कैलासबावु श्रेष्ठ/गोरखा
भाद्र २५ गते । गोरखाको अश्राङ्गमा नगर र रिजार्च कार्ड चोरी भएको केही दिनमा नै नगद र रिचार्ज कार्ड सहित स्थानिय ब्यक्ती चोरीको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
अश्राङ्ग गाउँ बिकास समिति ४ को सिरानडाडाँमा ब्यवसाय गरी बस्ने लिलाधर भन्तनाको पसलबाट गएको १३ गते राती ३ लाख ५० हजार नगद र ४० हजार बरावरको विभिन्न कम्पनीको रिचार्ज काड चोरी भएको भन्ने उजुरीको आधारमा प्रहरीले स्थानिय नवराज भन्तनालाई पक्राउ गरेको हो ।
प्रहरीले विशेष सुराकीको आधारमा नवराजलाई उनकै घर बाट पक्राउ गरेको थियो । उनको साथबाट प्रहरीले नगर ५४ हजार ६ सय १० रुपैयाँका साथै २७ हजार बराबरको विभिन्न कम्पनीको रिचार्ज काड बरामद गरेको छ ।
आरोपित भन्तनालाई गोरखा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी थप अनुसन्धान थालीएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक बिरेन्द्र थापाले जानकारी दिए ।
चोरीको आरोपमा भन्तना पक्राउ
चोरीको आरोपमा भन्तना पक्राउ
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु



