×
सोमबार, भदौ २९, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ११ सयले घट्याे
  • १६ घण्टा अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १८ घण्टा अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • १८ घण्टा अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • २ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • २ दिन अघि

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • २ दिन अघि

सुन ताेलामा १२ सयले बढ्याे
  • २ दिन अघि

बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)
  • २ दिन अघि

नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ दिन अघि

गङ्गामायाको बकपत्र अदालतमा पेश, के-के छ बकपत्रमा ?

  •  
  • मङ्गलबार, असोज ०४, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    नारायण अधिकारी

    ४ असोज, चितवन । काठमाडौँको वीर अस्पतालमा उपचाररत गोरखा फुजेलकी गङ्गामाया अधिकारीले आफ्ना छोरा कृष्णप्रसाद अधिकारीको हत्या परिवारिक इबीले गरेको बताएकी छन् । अस्पतालमा चितवन जिल्ला अदालतका स्रेस्तेदार गेहेन्द्रराज पन्तले गङ्गामायासँग बकपत्र गरी मंगलबार अदालतमा पेस गरेको बकपत्र सहितको मिसिलमा सो कुरा उल्लेख छ ।

    बकपत्रमा गङ्गामायाले रुद्र आचार्यबाहेकका अन्य प्रतिवादीहरु गाउँछिमेकका मानिस भएको उल्लेख गरेकी छन् । उनले भनेकी छन्, ‘देखेचिनेकै व्यक्ति हुन्, त्यति ठूलो इबी त कसैसँग पनि होइन, मेरी माइली देवरानी प्रतिवादीमध्येकी सीता अधिकारीको अंश लगाउन जाँदा निज अधिकारीका मामा प्रतिवादी छविलाल पौडेल, कालीप्रसाद र जमुना पौडेलसहितले ‘तँ आफ्नो अंश लिई बसेको मान्छे किन अंशबन्डा लगाएको ठाउँमा आउनुपर्यो,’ भनी वादविवाद गरी धम्की दिएका थिए ।

    अरू के-के छ बकपत्रमा ?

    ‘त्यहीबाट हाम्रो परिवार मास्ने इबी गरेका रहेछन् । निजहरुकै समूहका अन्य प्रतिवादीले हामीसँग रिसइबी राखेका हुन्,’ गङ्गामायाले आफ्ना छोरा कृष्णप्रसादलाई मार्नका लागि नेपाली सेनाको लेसनायक भएको निहुँ पारिएको पनि बकपत्रमा उल्लेख छ ।

    उनले भनेकी छन्, ‘तेरा छोरा आर्मीमा जागिर खाई लेसनायक भएको भनी हामीले मारेका हौँ भनेर असारको १५ गते प्रतिवादीमध्येका छविलाल पौडेलले मेरै घरमा गई भनेका हुन् , हामीले मारिदियौँ, तँ मुसाले के गर्न सक्छस् भनी धक्कीसमेत दिएर गएका हुन् ।’

    गङ्गामायाले खासगरी मार्ने योजना बनाउने छविलाल पौडेल र जानुका पौडेल भएको भन्दै निजहरुसँगै विष्णु तिवारी, मेघनाथ पौडेल, कालीप्रसाद अधिकारी, रामप्रसाद अधिकारी, बाबुराम अधिकारी, हिमलाल, रुद्र शुभद्रा तिवारी, सीता अधिकारीसमेत पनि उक्त योजनामा संलग्न रहेको बताएकी छन् ।

    गङ्गामायाले आफ्नो बकपत्रमा भनेकी छन्, ‘मार्नेचाहिँ चितवनमै बस्ने भीमसेन पौडेल र परशुराम पौडेल हुन् । प्रतिवादी छविलाल र परशुराम पौडेल स्वयम्ले हामीले मारेका हौँ भनी अझ ठूला कुरा गरे राम्रो हुँदैन भनेका थिए । निजहरुले नै भनेको आधारमा मैले उल्लिखित प्रतिवादीहरुको संलग्नतामा मेरो छोरा मारेका हुन् भनेको हुँ ।’

    प्रतिवादीतर्फका अधिवक्ता गोपीलाल देवकोटाले लिएको बकपत्रको प्रतिलिपिमा गङ्गामायाले भनेकी छन्, ‘कालीप्रसादका छोरा रामप्रसाद अधिकारीले जेठ २५ गते बिहान १० बजेतिरको समयमा गई तिमीहरुको छोरा कृष्णप्रसाद गाडी दुर्घटनामा परेको छ, भए रु आठ-१० हजार लिएर जानु पर्यो । अहिले अस्पतालमा उपचार भइरहेको छ भनेका थिए ।

    उहाँले थपिन्, ‘मेरा श्रीमान् भरतपुर अस्पताल पुगिसकेपछि ल भाइको त मृत्यु भइसकेछ भनी तिनै रामप्रसादसमेतले के–के कागज बनाई मेरो श्रीमान्को हात समाई सही गर्न लगाई लास बुझेर पोल्नसमेत उक्साएको मेरा श्रीमान् नन्दप्रसाद घर गइसकेपछि यसरी मारेछन् भनी सुनाएपछि थाहा पाएको हुँ ।’

    गङ्गामायाले पूर्व तयारीका साथ आफ्नो छोराको हत्या भएको बताएकी छन् । बकपत्रमा गङ्गामायाले भनेकी छन्, ‘प्रतिवादी भीमसेन र पर्शुरामबाहेक चितवनमा मेरो छोरा चिन्ने अरु कोही थिएनन् । मेरो छोरा कृष्णप्रसाद घरबाट निस्किएर चितवन गएकै दिन प्रतिवादी छविलाल मेरो घरमा गई छोराहरु कहाँ गए भनेर सोधेका थिए । मैले सिधै कान्छो चितवन गयो, ठूलो ट्युसन पढाउन गयो भने, वास्तवमा उनीहरु कुरा बुझ्न गएका रहेछन् ।’

    बकपत्रमा भनिएको छ, ‘छविलालका छोरा प्रतिवादी पर्शुराम पौडेल र निजकै भतिजा भीमसेनलाई कृष्णप्रसाद चितवन आएको कुरा निजै छविलालले भनेका हुन् । आफूहरुको पनि घरायसी रिसइबी भएको हुँदा मेरो छोरा मार्नमा उनीहरुको संलग्नता थियो ।’

    जेठा छोरा चार वर्षदेखि सम्पर्कविहीन

    ५६ वर्षीया गङ्गामायाले जाहेरवाला जेठा छोरा नुरप्रसाद अधिकारी चार वर्षदेखि सम्पर्कमा नभएको र श्रीमान्को यसै अस्पतालमा स्वर्गवास भएको पनि बताएकी छन् ।

    बकपत्रमा लेखिए अनुसार उनको छोराको मार्ने-मराउने कार्यमा संलग्न छविलाल पौडेल, भीमसेन, पर्शुराम, रामप्रसाद, जानुका समेतका व्यक्तिहरु मुख्य हुन् । बाँकी तिनैका समूहका व्यक्ति भएको उनले बताएकी छन् । कसुरबमोजिम अपराधीहरुलाई कारबाही होस् भन्ने उनको माग छ । गङ्गामायाले पोलिग्राफ टेस्ट गर्न नमान्ने अपराधीहरुलाई कारबाही हुनुपर्नेमा पनि जोड दिएकी छन् ।

    सो मुद्दामा यही असोज ९ गते सुनुवाइ हुँदैछ । सो अदालतको ३७ वर्षको इतिहासमा पहिलोपटक अस्पतालका चिकित्सक डा मनेनप्रसाद गोर्खाली र अस्पतालका कानुनी सल्लाहकार पूर्णिमा गुरागाईंको रोहवरमा यही असोज २ गते स्रेस्तेदार पन्तले बकपत्र लिएका थिए ।

    विसं २०६१ जेठ २४ गते कृष्णप्रसादका बुबा नन्दप्रसाद अधिकारीले आफ्नो छोराको हत्या भएको भन्दै जिल्ला प्रहरी कार्यालय, चितवनमा जाहेरी दिएका थिए । त्यसको एक वर्ष छ महिनापछि कृष्णप्रसादका दाजु नुरप्रसादले १३ जनाविरुद्ध किटानी जाहेरी दिएका थिए ।

    चितवन जिल्ला अदालतले २०७१ वैशाख ४ गते किटानी जाहेरी भएकामध्ये आठजनालाई धरौटीमा र तीनजनालाई साधारण तारिखमा छाडेको थियो । दुईजना अदालतको सम्पर्कमा आएका थिएनन् । जसमध्ये रुद्र आचार्य विदेश रहेको बताइँदै आएको छ भने सर्वाेच्च अदालतले पक्राउ गर्न आदेश दिएपछि छविलाल पौडेल फरार छन् ।

    अदालतले सीता अधिकारी, जानुका पौडेल लामिछाने र सुभद्रा तिवारीलाई साधारण तारिखमा छाडेको छ भने भीमसेन भनिने भीष्म पौडेल, हिमलाल अधिकारी, ठूलो रामप्रसाद अधिकारी र पर्शुराम पौडेल ‘अजीव’लाई प्रतिव्यक्ति २७ हजार रूपैयाँ धरौटी लिइ तारिखमा छोडेको छ ।

    त्यसैगरी मेघनाथ पौडेल, कालीप्रसाद पौडेल, छविलाल पौडेल र रामप्रसाद अधिकारीलाई जनही २० हजार रूपैयाँ धरौटी लिइ तारिखमा छाडिएको छ ।

    रासस

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, असोज ०४, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ११ सयले घट्याे
    नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ११ सयले घट्याे

    • २. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    • ४. शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु

    • ५. गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते

    • ६. रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते

    • ७. सुन ताेलामा १२ सयले बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ३. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.