×
सोमबार, भदौ २९, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ११ सयले घट्याे
  • १२ घण्टा अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १४ घण्टा अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • १५ घण्टा अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • १ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • १ दिन अघि

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • २ दिन अघि

सुन ताेलामा १२ सयले बढ्याे
  • २ दिन अघि

बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)
  • २ दिन अघि

नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ दिन अघि

मुआब्जा र जग्गा अधिग्रहणमै अल्झियो बुढीगण्डकी

  •  
  • बुधबार, भदौ २२, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    बुढीगण्डकी जलविद्युत आयोजनाको बाँधको नमूना तस्वीर

    उत्तम काप्री

    २२ भदौ, काठमाडौं । १२ सय मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत आयोजनाको काम जग्गा अधिग्रहण र मुआब्जा वितरणमै रोकिएको छ । मुआब्जा वितरण र जग्गा अधिग्रहणको काम सुरु हुन नसके पनि आयोजनाले प्रभावित गोरखा र धादिङका २७ गाविसको करिब ५८ हजार रोपनी जग्गा किनबेचमा रोक लगाइसकेको छ ।

    आयोजनाले गत आर्थिक वर्षदेखि जग्गा अधिग्रहण र मुआब्जा वितरणको काम थालेको थियो । तर, हालसम्म पनि मुआब्जा नपाउँदा र आयोजनाको काम अघि नबढ्दा प्रभावित क्षेत्रका बासिन्दा मर्कामा परेका छन् ।

    मुआब्जा वितरणको काम बाख्राको पाठोसँग तुलना !

    आयोजनाको लागि आवश्यक जग्गा अधिग्रहण र मुआब्जा निर्धारण गर्ने अधिकार जिल्ला प्रशासन कार्यालयको हो । तर प्रशासन कार्यालयले भने मुआब्जा वितरणमा भइरहेको ढिलाइलाई स्वाभाविक रुपमा लिएको छ ।

    ‘एउटा ब्राखाको पाठो किन्न त दिनभरी लाग्न सक्छ । ४५ हजार जनतालाई चित्त बुझाउन केही समय त लागि हाल्छ,’ मुआब्जा वितरणमा भइरहेको ढिलाइबारे अनलाइनखबरको जिज्ञासामा धादिङका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश सुवेदीले भने ।

    गत वर्ष मुआब्जा वितरणका लागि छुट्याइएको दुई अर्ब नब्बे करोड रुपैयाँ सबै ‘फ्रिज’ भएको थियो । चालु आर्थिक वर्षको ६ महिनाभित्रै जग्ग्ाा अधिग्रहण गर्दै मुआब्जा वितरणका लागि सरकारले ५ अर्ब र पेट्रोलियम पदार्थमा पूर्वाधार लगाउँदै करिब १२ अर्ब रुपैयाँ मुआब्जा वितरणमा खर्च गर्ने लक्ष्य राखेको छ ।

    आयोजनाको मोडल र वित्तीय व्यवस्था पनि अनिश्चित

    आयोजनाले जिल्ला प्रशासन कार्यालयको सहयोगमा २०७२ चैत २० गते गोरखापत्रमा सूचना प्रकाशन गर्दै प्रभावित क्षेत्रका बासिन्दाको जग्गा किनबेच बन्द गराएको थियो । गाविस-गाविसमा जिल्ला मालपोत र नापी कार्यालयका कर्मचारीले जग्गाको वर्गीकरण र कित्ताकाटको काम गरिरहेका छन् । तर बुढीगण्डकी जलविद्युत आयोजना कुन मोडलमा बनाउने र यसका लागि वित्तीय व्यवस्था कसरी गर्ने भन्ने पनि यकिन भएको छैन ।

    सरकारले नै बनाउने वा निजी कम्पनीलाई बनाउन दिने, वित्तीय श्रोत देशभित्रैबाट जुटाउने वा विदेशी लगानीमा बनाउने भन्ने जस्ता विषय पनि नटुंगिएकाले आयोजना निर्माणमा ढिलाइ भइरहेको छ ।

    अहिले धादिङको सलाङ, मैदी र खरीमा जग्गा अधिग्रहणको काम जारी छ । त्यस्तै गोरखाको घ्याल्चोक, भुमिलिङचोक र दर्बुङको जग्गा वर्गीकरण गर्दै कित्ताकाटको काम पनि भइरहेको छ । काम अति सुस्त गतिमा भइरहेको स्थानीयको गुनासो छ । तर, जग्गाको वर्गीकरण, कर्मचारी अभाव लगायतका कारणले काममा ढिलाइ भइरहेको आयोजनाले जनाएको छ ।

    ‘आयोजनाले अहिले मुआब्जा वितरणका लागि जग्गाको क्षेत्रफल एकिन, स्वामित्व र जग्गा वर्गीकरणको काम अगाडि बढाइरहेको छ,’ बुढीगण्डकी जलविद्युत आयोजनाका प्रमुख गोपालबहादुर बस्नेतले भने, ‘जिल्ला मालपोत र नापी कार्यालयका कर्मचारी कम हुँदा काम प्रभावित भइरहेको छ ।’

    जग्गाको वर्गीकरणदेखि कित्ताकाट मालपोत तथा नापीबाट मात्र हुनसक्ने भएको हुँदा पनि काम प्रभावित भएको बस्नेतले बताए । आयोजनाले जग्गा वर्गीकरणको काम सँगसँगै मुआब्जा वितरणको मोडालिटीमा समेत काम अगाडि बढाइरहेको बस्नेतले बताए ।

    बस्नेतका अनुसार प्रभावित स्थानीयले ‘न्याय प्लस वन’ अर्थात सरकारी मूल्यभन्दा केही थप र चलन चल्तीको मूल्यमा पनि केही थप गरेर मुआब्जा पाउने छन् ।

    आयोजनाले मुख्यतः मुआब्जा वितरणमा ८ वटा जति मोडालिटी तयार गर्दै प्रभावितसँग छलफल गर्ने तयारी गरेको उनले बताए । आयोजनाले सडकसँग पहुँच भए-नभएको, बजार क्षेत्र, खेतीयोग्य भूमी तथा भूमी ऐन अनुसार अब्बल, दोयम, सिम र चाहारअनुसार जग्गा वर्गीकरण गर्दै मुआब्जा वितरण गर्ने तयारी गरेको उनले बताए ।

    १ लाख ३० हजार ५२३ रोपनी जमिन डुबानमा पर्ने

    आयोजनाबाट गोरखाका १४ र धादिङका १३ गाविसका बासिन्दा प्रभावित हुनेछन् । गोरखाका घ्यालचोक, दरबुङ, भुल्मीचोक, फुजेल, नामजुङ, बुङकोट, बोरलाङ, धावा, तान्द्राङ, आरुचनौटे, आरु आर्बाङ र थुमी गाविसमा असर पुग्ने छ ।

    यसैगरी धादिङको सलाङ, मैदी, खरी, चैनपुर, ज्यामरुङ, मारपाक, त्रिपुरा, अग्निचोक, सल्यानटार, मुलपानी, बुढाथुम र बसेरी गरी १३ गाविसका बासिन्दा प्रभावित क्षेत्रमा पर्ने आयोजनाले जनाएको छ ।

    भौतिकरुपमा आयोजनाबाट ३५ सय ६० घर परिवार र १९ हजार ५ सय ९० जनसंख्या विस्थापित हुनेछन् भने आर्थिकरुपमा ४५ सय ५६ घर परिवार र २५ हजार ६३ जनसंख्या विस्थापन गर्नुपर्ने छ ।

    आयोजनबाट धादिङको ३५ हजार २ सय ७ रोपनी जमिन र गोरखाको ३१ हजार ९ सय रोपनी जमिन डुबानमा पर्नेछ । कुल १ लाख ३० हजार ५ सय २३ रोपनी क्षेत्रफल जमिन डुबानमा पर्ने छ । तर सरकारले मुआब्जा वितरण गर्नुपर्ने निजी जमिन भने ६७ हजार १ सय ७ रोपनी रहेको छ ।

    प्रभावित क्षेत्रका बासिन्दा पुस्तौंदेखि बस्दै आएको थाकथलो छोड्नुपर्दा निराश देखिए पनि विकास निर्माणमा बाधक नबन्ने बताएका छन् । तर देश उज्यालो हुँदै गर्दा आफूहरुको जीबन अन्धकारमा पार्न नहुने उनीहरुको भनाइ छ । जग्गा वर्गीकरण र कित्ताकाट गर्दा पुनः नापी हुनुपर्ने मागसमेत उनीहरुले राखेका छन् ।

    के गर्दै छ सरोकार समिति

    सरकारले चालु आर्थिक वर्षको बजेटमा बुढीगण्डकी जलविद्युत आयोजनाको मुआब्जा निर्धारण, स्थानीय वासिन्दाको पुनर्वास र पुर्नस्थापनाका लागि अधिकार सम्पन्न समिति गठन गर्ने उल्लेख गरेको छ । र सोही अनुरुप समिति गठन गर्दै काम अगाडि बढ्ने सरोकार समितिका संयोजक हरेराम ढकाल बताउँछन् ।

    बुढीगण्डकी जलविद्युत आयोजनाको डुबान क्षेत्रका अधिकांश घर वैशाख १२ गतेको भूकम्पले भत्काएको छ । तर सो क्षेत्रमा पक्की घर बनाउन प्रतिबन्ध लगाइएको छ । अधिग्रहण तथा मुआब्जा वितरण पनि छिटो नहुने र पक्की घर बनाएर पनि बस्न नपाइने भएपछि स्थानीय मर्कामा परेका छन् ।

    राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको निर्देशक समितिले डुबान क्षेत्रका भूकम्प पीडितलाई अस्थायी आवास निर्माणका लागि २ लाख रुपैयाँ दिने निर्णय गरिसकेको छ । तर गोरखा र धादिङका प्रमुख जिल्ला अधिकारीले डुबान क्षेत्रका बासिन्दालाई अनुदान रकम दिने निर्णय मन्त्रिपरिषदबाट पारित नभएसम्म दिन नसक्ने अडान लिएपछि अनुदान वितरणसमेत रोकिएको छ । त्यसैले यो विषय मन्त्रिपरिषदबाट पारित गर्न पहल गरिदिन माग गर्दै सरोकार समितिले ऊर्जा मन्त्रालयमा ज्ञापन पत्र बुझाएको छ ।

    onlinekhabar

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, भदौ २२, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ११ सयले घट्याे
    नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ११ सयले घट्याे

    • २. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    • ४. शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु

    • ५. गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते

    • ६. रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते

    • ७. सुन ताेलामा १२ सयले बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ३. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.