आन्ध्रप्रदेश घुम्न मन छ भन्यौं । त्यसपछि हामी हैदारावाद पुग्यौं । त्यहाँको फिल्म सीटी सबै घुम्यौं । घुमफिर गरेर समय बिताइयो, अझै पनि प्रचण्डहरु आउने सुरसार छैन । त्यसपछि कहाँ जाने ? म जयपुर गएँ । जयपुरमा गएर घुमें । सबै गरेर दिल्लीमा आउँछु त उहाँहरु अझै आउनुभएको छैन । हामीलाई त अर्को ७ दिन लाग्छ भन्ने आयो । अब ७ दिनसम्म बस्ने कहाँ दिल्लीमा ?

    हामीले भारतीय विदेश मन्त्रालयलाई भनियो, भैगो हामीलाई होटलमा बस्नु छैन । अनि उहाँ-माओवादी)हरुले हामीलाई खबर गर्नुभयो कि हामीले व्यवस्था गरेको होटलमा तपाईहरु बस्नोस्, खर्च हामी व्यहोर्छौं । साहरा सुटकेस बोकेर गइयो त्यो होटलमा । तर, हाम्रो केपी कामरेडलाई त्यो होटल मनै परेन । उहाँ यो कवाडीमा बस्ने काम छैन भनेर सुटकेस लिएर बाहिर निस्कनुभयो । अब अर्को ठाउँमा होटल खोज्दै कहाँ जाने ?

    मैले त्यहीँबाट सीताराम येचुरीलाई फोन गरें । सीतारामजी हाम्रो त बेहाल भो । अब तपाईको बङलभवनमा हामीलाई कोठाको व्यवस्था गरिदिनोस् । त्यसपछि बङ्लभवनमा तुरुन्तै हामीलाई कोठा बुक भयो । पैसा तिरेर हामी त्यहाँ तीन दिनसम्म बस्नुपर्‍यो । तीन दिन भइसक्यो, फेरि पनि प्रचण्डहरु आउँदैनन् । कहाँ जाने त अब ? त्यहीँबाट हामी फेरि सामान लिएर बाहिर निस्कियौं ।

    हामी पर्खेर बस्दाबस्दा बल्ल बल्ल उहाँ(प्रचण्ड)हरु आइपुग्नुभयो । र, नोयडाको एउटा कोठामा गएर मजाले खाना खाएको मसँग फोटो छ अहिले पनि । लञ्च गरेपछि त्यहाँ हाम्रो सहमति भयो । त्यहाँ नारायणकाजी कामरेडले पेन्सिलले लेखेर एउटा ड्राफ्ट मस्यौदा पठाउनुभयो । हामीले हेर्‍यौं । त्यसमा हामीलाई चित्त बुझेन । हामीले आफैं तयार गर्‍यौं र टाइप गर्‍यौं । गिरिजाबाबु बल्ल आइपुग्नुभयो । उहाँ एउटा नयाँ खुलेको होटलमा बस्नुभएको थियो, हामी त्यहाँ गयौं । एकप्रति उहाँहरुलाई पठायौं । एकप्रति गिरिजाबाबुलाई दिइयो । गिरिजाबाबुले कृष्ण सिटौलालाई दिनु भो । यहाँ त प्रत्येकलाई आ-आफ्नो ड्राफ्ट चाहिन्छ । सिटौलाले अर्को ड्राफ्ट गर्नुभयो ।

    यी सबै ड्राफ्टहरु राखेर हामीले बल्ल बाह्रबुँदे सहमति तयार गरेको हो । प्रवासी नेपालीको कोठामा । त्यो पनि एपोलो हस्पिटलमा बोलाएर बाटोमा हिँडाएको हिँडाएकै यो गल्ली उ गल्ली चाहर्दा चाहार्दा दुई तला भएको कोठामा गइयो । गिरिजाबाबु माथि चढ्न नसक्ने, उहाँलाई भुइँतलाको कोठा चाहिने । फेरि भुइँतला भएको कोठामा खोजेर, त्यहाँ बसेर यी सबै गरेको हो ।

    त्यो गरिसकेपछि त्यहाँ छलफलमात्रै गरिएको थियो । त्योभन्दा पहिले ३० गते कात्तिकमा हाम्रो पार्टीको बैठक थियो । तुरुन्तै हामी काठमाडौं आउनुपर्ने । कार्यकर्ता भेटघाट थियो । मैले सम्बोधन गरें । सम्वोधन गरिसकेपछि फेरि हामीले एउटा बाहाना बनायौं । त्यसबेला दिल्ली जान त गाह्रो थियो, राजाको शासन थियो । हामीले के बाहना बनायौं भने हामी उपचारका लागि दिल्ली गएका थियौं, होल बडी चेकअप गराएका थियौं, डाक्टरले त्यसबारे हामीलाई परामर्श गर्न बोलाएको छ भनेर पत्रकारलाई भनेर हामी फेरि दिल्ली गयौं ।

    त्यसपछि त्यहाँ बसेर फाइनल ड्राफ्ट तयार गरियो । र के सहमति भयो भने त्यो कागज लिएर काठमाडौं जाने अनि सात दलको बैठकमा सात दलमा सही गराउने अनि त्यही बेला उहाँ(प्रचण्ड)ले दिल्लीमा पनि सही गर्ने । त्यो लिएर यहाँ आएर अनि बल्ल बाह्रबुँदे भयो । त्यहीवीचमा मंसिर ४ मा बुटवलमा हाम्रो आमसभा थियो । ७ गते यहाँ(काठमाडौंमा) बसियो ।

    म भन्छु, सम्झौता पछि भएको हो, एमालेको आमसभा पहिले भएको हो । त्यो साउन महिनामै तय गरिसकिएको थियो ।

    भारतले ड्राफ्ट गरेको होइन

    यी सबै भएको सन्दर्भमा बाह्रबुँदे गर्दा भारत सरकारसँग हामीलाई जोडिएको, यस्तो उस्तो…. यो किन भइरहेको छ, मैले बुझेको छैन ।

    कसै कसैले त अझै अगाडि बढेर बाह्रबुँदे मस्यौदा अंग्रेजीमा गरिएको थियो भनेका छन् । बाह्रबुँदे मस्यौदा हिन्दीमा गरिएको थियो, त्यहाँ बस्ने नेताले नेपालीमा अनुवादमात्रै गरेका हुन्…. हाम्रो नारायणमान बिजुक्छेजी भनेको भन्यै हुनुहुन्छ । उहाँको जासुसी सुत्रले त्यो भन्दोरहेछ ।

    onlinekhabar

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, असोज ०९, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-२)
    नागपञ्चमी
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-१)
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.