×
सोमबार, भदौ २९, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ११ सयले घट्याे
  • १६ घण्टा अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १८ घण्टा अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • १८ घण्टा अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • २ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • २ दिन अघि

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • २ दिन अघि

सुन ताेलामा १२ सयले बढ्याे
  • २ दिन अघि

बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)
  • २ दिन अघि

नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ दिन अघि

सात दिन कुर्दा पनि आएन हेलिकोप्टर

  •  
  • मङ्गलबार, असोज ०४, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गाेरखाबाट अारुघाट जाने बाटाेमा फसेका सवारी साधन ।
    शिव उप्रेती
    गोरखाः पर्यटक आउने मौसम सुरु भएसँगै प्रोक गाविसका पेमाडुन्डुप लामा खाद्यान्नलगायत सामान किन्न काठमाडौं झरे । गोरखाबाट आरुघाटसम्मको बाटो राम्रै होला भन्ने ठानेर काठमाडौंबाट सामान लिएर गोरखा सदरमुकाम आए तर त्यही दिन गोरखा आइपुगेका सेराङ गुम्बाका लामा गुरुले आरुघाटबाट गोरखा आउँदा रातभरि गाडी धकेलेको सुनाएपछि तर्सेर उनी फेरि धादिङबेसीबाट आरुघाट जान सजिलो हुने ठानी धादिङबेसीतिर लागे । लामा गुरुले ‘हिलोमा फोर ह्विल ट्रक पनि डुब्छ’ भनेपछि गोरखाबाट आरुघाट जाने उनको मन मरेको थियो ।
    आरुघाटबाट मनास्लु क्षेत्र जाने बाटो अवरुद्ध छ भन्नेमा उनी जानकार थिए । आरुघाट पुग्न पाए त्यहाँबाट ठूलो हेलिकोप्टरले सामान ओसारिरहेको छ भन्ने पनि उनलाई थाहा थियो । सिजनभरि धान्ने गरी ल्याएको ठूलो परिमाणका सामान लिएर उनी फेरि धादिङबेसी पुगे । त्यहाँबाट फोर ह्विल ट्रक रिजर्भ गरी आरुघाटतर्फ लागे ।
    सदा तीन घन्टामा पुगिने आरुघाट पुग्ने बाटो बर्खामा यस्तरी बिग्रिएको थियो, उनले त्यो रात गोलाभन्ज्याङमै बास बस्नुपर्‍यो । ‘राति ११ बजेसम्म पनि हिलोबाट गाडी निकाल्न सकिन्छ भनेर धकेल्दाधकेल्दै रात बित्यो । खानेकुरा पाउनु त परै जाओस्, पानी पनि नखाई रात बिताइयो’, आफूले पाएको गोता टेलिफोनमा पेमाले सुनाए । भोलिपल्ट जसोतसो उनी आरुघाटको सल्यानटार हेलिप्याडमा पुगे ।
    सात दिनदेखि उनी हेलिप्याडमा हेलिकोप्टर पर्खेर बसे । ‘भोलि आउँछ भन्छ आउँदैन । फेरि भोलि आउँछ भन्छ आउँदैन । सात दिन भइसक्यो हेलिकोप्टर पर्खेर बसेको’, पेमा भन्छन्, ‘यस्तो पानी परिरहेको छ । चौरमा त्रिपाल ओछ्याएर, त्रिपाल ओढाएर सामान राखेको छ । सामान कुर्नेलाई एक रातको १२०० रुपैयाँका दरले पैसा तिरिरहनुपरेको छ । साह्रै बिचल्ली भयो ।’ आफ्नै जिल्लाबाट आफ्नै गाउँमा जान पनि यति ठूलो सकस भएकोमा उनलाई दुःख लागेको छ । ‘हामी दुर्गमका जनता भेडाबाख्रा त हैनौं नि ।
    ‘यत्रो महिना भइसक्यो बाटो थुनिएको सरकारको कान छैन कि आँखा छैनन् ? ‘ उनले आक्रोश पोखे, ‘हिँडेर जान त सकिएन, पैसा तिरेर हेलिकोप्टर लान्छु भन्दा पनि नपाउने कस्तो अन्याय हो हामीमाथि ? ‘ उनले आफूजस्तै मनास्लु क्षेत्रका धेरै मानिस हेलिप्याडमा सामान थन्क्याएर हेलिकोप्टर पर्खेर बसेको बताए । सिजनको बेला बाटो मर्मत नहुँदा पर्यटक नहिँडेर र सामान ओसार्न नपाएर रोजगारलाई बेरोजगार बनाएको गुनासो उनले गरे ।
    बर्खामा पहिरोले क्षतविक्षत भएको बाटो अहिलेसम्म मर्मत नहुँदा हिमालपारिका सात गाविसमा पुग्न अहिले पनि सकस छ । स्थानीय बासिन्दा मुस्किलले हिँड्न सके पनि उपभोग्य सामान ढुवानी गर्ने खच्चड हिँड्नसक्ने अवस्था छैन । अत्यावश्यकीय सामानको अभाव भएको स्थानीय बताउँछन् । ‘बाटो कति जोखिमपूर्ण छ भने खच्चड गोठाला सबै भागे । साहुजीले नै खच्चड धपाएर अलिअलि खच्चड चलाएका छन्’, खच्चड व्यवसायी समितिका अध्यक्ष धनकुमार गुरुङ भन्छन्, ‘दुईजनाले एउटा खच्चड समात्दै र धकेल्दै पहिरो कटाउँदै गर्नुपर्छ । एक दिनमा पुग्ने ठाउँमा दुई दिन लाग्छ ।’
    बाटो जोखिम भएकाले ढुवानी भाडा पनि धेरै बढेको छ । ‘गत जेठमा प्रतिकिलो ४० रुपैयाँ थियो, अहिले एक सय पुगेको छ’, उनले भने, ‘चाडबाड आइसक्यो । पर्यटक सिजन आइसक्यो । कहिले बनाउने होला बाटो ? ‘ बाटो नबन्दा मनास्लु आरोहण गर्ने र ट्रेकिङ गर्ने पर्यटक पनि मनाङको बाटो आउनेजाने गरेको उनले बताए ।
    तल्लो भेगमा पनि उस्तै
    दसैं नजिकिँदै गर्दा पनि सडक मर्मत नहुँदा गोरखाका ग्रामीण सडकहरूमा गाडी चल्न सकेका छैनन् । गाडी नचल्दा चाडपर्व आइसक्दा पनि यात्रु आवतजावत गर्न सकेका छैनन् । उपभोग्य सामान ओसार्न पनि नसकिएको गुनासो व्यापारीको छ ।
    ‘आरुघाट जाने सडकको कोखेआहालेभन्दा उता जान सकेको छैन’, गोरखा बजारका उपभोग्य सामानका सप्लायर्स मनकाजी श्रेष्ठ भन्छन्, ‘ट्रयाक्टर, फोर ह्व्लि ट्रक पनि फस्छन् अनि तीनचारवटा ट्र्याक्टरले तान्नुपर्छ । दसैं आउन १५ दिन पनि बाँकी छैन । गाउँको बजारमा सामान अभावै छ । व्यापारी त सामान भए बेच्छ, नभए बेच्दैन तर गाउँलेले सामान नपाएर समस्या हुने भयो ।’ आरुघाट आर्खेतका व्यापारीहरूले सामान पठाइदिनुपर्‍यो भनेर दिनहुँ टेलिफोन गरिरहेको तर गाडीवालाले नमानेर सामान पठाउन नसकेको उनको भनाइ छ ।
    जिल्लाको दोस्रो ठूलो व्यापारिक केन्द्र आरुघाटमा दसैंको चहलपहल सुरु भइसके पनि बजारमा सामान पर्याप्त नपाएको गोरखा उद्योग वाणिज्य संघ आरुघाट बजार एकाइका अध्यक्ष बुद्धिप्रसाद श्रेष्ठ बताउँछन् । ‘धादिङबाट दिनमा जसोतसो एकदुईवटा फोर ह्विल ट्रक आएका छन् । त्यसैले धानेको छ’, श्रेष्ठले भने, ‘धादिङको बाटो अलिअलि मर्मत भयो । अस्ति धादिङको बस आएको थियो । गोरखाबाट आएको छैन ।’ छिटोभन्दा छिटो बाटो मर्मत गर्नुपर्नेमा उनले जोड दिए । आसपासका २० भन्दा बढी गाविसमा आरुघाट बजारबाट उपभोग्य सामान आपूर्ति हुने गर्छ ।
    गोरखाका ग्रामीण सडकहरूमा गाडी चल्न सकेका छैनन् ।
    अत्यावश्यकीय सामानको अभाव ।
    खच्चडसमेत हिँड्नसक्ने अवस्था छैन ।
    हेलिप्याडमा सामान थन्क्याएर हेलिकोप्टरको प्रतीक्षा ।
    अर्को व्यापारिक केन्द्र भच्चेकमा पनि सडक अवरुद्ध हुँदा दसैं आएको जस्तो नभएको स्थानीयको भनाइ छ । ‘भच्चेकमा त ट्रयाक्टर आइपुग्न पनि दुईतीन दिन लाग्छ । हिजो हिँडेको ट्र्याक्टर अझै आएको छैन’, स्थानीय व्यापारी तीर्थ श्रेष्ठ भन्छन्, ‘भाडा उत्तिकै महँगो । खासमा भच्चेकबाट गोरखा पुग्ने भाडा दुई सय चालीस रुपैयाँ हो । तर अहिले जिपमा एकजनाको बाह्र सय रुपैयाँ तिर्नुपर्छ ।’ भूकम्पले भत्काएको घर पुनर्निर्माण गर्न पनि सामान अभावले रोकिएको उनले बताए ।
    यातायात ब्यबसायी समिति गोरखाका अध्यक्ष रामहरि केसीका अनुसार गोरखाका धेरै ग्रामीण सडकमा अहिलेसम्म गाडी नियमित हुनसकेको छैन । ‘घ्याम्पेसाल, ताकु, आरुपोखरी सडकमा अहिलेसम्म गाडी चलेको छैन’, उनी भन्छन्, ‘बारपाक पनि जाँदैन । बालुवासम्म मात्र हो । बोर्लाङ सडक पनि अवरुद्ध छ । क्यामुन्टार पनि गएको छैन । ताक्लुङ रागिनाशलगायत सडक पनि बन्द छन् ।’ ग्राभेल सडक भनेर सूचीकरण गरिए पनि गोरखाका कुनै कच्ची सडकमा ग्राभेल भेट्न नसकिने उनले बताए ।

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, असोज ०४, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ११ सयले घट्याे
    नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ११ सयले घट्याे

    • २. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    • ४. शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु

    • ५. गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते

    • ६. रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते

    • ७. सुन ताेलामा १२ सयले बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ३. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.