×
सोमबार, भदौ २९, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ११ सयले घट्याे
  • १७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १९ घण्टा अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • १९ घण्टा अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • २ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • २ दिन अघि

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • २ दिन अघि

सुन ताेलामा १२ सयले बढ्याे
  • २ दिन अघि

बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)
  • २ दिन अघि

नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ दिन अघि

गाउँले र प्रहरीबीच झडप

  •  
  • बुधबार, असोज ०५, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा अस्पतालमा उपचार गराउँदै वृद्ध थमनसिंह बस्नेत ।
    शिव उप्रेती
    गोरखाः गोरखाका एक प्रहरी निरीक्षक गौतम बोहोराले मदिरा पिएर स्थानीय बासिन्दालाई निर्घात कुटपिट गरेका छन् ।
    सोमबार राति सवा ११ बजे गोरखाको अँबुवा पुलमा टेलिफोन गरेर बसिरहेका २३ वर्षीय विश्वास बस्नेतलाई कुटपिट गरेपछि पुगेका उनका बुबा ७१ वर्षीय थमनसिंह बस्नेतलाई पनि उनले कुटेका हुन् । घाइते वृद्धको गोरखा अस्पतालमा उपचार भएको छ ।
    आफूलाई बक्सिङले नाकमा हानेको र बुटले ढाडमा हानेपछि ढलेर बेहोस भएको बस्नेतले बताए । ‘मेरो छोरालाई किन कुट्नुभएको ? भन्दै घरभित्रबाट आँगनसम्म के पुगेको थिएँ, गाडीबाट झरेर इन्स्पेक्टरसाबले बक्सिङले नाकमा बजाइहाल्नुभयो-, गोरखा अस्पतालको शय्यामा रहेका उनले भने, ‘अनि ढाडमा पनि हान्नुभयो । ढलिहालें ।
    रगतको ताल पर्‍यो । म त बेहोस भैहालें । पछि केकेले हाने कुन्नि ? गोली हान् भनेको पनि सुनेको थिएँ ।- आफूलाई कुट्न आउँदा इन्स्पेक्टर रक्सीले मात्तिएर ढलपल भएको र ह्वास्स रक्सी गनाएको उनले बताए । ‘छिःछिःछिः रक्सी ह्वास्सै गनाएको थियो । ज्यान पनि कन्ट्रोलमा थिएन-, उनले भने ।
    आफ्नो छोरा र पतिलाई प्रहरीले कुटेको देखेकी मीरा बस्नेतले गुहारगुहार भनेर चिच्याएपछि स्थानीय बासिन्दा धुरिएर प्रहरीमाथि जाइलागेका थिए । उनीहरूले प्रहरी इन्स्पेक्टर बोहोरालगायत प्रहरीमाथि हातपातसमेत गरे । थानीयले प्रहरी सवार ना १ झ १३७० नम्बरको भ्यानको सिसासमेत फुटाइदिएका छन् ।
    जिल्ला प्रहरी कार्यालयबाट गस्ती गर्न गएको प्रहरी इन्स्पेक्टर बोहोरा नेतृत्वको टोलीले स्थानीयमाथि कुटपिट गरेको हो । ‘फोन आएपछि मेरो छोरा फोन उठाउँदै बाहिर गएको थियो-, थमनसिंह बस्नेतले भने, ‘यतिबेलासम्म किन फोन गरेर बसेको ? भनेर गाडीबाट झरेर प्रहरीले छोरालाई कुटेछ । छोरो आत्तिँदै, भाग्दै आयो । म ओछ्यानमा पल्टिसकेको थिएँ । अनि म बाहिर निस्कनेबित्तिकै मलाई कुट्यो ।- घटनास्थलमा घर ढलानमा काम गर्ने मजदुर र छिमेकी आइपुगेको उनले बताए ।
    दिनभर छिमेकीको घर ढलानमा लखतरान भएका आफ्ना निर्दोष साथीहरूलाई पनि प्रहरीले कुटेको रौतहट बगाहीका मजदुर प्रेमलाल चौरासियाले बताए । छसातजना मजदुरमाथि प्रहरीले हातपात गरेको उनले बताए ।
    त्यहाँ धुरिएका स्थानीयले प्रहरी र गाडीमाथि ढुंगामुढा गर्दा इन्स्पेक्टर बोहोरा र प्रहरी जवान टोपबहादुर अधिकारी घाइते भएको र ना १ झ १३७० नम्बरको प्रहरी भ्यानको सिसा फुटेको प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बताए ।
    आक्रमणमा उत्रिएका छजनालाई पक्राउ गरी जिप्रका ल्याइएको जानकारी दिँदै प्रहरी नायब उपरीक्षक थापाले छानबिन गर्दा दोषी देखिए प्रहरी निरीक्षक बोहोरामाथि कारबाही हुने बताए । घटनाको छानबिन गरी दोषीलाई कारबाही माग गर्दै स्थानीयले दिनभर जिप्रकामा धर्ना दिएका छन् । जिल्ला प्रहरी प्रमुख एसपी जनकराज पाण्डेयले इन्स्पेक्टर बोहोरामाथि विभागीय कारबाही गरिने जानकारी दिए ।

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, असोज ०५, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ११ सयले घट्याे
    नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ११ सयले घट्याे

    • २. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    • ४. शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु

    • ५. गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते

    • ६. रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते

    • ७. सुन ताेलामा १२ सयले बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ३. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.