×
सोमबार, भदौ २९, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ११ सयले घट्याे
  • १५ घण्टा अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १७ घण्टा अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • १८ घण्टा अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • २ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • २ दिन अघि

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • २ दिन अघि

सुन ताेलामा १२ सयले बढ्याे
  • २ दिन अघि

बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)
  • २ दिन अघि

नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ दिन अघि

अदालतले लियो गंगामायाको बयान

  •  
  • सोमबार, असोज ०३, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    सशस्त्र द्वन्द्वकालमा मारिएका आफ्ना छोरा कृष्णप्रसाद अधिकारीका हत्यारालाई कारबाहीको माग गर्दै पटक–पटक अनशन बसेकी गंगामाया अधिकारीसँग जिल्ला अदालतले आइतबार बयान लिएको छ । चितवन जिल्ला अदालतबाट आएका श्रेस्तेदार गेहेन्द्र पन्त र नासु नारायणप्रसाद सेढाईंले वीर अस्पतालमा गंगामायाको बयान लिएका हुन् ।

    १७ वर्षे छोरा कृष्णप्रसादको २०६१ जेठ २४ गत्ते चितवन रत्ननगरमा हत्या गरिएको थियो । झन्डै अढाई घण्टाको बयानमा गंगामायाले १३ जना आरोपितको नाम लिएको बयानमा उपस्थित अधिवक्ता आशिकराम कार्कीले बताए ।

    गंगामायाले छविलाल पौडेललाई मुख्य अभियुक्त तथा भीष्मलाल भनिने भीमसेन, जानुका, परशुराम, मेघनाथ पौडेलका साथै कालीप्रसाद, सीता, रामप्रसाद र हिमलाल अधिकारीलाई संलग्नका रूपमा बयानमा उल्लेख गरेकी छन् । उनले रुद्र आचार्य, सुभद्रा र विष्णु तिवारी र रामप्रसाद अधिकारीको पनि नाम लिएकी छन् । उनले नाम लिएकामध्ये रुद्र आचार्य फरार छन् ।

    दिउँसो २ बजे कृष्णप्रसादलाई अपहरण गरेर लगेको र त्यही रात ८ बजे चितवन रत्ननगर बकुलहर चोकमा गोली हानी हत्या गरिएको गंगामायाले बताएकी छन् । गंगामायाकी देवरानी सीता अधिकारी मुख्य आरोपित छविलालकी भान्जी पर्छिन् । सीताले जेठानी गंगामायासँग अंश माग्दा उनले पहिले नै छुट्टिएकाले फेरि माग्न नहुने भनेकाले त्यसकै रिसइबी साँध्न कृष्णप्रसादलाई निसाना बनाइएको गंगामायाको भनाइ छ । कृष्णप्रसादको हत्या तत्कालीन माओवादीका गाउँसरकार प्रमुख छविलालले अन्य माओवादी कार्यकर्ताको सहयोगमा गरेको उनले बताएकी थिइन् ।

    छैटौं पटक अनशन बसेकी उनले गत भदौ २८ गते राति ३२ दिनदेखिको अनशन तोडेकी थिइन् । चितवन अदालतबाट उनको बयान लिइने भएपछि मानव अधिकारकर्मी र कानुन व्यवसायीले अनशन तोड्न आग्रह गरेका थिए । कृष्णप्रसादको हत्यारालाई कारबाहीको माग गर्दै २०७१ असोज ६ गते गंगामायासँगै अनशन बसेका उनका श्रीमान नन्दप्रसादको अनशनको ३ सय ३३ औं दिन मृत्यु भएको थियो । श्रीमानको मृत्युपछि पनि गंगामाया दोषीलाई कारबाहीको माग गर्दै पटक–पटक अनशन बसेकी छन् ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    सोमबार, असोज ०३, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ११ सयले घट्याे
    नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ११ सयले घट्याे

    • २. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    • ४. शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु

    • ५. गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते

    • ६. रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते

    • ७. सुन ताेलामा १२ सयले बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ३. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.