×
सोमबार, भदौ २९, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ११ सयले घट्याे
  • १४ घण्टा अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १६ घण्टा अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • १७ घण्टा अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • १ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • २ दिन अघि

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • २ दिन अघि

सुन ताेलामा १२ सयले बढ्याे
  • २ दिन अघि

बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)
  • २ दिन अघि

नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ दिन अघि

पुनर्निर्माणमा खटिएका इन्जिनियरले काम नगर्ने, भन्छन् – सुविधा कम भयो

  •  
  • बुधबार, भदौ २९, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    किरण लोहनी/उज्यालो

    गोरखा, भदौ २९ – पुनर्निर्माणका लागि गोरखामा खटिएका प्राविधिकहरुले काम बन्द गरेका छन् । ब्यक्तिगत आवास निर्माणका लागि प्राविधिक ज्ञान दिने गरि सरकारले खटाएका इन्जिनियर, सव इन्जिनियर र असिस्टेन्ट सव इन्जिनियरहरुले काम गर्न नसक्ने बताएका छन् ।

    पुनर्निर्र्माणका लागि जिल्लामा गठन भएको जिल्ला आयोजना कार्यान्वयन इकाइलाई लिखित जानकारी गराएर उनीहरुले काम गर्न नसक्ने बताएका हुन् । तलब, भत्ता, बिमा, सुरक्षा लजिस्टिक्स तथा अन्य विविध बिषयमा सरकारी निकायको ध्यानाकर्षण गराउँदा समेत बेवास्ता गरिएकाले काम गर्न छोडेको गोरखाको पन्द्रुङ गाविसमा खटिएका इन्जिनियर सञ्जिप अमगार्इंले बताउनुभयो ।

    गोरखामा कार्यरत सम्पूर्ण प्राविधिकहरु सेवा सुविधाबारे नयाँ निर्णय गराउनका लागि चरणबद्ध आन्दोलनमा लागेको उहाँको भनाई छ । आन्दोलन अघि बढाउने क्रममा पुनर्निर्माणसँग सम्बन्धित सरकारले तोकेको कुनै पनि काम गर्न असमर्थ रहेको प्राविधिकहरुको पत्रमा उल्लेख छ ।

    माग सुनुवाई नभएसम्म काममा नफर्कने गरि निर्णय भएको र आजैबाट काम रोकिएको अमगार्इंले बताउनुभयो । उनीहरुले जिल्ला प्रशासन कार्यालय र जिल्ला विकास समितिलाई पनि यसबारे जानकारी गराएका छन् । गोरखामा हाल १ सय २२ इन्जिनियर, २९ सव इन्जिनियर र ४८ असिस्टेन्ट सव इन्जिनियर कार्यरत छन् ।

    झण्डै ५० इन्जिनियरको दरवन्दी पूरा हुन सकेको छैन । सरकारले उनीहरुलाई करारमा काममा खटाएको थियो । अधिकृत सरहको तलवमा काममा खटाइएपछि उनीहरुस सुरुदेखिनै असन्तुष्ट रहेका थिए । तर सेवा सुविधाबारे पुनर्विचार गरिने भनिएकाले त्यतिबेला काममा खटिएको इन्जिनियर अमगार्इंले बताउनुभयो ।

    सदरमुकामबाट निकै टाढाको गाउँमा गएर तलवको भरमा मात्रै काम गर्न निकै समस्या परेको उनीहरुको भनाई छ । इन्जिनियरहरु कामबाट फर्कने भएपछि जिल्लामा पुनर्निर्माणको काम प्रभावित हुने देखिएको छ । अनुदान सम्झौता सकेर बैङ्क खातामा पहिलो किस्ता समेत पाइसकेका भूकम्पपीडितले हिउँद लाग्नासाथ घर बनाउन थाल्ने योजना बनाएका छन् ।

    गोरखामा ४८ हजार भन्दा बढी प्रभावितसँग सम्झौता भएर पहिलो किस्ताको रकम पनि खातामा जम्मा भैसकेको छ । इन्जिनियरहरुको मागबारे केन्द्रमा जानकारी गराउने र जिल्ला तहमै पनि छलफल गर्ने तयारी भैरहेको जिल्ला आयोजना कार्यान्वयन इकाईका प्रमुख एवम् शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयका प्रमुख श्यामकिशोर सिंहले बताउनुभयो ।

    काममा खटिएका इन्जिनियरले कार्यक्षेत्रबाट फर्कने बताइरहेकै बेला रिक्त रहेका पदमा थप प्राविधिक जिल्ला खटिने भएका छन् । नयाँ इन्जिनियर, सव इन्जिनियर र असिस्टेन्ट सव इन्जिनियरलाई भोली बिहीबारबाट नियुक्ति दिएर कार्यक्षेत्रमा खटाउन लागिएको कार्यालयले जनाएको छ ।

    ujyaaloonline

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, भदौ २९, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ११ सयले घट्याे
    नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ११ सयले घट्याे

    • २. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    • ४. शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु

    • ५. गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते

    • ६. रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते

    • ७. सुन ताेलामा १२ सयले बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ३. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.