×
सोमबार, भदौ २९, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ११ सयले घट्याे
  • १६ घण्टा अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १८ घण्टा अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • १८ घण्टा अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • २ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • २ दिन अघि

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • २ दिन अघि

सुन ताेलामा १२ सयले बढ्याे
  • २ दिन अघि

बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)
  • २ दिन अघि

नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ दिन अघि

रक्सीले मातेका प्रहरी निरीक्षकले कुटे ७१ वर्षका वृद्ध

  •  
  • बुधबार, असोज ०५, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    किरण लोहनी /उज्यालो ।

    गोरखा, असोज ४ – गोरखा नगरपालिकाका ७१ वर्षे वृद्ध थमनसिंह बस्नेतलाई रक्सीले मातेका प्रहरी निरीक्षकले कुटपिट गरेका छन् । सोमबार राति सामान्य विवाद भएपछि प्रहरी निरीक्षक गौतम बोहोराले थमनसिंहलाई कुटपिट गरेको गाउँलेले बताएका छन् ।

    कुटपिटबाट घाइते भएका वृद्ध थमनसिंहको जिल्ला अस्पताल गोरखामा उपचार भइरहको छ । थमनसिंहको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । कुटपिटबाट सामान्य घाइते भएका प्रहरी निरीक्षक बोहोराको त्यही अस्पतालमा उपचार भइरहेको छ ।

    आँबुखैरेनी गोरखा सडकखण्ड अन्तर्गत देउराली गाविस र गोरखा नगरपालिका जोड्ने पुलमा राति ११ बजे मोबाइलमा कुरा गरेर बसिरहेका विश्वास बस्नेत र प्रहरीबिच विवाद भएको हो । प्रहरीले रातिसम्म किन फोनमा कुरा गरेर बसेको भन्दै वस्नेतलाई अभद्र ब्यवहार गरेको स्थानीयबासिन्दाले बताएका छन् ।

    नगरक्षेत्र भएर पनि यो ठाउँमा टेलिफोनको राम्रो नेटवर्क छैन । राम्रो नेटवर्क आउने भएकाले स्थानीयबासिन्दा टेलिफोन कुराकानीका लागि पुल आसपासनै जानु पर्ने बाध्यता छ । प्रहरीलाई यस बारे जानकारी गराउँदा नै उनीहरुबिच भनाभन भएपछि रक्सीले मातिएका प्रहरी निरीक्षक गौतमले कुटपिट गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।

    विवाद मिलाउन पुगेका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले पनि स्थानीयबासिन्दालाई जथाभावी कुटपिट गरेका हरिमानसिंह बस्नेतले बताउनुभयो । ‘दिउँसो मेरो घरको ढलान थियो, राति त्यसकै अवसरमा भोज चलिरहेको थियो’ बस्नेतले भन्नुभयो ‘विवाद भएपछि हामी सबै त्यतै गयौं, ७१ वर्षका वृद्ध थमनसिंह बस्नेत विवाद मिलाउन प्रहरी सामुन्ने जाने बित्तिकै कुटिए ।’ वृद्ध कुटिएपछि स्थानीयबासिन्दाले आक्रोसित हँदै प्रहरीको गाडीमा ढुंगा हानेका थिए ।

    स्थानीयबासिन्दाका अनुसार प्रहरी नायव उपरिक्षक र निरीक्षक दुबैले रक्सी खाएका थिए । प्रहरीको स्वास्थ्य परिक्षण रिपोर्टमा भने गुट्खा र सुर्ती खाएको उल्लेख गरिएको छ । प्रहरीसँगको मिलेमतोमा स्वास्थ्य परीक्षणको यथार्थ रिपोर्ट बाहिर नआएको भन्दै राति नै अस्पताल पुगेका जिल्लास्थित राजनीतिक दलका अगुवाहरुले पनि आलोचना गरेका छन् ।

    प्रहरी उपरिक्षक जनकराज पाण्डेयले घटनाबारे थप विवरण संकलन भइरहेको बताउनुभयो । प्रहरी निरीक्षक आफूलाई जानकारी नगराई त्यस ठाउँमा गएको उहाँको भनाई छ । प्रहरीले ७ जनालाई पक्राउ गरेको छ ।

    ujyaaloonline

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, असोज ०५, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ११ सयले घट्याे
    नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ११ सयले घट्याे

    • २. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    • ४. शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु

    • ५. गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते

    • ६. रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते

    • ७. सुन ताेलामा १२ सयले बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ३. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.