कैलासबावु श्रेष्ठ/गोरखा
भाद्र २६ गते । नेपाल जेसिजको एरिया बि प्रेसिडेन्ट मिट कार्यक्रम गोरखा सदरमुकाममा भोली देखी हुने भएको छ । कार्यक्रमका लागि सहभागीहरु आतबार राती सम्म आई पुग्ने आयोजक गोरखा जेसिजले पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ । 
भोली देखी हुने एरिया बि प्रेसिडेन्ट मिट कार्यक्रमको बिषयमा जानकारी दिदै गोरखा जेसिजका अध्यक्ष प्रेम थापाले यस क्षेत्रमा पर्ने २८ शाखाका अध्यक्षका साथै अन्य जेसिज सदस्यहरुको उपस्थित हुने छ । भोली बिहान ९ बजे देखी गोरखा सदरमुकाममा रहेको होटल मिराकलमा शुरु हुने छ । शाखा अध्यक्षहरुले संयुक्त बैठक, विशेष एजेन्डामा छलफल हुने छ । 
क्षेत्रिय सम्मेलनको तयारी बैठकको रुपमा हेरीने यो बैठकमा २०१७ मा उम्मेदवार बन्ने आकाक्षीहरुको समेत सहभागीता रहने भएकाले ६० जना भन्दा बढी जेसिज सदस्यहरुको सहभागीता हुने अनुमान गरीएको छ । 
गोरखा जेसिजको आयोजनामा भएको यो कार्यक्रम भन्दा अगाडी नै सन २०११ मा एरिया बि क्षेत्रिय सम्मेलन सम्पन्न गरी सकेको छ भने छिट्टै राष्ट्रिय महाधिबेशन समेत आयोजना गर्ने तयारी भै रहेको नेपाल जेसिजका केन्द्रिय उपाध्य अञ्जन बावु खत्रीले जानकारी दिए ।
फोटो सौजन्य अजित खनाल



