×
सोमबार, भदौ २९, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ११ सयले घट्याे
  • १७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १९ घण्टा अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • २० घण्टा अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • २ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • २ दिन अघि

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • २ दिन अघि

सुन ताेलामा १२ सयले बढ्याे
  • २ दिन अघि

बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)
  • २ दिन अघि

नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ दिन अघि

मनास्लु पहिरोमा चार पदयात्रीको मृत्यु

  •  
  • शनिबार, असोज ०८, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    उत्तरी गोरखाको केरौंजा ९ स्थित उहिया दोभानखण्डमा झरेको पहिरोमा परी घाइते भएकाको काठमाडौंको बयोधा अस्पतालमा उपचार हुँदै । रोशन सापकोटा /रासस
    १४ स्पेनी र तीन नेपाली घाइते

    शिव उप्रेती

    गोरखाः जिल्लाको मनास्लु पदयात्रामा गएका एक विदेशी पर्यटक र तीन नेपालीको पहिरोमा पुरिएर मृत्यु भएको छ । बिहीबार बिहान साढे आठ बजेतिर केरौंजा ९ दोभानमा खसेको पहिरोले पिक हिमालयन एड्भेन्चर ट्रेकिङ कम्पनीबाट गएका एक स्पेनी, ट्रेकिङ कम्पनीका दुई कर्मचारी र क्यान नेपालनामक गैरसरकारी संस्थाका एक कर्मचारीको मृत्यु भएको हो ।
    गोरखा प्रहरी प्रमुख एसपी जनकराज पाण्डेयका अनुसार मृत्यु हुनेमा काठमाडौं गोकर्णका ३५ वर्षीय दोर्जे लामा, सोही ठाउँकै ३० वर्षीय छिरी शेर्पा र क्यान नेपालकी कर्मचारी ओखलढुंगाकी रञ्जना बस्नेत छन् । पर्यटन व्यवसायी सुनार गुरुङका अनुसार मृतक दोर्जे उक्त ट्रेकिङ कम्पनीका सञ्चालक पनि हुन् ।
    पदयात्रा टोलीमा १५ स्पेनी र १० नेपाली थिए । उनीहरूमध्ये घाइते १४ स्पेनी र तीन नेपालीलाई बिहीबार दिउँसो एक बजे हेलिकोप्टरमा चार खेप गरेर काठमाडौंको बयोधा अस्पताल पु¥याइएको छ । साथै गम्भीर घाइते भएका धनकुटाका पासाङ शेर्पा, क्यान नेपालका कर्मचारी ओखलढुंगाका चेतकुमारी मगर र प्रीति मगरलाई पनि हेलिकोप्टरबाट उद्धार गरी सोही अस्पतालमा लगिएको छ ।
    बाँकी सात नेपालीलाई दोभानमा सुरक्षित राखिएको घटनास्थल पुगेर फर्किएका माछाखोलाका सुमन गुरुङले बताए । गुरुङका अनुसार मृतक तीन जनाको शव पनि बिहिबार अबेर उद्धार गरी दोभानको सुरक्षित स्थानमा लगिएको छ । रञ्जना बस्नेतको शव भने बुढीगण्डकी नदीले बगाएकाले फेला पार्न नसकिएको गुरुङले बताए । क्यान नेपालका तीन कर्मचारी बिही गाविसबाट सदरमुकाम झर्ने क्रममा पहिरोमा आइपुगेका हुन् ।
    स्थानीय सुमन गुरुङका अनुसार डाँडाबाट ठूलो ढुंगा झरेर पर्यटकलाई लागेको हो । ‘माथिबाट घरजत्रो ढुंगा झरेर लागेको हो’, माछाखोलाका गुरुङले भने, ‘हामी घटनास्थल पुग्दा त एकजना विदेशी र एकजना नेपालीको शव बाटोमा नै रहेछ । एकजनाको चाहिँ गण्डकीको किनारमा झोलामात्र देखिएको थियो । एकजनालाईचाहिँ गण्डकीले बगाइसकेको रहेछ ।’
    घाइते र अन्य पर्यटकलाई दोभान, हुलचुक, तातोपानी, खोर्लाबेसी र माछाखोलाका स्थानीय तथा जगत प्रहरी चौकी र माछाखोला चौकीका प्रहरीटोलीले उद्धार गरेको उनले बताए । उनीहरूपछि गएका अन्य पर्यटकका टोली भने घटनास्थलबाट तीन घन्टा तल पर्ने माछाखोलामा बास बस्न पुगेका छन् । ‘यहाँ त आज झन् कति हो कति ग्रुप आइपुगेका छन्’, उनले भने, ‘आजै धेरै पर्यटक आउनु, आजै यस्तो घटना हुनु । अब यिनीहरू राति त यहाँ बस्लान् । भोलि माथि जान्छन् कि तलै फर्किन्छन्, थाहा छैन ।’
    घटनास्थल सदरमुकामबाट दुई दिनको बाटो टाढा पर्छ । उहिया गाविस र केरौंजा गाविस जोड्ने बुढीगण्डकीको पुलबाट ५० मिटर माथि पहिरो गएको स्थानीयले बताए ।
    रातभरि ठूलो पानी परेको जानकारी खोर्लाबेसीका सुवन गुरुङले दिए । दुर्घटनामा पर्ने पर्यटकको समूह बुधबार बिहान साढे छ बजे अरू पर्यटक हिँड्नुअघि नै त्यहाँबाट अर्को गन्तव्यका लागि निस्केको थियो । ‘साढे सात बजे तातोपानीमा बे्रकफास्ट खाएर गएका रहेछन्’, उनले भने, ‘आधा घन्टामै त्यस्तो घटना भयो ।’ घटनापछि पछिपछि गएको अर्को समूह फर्केको जानकारी उनले दिए । बाटोको जोखिमबारे जानकारी नपाएकाले उनीहरू बिहानै निस्केको उनले बताए ।
    ‘राति पानी पर्‍यो भने हामी गाउँले त बिहान घाम लागेपछि १० बजेतिर मात्रै घरबाट निस्कन्छौं । तर उनीहरू यहाँको अवस्थाबारे जानकारी नभएर होला बिहान झिसमिसेमै निस्केका थिए । हामी त अचम्ममा परेका थियौं’, गुरुङले भने, ‘नभन्दै एकछिनपछि त पहिरोले पुर्‍यो भन्ने खबर आयो ।
    अनि यहाँ, माछाखोला र तातोपानीबाट गाउँले धुरिएर उद्धार गर्न गयौं ।’ निरन्तर पहिरो चलेकाले वारिका मान्छे पारि जान नसकेको उनले बताए । ‘हामी दुई घन्टापछि पुगेका थियौं । त्यतिबेलासम्म पनि गिटीजस्ता ढुंगा बररर झरिरहेका थिए । हामीलाई प्रहरीले पुल तरेर जानै दिएन ।’ दिउँसो एक बजे हेलिकोप्टर आएर घाइते ओसारेको उनले बताए । ‘दुई बजेपछि मात्र हामी वारिपारि गर्न सक्यौं’, उनले भने, ‘त्यसपछि त खच्चड पनि वारिपारि गरे ।’
    भूकम्पपछिको पहिरोले मनास्लु पदमार्गमा जोखिम बढेको छ । धेरै ठाउँमा पहिरो गएका कारण स्थानीय मनाङको बाटो भएर हिँड्ने गरेका छन् । खच्चड पनि हिँडाउन नसकिएको स्थानीयको गुनासो छ । बाटो जोखिमपूर्ण भएका कारण मान्छे हिँड्न र खाद्यान्नलगायत सामान ओसार्न नसकिएको सुमनको भनाइ छ ।
    गत असार १५ गते पनि खोर्लाबेसीमा ठूलो पहिरो गएको थियो । पहिरोले खोर्लाबेसीका छ घर बगाएको उनले बताए । त्यसको एक सातापछि केरौंजाबेसीमा बाटो खन्ने क्रममा गएको पहिरोले पुरेर तीनजनाको मृत्यु भएको थियो । केही तल पर्ने सोतीबजारमा पनि बाटो हिँड्दै गर्दा खसेको पहिरोले पुरिएर कासीगाउँकी एक महिलाको मृत्यु भएको उनले बताए ।
    बाटो जोखिमपूर्ण भएका कारण पर्यटकको मौसममा पनि यस वर्ष कम पर्यटक हिँडेको प्रोकका पेमा डुन्डुप लामा बताउँछन् । ‘सरकारले बाटो बनाउँदैन । कतै झुन्डिएर हिँड्नुपर्छ, कतै भीरमा भर्‍याङ चढ्दै हिँड्नुपर्छ’, उनले भने, ‘मनास्लु आउने पर्यटक पनि गोरखा छाडेर मनाङको बाटो हिँड्न थाले । पर्यटकको बाटो हेर्दाहेर्दै रोजगार पनि बेरोजगार हुन थाल्यौं ।’ दुर्गममा बाटो नहुँदा आवतजावतमा पनि साह्रै समस्या भएको उनको गुनासो छ ।
    मनास्लु पदमार्गमा विदेशी पर्यटक ज्यादै लोभिए पनि बाटो जोखिमपूर्ण रहेको पर्यटन व्यवसायी सुनार गुरुङ बताउँछन् । ‘अन्यत्रभन्दा मनास्लु क्षेत्रमा पर्यटक लोभिन्छन्’, अन्तर्राष्ट्रिय पर्वतारोहण पथप्रदर्शकसमेत रहेका उनी भन्छन्, ‘प्रकृतिले दिएको छ तर राज्यले व्यवस्थित गर्नसकेको छैन ।’ पर्यटन रोयल्टीबाट संकलित रकमले जोखिमपूर्ण ठाउँमा पहिरो नियन्त्रण गर्ने, पर्खाल, रेलिङ राख्नुपर्ने उनको सुझाव छ ।

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, असोज ०८, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ११ सयले घट्याे
    नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ११ सयले घट्याे

    • २. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    • ४. शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु

    • ५. गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते

    • ६. रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते

    • ७. सुन ताेलामा १२ सयले बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ३. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.