फाइल फोटो :- मनास्लु पदमार्ग हुदै उत्तरी गोरखा जान लागेको विदेशीहरु
कैलासवावु श्रेष्ठ/गोरखा
असोज ६ गते । उत्तरी गोरखाको केरौजामा विहान ९ बजे गएको पहिरोमा परी ठुलो सख्ंया विदेशी र तिनका नेपाली सहयोगी बेपत्ता भएको आशंका गरीएको छ । यसको विस्तृत विवरण भने आउन बाँकी नै छ ।
तातोपानी देखी दोभान सम्म पुग्ने बाटोमा पर्ने हुलचुकको भिरबाट खसेको पहिरोले उत्तरी गोरखा जादै गरका विदेशी पर्यटक र तिनका नेपाली सहयोगीहरु पहिरोमा बेपत्ता भएका हुन ।
पहिरो गएको सूचना प्राप्त हुनासाथै नेपाल प्रहरीको टोली तातोपानी र जगत बाट उत्त स्थानका लागि गै सकेको प्रमुख जिल्ला अधिकारी नारायण भट्टले जानकारी दिए । प्रहरी अहिले सम्म पनि उत्त स्थानमा पुग्न सकेको छैन ।
उत्तरी गोरखा गएको ति सबै पर्यटक र सहयोगी हिजो केरौजाको खोर्ला बेशीमा रहेको साग्रीला होटलमा बास बसेर बिहान मात्र हिडेका थिए । घटनामा परी १५ भन्दा बढी बिदेशी र केही नेपाली बेपत्ता भएको आशंका गरीएको छ ।
स्थानिय मिन बहादुर गुरुङ्गले दिएको जानकारी अनुसार बिहान ९ बजे एक्कासी हुलचुकको भिरबाट पहिरो खसेर उनीहरुलाई पुरेको बताए ।
स्वदेशी तथा विदेशी पर्यटकहरु छेकम्पार तथा मनास्लु हिमाल हुदै मनाङ्गबाट लमजुङ्ग निस्कने मुख्य मार्ग रहेको उक्त मार्ग भएर विदेशी पर्यटक कहाँ जान लागेका थिए भन्ने बारे अहिले सम्म पनि खुल्न सकेको छैन ।
उत्त स्थानमा स्थानियले समेत उद्वार गर्ने कोशिस गरी रहेको गुरुङ्गले बताए ।
घटनाका बिषयमा पहिलो पटक ०१०६९१७८१ बाट बिराज श्रेष्ठले मनास्लु संरक्षण क्षेत्र आयोजनालाई जानकारी गराएको थियो । श्रेष्ठ केही साता देखी उत्तरी गोरखामा पाइने एक प्रकारको भ्यागुता अर्थात पाहाको अनुसन्धानका लागि उत्तरी गोरखामा बस्दै आएका हुन ।




















