×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १७ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

आहा ! १२ सय मेगावाटको बुढीगण्डकी !

  •  
  • सोमबार, भदौ २७, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    यस्ता छन् बुढीगण्डकी आयोजनाका ६ प्रमुख विशेषता

    पुष्प दुलाल/उत्तम काप्री

    गोर्खा र धादिङमा मुलुकको विकासको ढोका खोल्ने १२ सय मेगावाटको बुढीगण्डकी जलविद्युत आयोजना बन्दैछ । आजसम्म देशभित्र हामीले नदेखेको यति ठूलो आयोजना कस्तो होला ? हेर्नुहोस् बुढीगण्डकी जलविद्युत आयोजना विकास समितिले तयार पारेको थ्री डी मोडल भिडियो-

    यस्ता छन् आयोजनाका ६ विशेषता

    १. फेवाभन्दा १४ गुणा ठूलो तालः यो आयोजना निर्माण गर्दा २६३ मिटर अग्लो बाँध बाँधिने छ । बाँध बाँधेपछि बन्ने ताल पोखराको फेवातालभन्दा १४ गुणा ठूलो हुने आयोजनाका कार्यकारी निर्देशक बस्नेतले जानकारी दिए । तालमा पानीको गहिराइ ५४० मिटरको हुन्छ । यति ठूलो ताल बन्ने भएपछि यसलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न सकिने उनको भनाइ छ ।

    २. दुई सय किलोमिटरको रिङरोडः विकास समितिले आयोजना प्रभावित क्षेत्रमा रिङरोड बनाउन प्रस्ताव गरेको छ । समितिका कार्यकारी निर्देशक बस्नेतका अनुसार अहिले आयोजना प्रभावित क्षेत्रमा २ सय मिलोमिटर लामो रिङरोड निर्माण गर्न सर्भेक्षणको काम भइरहेको छ । रिङरोड धादिङ र गोर्खाका २७ गाविसमा हुनेछ । रिङरोड बनिसकेपछि त्यस क्षेत्रको आर्थिक तथा सामाजिक विकासमा ठूलो योगदान पुग्ने उनले बताए ।

    ३. विस्थापित परिवारको संख्या ४५ हजारः यो आयोजना बन्दा ४५ हजार जनसंख्या पूर्णरुपमा विस्थापित हुनेछन् । आयोजनाले व्यक्तिको नामममा रहेको ५८ हजार रोपनी र बाँकी सरकारी स्वामित्वमा रहेको गरी डेढ लाख रोपनी जमिन ओगट्ने छ ।

    ४. एक लाख ३० हजार रोपनी जमीन डुब्नेः आयोजनाबाट गोरखाका १४ र धादिङका १३ गाविसका बासिन्दा प्रभावित हुनेछन् । भौतिकरुपमा भने आयोजनाबाट ३५ सय ६० घर परिवार र १९ हजार ५ सय ९० जनसंख्या विस्थापित हुनेछन् भने आर्थिकरुपमा ४५ सय ५६ घर परिवार र २५ हजार ६३ जनसंख्या विस्थावित हुनेछन् ।

    आयोजनबाट धादिङको ३५ हजार २ सय ७ रोपनी जमिन र गोरखाको ३१ हजार ९ सय रोपनी जमिन डुबानमा पर्नेछ । कुल १ लाख ३० हजार ५ सय २३ रोपनी क्षेत्रफल जमिन डुबानमा पर्ने छ । तर सरकारले मुआब्जा वितरण गर्नुपर्ने निजी जमिन भने ६७ हजार १ सय ७ रोपनी रहेको छ ।

    गोरखाका घ्यालचोक, दरबुङ, भुल्मीचोक, फुजेल, नामजुङ, बुङकोट, बोरलाङ, धावा, तान्द्राङ, आरुचनौटे, आरु आर्बाङ, थुमी र धादिङका सलाङ, मैदी, खरी, चैनपुर, ज्यामरुङ, मारपाक, त्रिपुरा, अग्निचोक, सल्यानटार, मुलपानी, बुढाथुम र बसेरी गरी १३ गाविसको जमिन प्रभावित हुनेछन् ।

    ५. मुआब्जा र पुनस्थापनामा मात्रै ६० अर्बः आयोजनाको वातावरणीय मूल्यांङकनका लागि सरकारले नियुक्ति गरेको फ्रान्सेली परामर्शदाता कम्पनी ट्रयाकबेलले जग्गा अधिकरण, मुअब्जा वितरण, पुनस्थापना तथा पुनर्वासका लागि ६० अर्ब रुपैयाँ लाग्ने प्रतिवेदन वातावरण मन्त्रालय र विकास समितिलाई बुझाइसकेको छ । मुआब्जामा मात्रै ४३ अर्ब रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान गरिएको छ ।

    जुनसुकै हालतमा भए पनि चालू आर्थिक वर्षमा मुआब्जा वितरणको कार्य सुरु गर्ने बस्नेतले बताए । मुआब्जा वितरणको मोडालिटी तयार नभएकाले अहिलेसम्म विकास समितिले जग्गा अधिकरण तथा मुआब्जा वितरण गर्न सकेको छैन । आयोजनाले अहिले मुआब्जा वितरणका लागि जग्गाको क्षेत्रफलको यकिन गर्नुका साथै स्वामित्व र जग्गा वर्गीकरणको काम भइरहेको कार्यकारी निर्देशक बस्नेतले जानकारी दिए ।

    मुआब्जा वितरणका लागि सरकारले चालू आर्थिक वर्षका लागि १२ अर्ब रुपैयाँ जुटाउने घोषणा गरिसकेको छ । सरकारले पेट्रोलियम पद्धार्थको आयातमा गर्दा भन्सार विन्दूमै प्रतिलिटर ५ रुपैयाँ पूर्वाधार विकास कर उठाउँदै आएको छ । यस्तो करबाट ५ अर्ब रुपैयाँ उठ्ने सरकारको लक्ष्य छ ।

    ६. कुल लागत २ खर्ब ५० अर्बः बुढीगण्डकीमा सरकारले आर्थिक वर्ष २०६९/७० मा आयोजनाको विकासका लागि विकास समिति गठन गरेर आयोजनाको काम अघि बढाएको हो । हालसम्म विकास समितिले नै आयोजना विकासको गतिविधि अघि बढाइरहेको छ ।

    आयोजना निर्माणका लागि चट्टानको अवस्था के छ भनेर विकास समितिले १८ मिटर डि्रलिङ गर्ने लक्ष्य लिएको थियो । जसअनुसार कामा गर्दै जाँदा १८३६ मिटर डि्रलिङ गरिसकिएको कार्यकारी निर्देशक बस्नेतले जानकारी दिए । ‘डि्रलिङ गरेपछि यहाँको ढुंगाको गुणस्तर राम्रो पाइएको छ, त्यसैले यो आयोजना संभव छ,’ उनले भने ।

    सुरुमा ६ सय मेगावाट बनाउने भनिए पनि अहिले १२ मेगावाट बनाउने गरी क्षमता वृद्धि गरिएको छ । विस्तृत परियोजना प्रतिवेदन -डीपीआर) अनुसार आयोजना बनाउन २ खर्ब ५० अर्ब रुपैयाँ लाग्नेछ ।

    मोडालिटीमा अझै अन्योल

    अहिलेसम्म कुन मोडालिटीमा बुढीगण्डकी आयोजना निर्माण गर्ने भन्ने टुंगो लागिसकेको छैन । यसअघि केपी ओली नेतृत्वको सरकारले स्वदेशी लगानीमै आयोजना निर्माण गर्ने घोषणा गरेको थियो । सरकार छाड्ने चाइनिज कम्पनी चाइना गेजुवालाई निर्माणको जिम्मा दिने तयारी पनि गरिएको थियो ।

    उर्जा मन्त्रालयले आयोजना कुन मोडलमा बनाउने भनेर प्रारम्भिक छलफल भने गरिरहेको छ । सरकारले गत फागुनमा सार्वजनिक गरेको विद्युत संकट निवारण तथा विद्युत विकास दशकमा बुढीगण्डकीजस्ता ठूला आयोजनाहरु कम्पनी मोडलमार्फत विकास गर्न सकिने नीतिगत व्यवस्था गरेको छ ।

    कम्पनी मोडलबाट विकास गर्नु भनेको सर्वसाधारणबाट पैसा उठाएर उनीहरुलाई सेयर दिनु हो । पछिल्लो समय आहृवान गरिएका आइपीओ अत्यधीक बढी आवेदन पर्ने गरेको दृष्टान्तले यो आयोजना सर्वसाधारणबाट रकम उठाएर बनाउन सकिने सम्भावना छ ।

    onlinekhabar

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    सोमबार, भदौ २७, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    सुन र चाँदीकाे भाउ बढ्याे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.