×
सोमबार, भदौ २९, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ११ सयले घट्याे
  • ११ घण्टा अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १३ घण्टा अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • १३ घण्टा अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • १ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • १ दिन अघि

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • १ दिन अघि

सुन ताेलामा १२ सयले बढ्याे
  • १ दिन अघि

बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)
  • २ दिन अघि

नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ दिन अघि

पुनःसंरचना प्रतिवेदन आयोगमा पेश

  •  
  • शुक्रबार, भदौ १७, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    कैलासबावु श्रेष्ठ/गोरखा
    भाद्र १७ गते । स्थानीय तह पुनसंरचना प्राबिधिक सहयोग समिति गोरखाले गोरखाको पुनसंरचना सम्बन्धी सुझाव सहितको प्रतिवेदन आयोगमा बिहीबार पेश गरेको छ ।
    समितिका संयोजक स्थानीय विकास अधिकारी नारायण प्रसाद आचार्यले जिल्लामा तयार पारीएको प्रतिवेदन आयोगका बालानन्द शर्मा पौडेललाई राजधानीमा बुझाइएको अधिकारी आचार्यले जानकारी दिए ।
    आयोगले प्रतिबेदन बुझाउन दिएको समय सिमा अनुसार पुनसंरचनाका क्रममा जिललामा हुने इकाइका बारेमा दलहरु साझा सहमतिमा पुग्न नसकेपछि यसअघि साउन मसान्तभित्र बुझाउन तयार गरेको खाका नै पेश गरेको आचार्यले बताए । इलाका नम्बर १२ र १३ बाट आएको सुझाब र नेपाल बराम संघले दिएको सुझावलाई नोट अफ डिसेन्टमा टिप्पणीको रुपमा उल्लेख गरी प्रतिवेदन बुझाइएको जानकारी समेत दिए ।
    आयोगमा बुझाइएको प्रतिबेदनमा राज्य पुनः संरचना अन्तरर्गत गोरखामा ६ गाउँपालीका र २ नगरपालीकाको सिमाङकनको प्रस्ताव गरिएको छ । स्थानीय तह पुनर्संरचना प्राविधिक सहयोग समितिले जिल्लाका दुई नगरपालीकामा मिमेकी केही गाविस थप्ने प्रस्ताव गरेको छ । प्रस्तावित खाका अनुसार गोरखा नगरपालीकामा ताप्ले, बुंकोट, बक्राङ र देउराली गाविसलाई समावेश गरीने भएको छ ।
    अब बन्ने नगरपालीकामा कम्तीमा पनि ४५ हजार जन संख्या हुनुपर्ने भएकाले आसपासका गाविस समावेश गर्नु पर्ने प्राविधिक सहयोग समितिले सिफारीस गरेको हो । यि गाविस थप गर्दा गोरखा नगरपालीकाको जनसंख्या ५८ हजार पुग्ने छ ।
    यस्तै पालुङटार नगरपालीकामा पनि आसपासका थप ५ गाविस गाभ्ने प्रस्तावमा उल्लेख छ । हर्मी, छोप्राक, खोप्लाङ, धुवाँकोट र मिरकोट गाविस पालुङ्गटारमा गाभ्ने प्रस्ताव गरिएको हो । यसपछि नगरपालीकाको जनसंख्या ४७ हजार पुग्ने देखिएको छ ।
    राज्य पुनर्संरचना अन्तर्गतको केन्द्रिय आयोगले दिएको मापदण्ड अनुसार गोरखाका ६० गाविसलाई ६ गाउँपालीकामा विभाजन गरिएको छ । समितिले मनकामना र आसपासका ९ गाविस समेटेर माई मनकामना गाउँपालीका बनाउने प्रस्ताव गरेको छ । जसमा ताक्लुङ, घैरुङ, नामजुङ, फुजेल, ताङलीचोक, मकैसिङ, भूम्लीचोक, दरबुङ र घ्याल्चोक गाविस समावेश गरिने छ । सो गाउँपालीकाको केन्द्र मनकामनालाई प्रस्ताव गरिएको छ ।
    यस्तै बगुुवा केन्द्र रहने गरि भिमसेन गाउँपालीका प्रस्ताव गरिएको छ । जसमा वरपरका पाँचखुवा देउराली, पन्द्रुङ, मसेल, अश्राङ, बोर्लाङ, धावा र तान्द्राङ गाविस रहनेछन् । सो गाउँपालीकाको केन्द्र वगुवाको लामाचौरलाई प्रस्ताव गरिएको छ । यस्तै सौरपानीलाई केन्द्र बनाएर राङरुङ गाउँपालीका बनाउन प्राविधिक सहयोग समितिले प्रस्ताव गरेको छ । जसमा ताकुकोट, ताकुमाझ लाकुरीबोट, लाप्राक, वारपाक, स्वाँरा र ताकुकोट गाविस रहनेछन् ।

    गोरखा क्षेत्र नम्वर २ अन्तर्गतको उत्तरी १० गाविस मिलाएर अजिरकोट गाउँपालीका बनाइने भएको छ । जसमा गाँखु, श्रीनाथकोट, जौवारी, मुच्चोक, सिम्जुङ, थालाजुङ, केरावारी, हंसपुर, खरिबोट र घ्याच्चोक गाविस समेटिनेछन् । सो गाउँपालीकाको केन्द्र हंसपुरको भच्चेक प्रस्ताव गरिएको छ ।
    अर्को गाउँपालीका जिल्लाको उत्तरी ७ सहित अरु दुई गाविस समेटेर बनाइने छ । जसमा सामागाउँ, ल्हो, प्रोक, बिही, चुम्चेत, छेकम्पार, सिर्दिवास, केरौंजा र उहीया गाविस रहनेछन् । मनासलु नाम दिइएको सो गाउँपालीकाको केन्द्र सिर्दिवासको फिलिममा रहने प्रस्ताव छ । जिल्लाको आरुघाट क्षेत्रका ८ गाविस मिलाएर आरुघाट गाउँपालीका बनाउने प्राविधिक सहयोग समितिको प्रस्ताव छ । जसमा आरुचनौटे सहित आरुपोखरी, आरुअर्वाङ, थूमी, मान्बु, काशीगाउँ, गुम्दा र लापू गाविस रहनेछन् । सो गाउँपालीकाको केन्द्र थूमीको आर्खेत रहने बताइएको छ ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, भदौ १७, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
    गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ११ सयले घट्याे

    • २. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    • ४. शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु

    • ५. गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते

    • ६. रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते

    • ७. सुन ताेलामा १२ सयले बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ३. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.