×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १७ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

तीज: कसैलाई दर, कसैलाई डर

  •  
  • आइतबार, भदौ १९, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    डा.नम्रता पाण्डे
    हरितालिका तीजका अवसरमा आइतबार बिहानैदेखि पशुपतिनाथ मन्दिरमा दर्शन गर्न गएका व्रतालु महिला नाचगान गर्दै। तस्बिरः रासस

    आफ्नै सांस्कृतिक, पारिवारिक र धार्मिक महत्त्व बोकेको तीजको पर्व जतिसुकै सैद्धान्तिक र बोलीचालीको भाषाबाट व्यक्त गरे पनि व्यावहारिक रूप यसले पाउन सकेको छैन । पर्व र विशेष पनि हुनेखानेकै लागि छ । डेढ वर्षदेखि भूकम्पपीडित महिला र तिनीहरूका परिवारमा तीजले कस्तो महत्त्व राख्ला ?
    छाक टार्न र भरपर्दो ओत नपाएकालाई केही राहत दिन नसक्ने हाम्रो उपल्लो तहदेखि आफ्नो संघसंस्था र व्यावसायिक विज्ञापन दिँदै लाखौंको धनराशि दर खुवाएर र सांस्कृतिक कार्यक्रममा खर्च गर्नुभन्दा भूकम्पपीडित, बाढीपहिरो पीडितलाई सहयोग गर्नु बुद्धिमानी हुन्थेन र ? राष्ट्रपतिदेखि लिएर सरकारी सेवाका दर होऊन् या संघसंस्था र राजनीतिक पार्टीका दर ।
    त्यहाँ पनि हुनेखाने र पहुँचवालाकै सहभागिता रहने गरेको पाइन्छ । समावेशीका कुरा गर्ने महिला अधिकारकर्मीहरू यतिबेला कता हराएका हुन्छन् ? विरोधका आवाज उठाउने तिनै महिला अधिकारकर्मीहरू महिनौं अगाडिदेखि संघसंस्थाका दर खाँदै र तीजजस्तो पर्वलाई भड्किलो बनाउँदै हिँडेका हुन्छन् । जुनसुकै संस्था र राजनीतिक दलले तीजे कार्यक्रम आयोजना गरे पनि दुःखी, असहाय र पीडित वर्ग त्यहाँ किन सहभागी हुन् सक्दैनन् ?
    अझ महिलाको नाममा आयोजित यस्ता तीजे कार्यक्रममा पुरुषको उत्तिकै सहभागिता रहेको हुन्छ । यसले पर्वको, राष्ट्रको ढुकुटीको, व्यक्तिकै धनराशि भए पनि के महत्त्व राख्छ दैनिक दरको नाममा लाखौं खर्च गरेर ? कसैलाई राति पानी नपरे, हावाले पाल नउडाइदिए हुन्थ्यो, बालबच्चालाई पेटभरि खुवाउन पाए हुन्थ्यो भन्ने डर छ भने कसैलाई तीजको दर भ्याइनभ्याइ छ ।
    कहिले आउँछ ? कहाँ गर्ने र कहाँ नगर्ने, केका लागि गर्ने, त्यसको औचित्य र उद्देश्य के हो ? मुलुक दिनप्रतिदिन राजनीतिक अस्थिरता, भ्रष्टाचार, महँगी र अराजकताबाट गुज्रिरहेको छ । जता हेर्‌यो त्यतै केही व्यक्तिको पहुँचमा मुलुक चलेको छ । हुने खाने र पहुँचवालाका लागि कुनै नैतिकता, नियम–कानुन र अनुशासनको पालना चाहिँदैन किनभने ती नैतिकता तिनीहरूले पैसामा गरिबलाई बेचिसकेका छन् ।
    यसैकारणले धनी र गरिब, हुने र नहुनेको अर्थात् सम्पन्न र विपन्नको दूरी कहिल्यै समाप्त हुने देखिँदैन । पसल र मलहरूमा सपिङ गर्नेहरूको भीड हेर्ने हो भने धनाढ्यहरूले भरिएको छ । तीजका चुरादेखि लिएर पहिरन गहना छोइनसक्नु महँगा छन् र पनि त खरिद गरेकै छन् । कसरी भन्ने नेपालीहरू गरिब छन् भनेर ? महँगीको कुरा उठाए पनि कसलाई लागू हुन्छ त्यो ? तिनै असहाय, विपन्न भनेर परिचय पाएकाहरूलाई ?
    त्यसैले त महँगीले आकाश छोए पनि, भ्रष्टाचारले धर्ती भासिए पनि धनाढ्य भनाउँदाहरूलाई रत्तिभर फरक पर्दैन । कुरा उठ्छ– अखाद्य वस्तु, रासायनिक तत्त्व प्रयोग भएका वस्तु बजारमा छ्याप्छ्याप्ती छन् भनेर । तिनै अखाध्य वस्तु भनेर चिनिने मिठाई पसलहरूमा गाडी चढेर खरिद गर्न जानेको भीड लाग्ने गर्छ । पसलेलाई रत्तिभर डर छैन र उसले आफ्नो व्यापार कायम राख्न शुद्ध खाद्यवस्तु उत्पादन गर्न जरुरी नै छैन किनकि हामी धनाढ्यहरूले जति अखाद्य भए पनि खरिद गरेकै छौं ।
    बरु पसलेले तीजको एकदुई दिनअगाडि नै सामान सकिएर उत्पादन गर्न नसकिने जानकारी दिएका हुन्छन् । हामीलाई त्यति पनि विवेक छैन, जे मन लग्यो किन्यो खायो, खुवायो, बाँड्यो र बिरामी भएर बस्यो । त्यसैले त सुन्दै नसुनेका रोगहरूका सिकार बन्न पुगेका छौं हामी । जति समावेशी र समानता अनि गुणस्तरका कुरा गरे पनि ऐनमौकामा ती भाषणले सार्थकता पाएका छैनन् ।
    फजुल खर्च जोगाएर पीडित, असहायको सेवामा लाग्ने भन्दा देखावटी र भड्किलो जीवन जिउनेहरूको संख्या बढी छ । संस्कार र पर्वका नाममा आफ्नो पहिचानलाई आँच पुग्ने गरी पूरै परिवर्तित र आधुनिक बनाउँदै छौं हामी । दुईचार वर्षयता यो पर्वको रौनकता कसरी बढेको छ भने यही गतिमा यसले निरन्तरता पाउन थाल्यो भने पर्वको रूपमा नरही फेसनको रूपमा, आधुनिकताको रूपमा परिवर्तन होला र यसको मौलिक र भावनात्मक महत्त्व हराएर तडकभडक र भौतिकतामा परिणत नहोला भन्न सकिन्न ।
    सामाजिक, राजनीतिक संघसंस्थाबीच अनुकरणीय रूपमा प्रतिस्पर्धाकै रूपमा, आफ्नो संस्थाको महत्त्वपूर्ण जिम्मेवारी र कामको रूपमा यो पर्वले अग्र स्थान लिन सफल भएको छ । नारीको सम्मान र चाडपर्वलाई महत्त्वका साथ निरन्तरता दिनु कदापि नराम्रो पक्ष होइन, तर यसको प्रतिस्पर्धा र एउटा संस्था र अर्को संस्थाबीचको अनुकरण गर्ने शैली बढेको देख्दा तीज पर्व मनाउनुको औचित्य सामाजिक, व्यावहारिक, सिर्जनामूलक, चेतनामूलक नभईकन अनुकरणीय बनेको महसुस हुन्छ ।
    आफ्नै सामाजिक, धार्मिक अनि भावनात्मक महत्त्व रहेको नारीहरूको पर्वलाई जोडेर व्यावसायिक फाइदा लिन खोज्नु र राजनीतिक तहसँग जोड्न खोजिनु कत्तिको सान्दर्भिक र व्यावहारिक हुन्छ ?
    यहाँनेर तीज पर्वको महत्त्व र औचित्यलाई आफ्नै ठाउँमा राखी यो पर्व मनाउने प्रक्रिया हेर्दा आफ्नै सामाजिक, धार्मिक अनि भावनात्मक महत्त्व रहेको नारीहरूको पर्वलाई जोडेर व्यावसायिक फाइदा लिन खोज्नु, राजनीतिक तहसँग जोड्न खोजिनु कत्तिको सान्दर्भिक र व्यावहारिक हुन्छ, हामी सबैले बुझ्नुपर्ने र सोच्नुपर्ने बेला आएको छ ।
    त्यसै पनि अड्कल लगाउन सकिन्छ– तीज धनाढ्यको लागि दर र विपन्नका लागि डर बनेर प्रस्तुत भएको छ । मुलुकमा यति धेरै पीडित पक्ष छन्, कोही भूकम्पपीडित त कोही बाढीपहिरोपीडित । कसैको टाउको लुकाउने वास छैन त कसैसँग सिटामोल खाने दुई पैसा छैन, तर यही समाजमा मोटो रकम खर्च गरी भोजभतेर गर्नेको पनि कमी छैन ।
    आजभोलि राजधानीका महिला र विभिन्न संघसंस्थासँग आबद्ध महिलाबाट सुन्ने गरिन्छ- एक महिना अगाडिदेखिको दैनिक दर खुवाइले तौल बढेको छ । यही समाजमा छन् दुई छाक पेटभरि नपाउनेहरू । अनि सुनिन्छ, तीज सकिएपछि जिम जानुपर्ला र तौल घटाउनुपर्ला ।
    जीवन आफ्नो हो जसरी जिए पनि हुन्छ र धन आफ्नो हो जसरी खर्च गरेपनि हुन्छ त्यस्तै पर्व आफ्नै हो जसरी मनाए पनि हुन्छ, तर जति सैद्धान्तिक कुरा हामी बाहिर गर्छौं त्यति व्यावहारिक छैनौं कि ? सोचनीय छ । अझ मुलुकको ढुकुटीबाट जाने यस्ता रकम विल्कुल हुनेखाने र पहुँचवाला सीमित व्यक्तिको लागि फजुल खर्च नगरी ती विपन्न जनताको गाँस, वास र औषधिमूलोमा लगाउन सकिन्न र ?

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, भदौ १९, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.