×
सोमबार, भदौ २९, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ११ सयले घट्याे
  • १० घण्टा अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १३ घण्टा अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • १३ घण्टा अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • १ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • १ दिन अघि

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • १ दिन अघि

सुन ताेलामा १२ सयले बढ्याे
  • १ दिन अघि

बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ दिन अघि

गंगामायाले स्वास्थ्यमन्त्रीलाई भनिन्- सक्नुहुन्छ भने मेरो छोरा मार्नेलाई कानुनी दायरामा ल्याइदिनुस्

  •  
  • बिहिबार, भदौ १६, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    भाद्र १६, २०७३- वीर अस्पतालको निरीक्षणमा गएका स्वास्थ्य मन्त्री गगन थापाले अस्पतालमा अनशनरत गंगामाया अधिकारीलाई पनि भेटेका छन् । बिहीबार अस्पताल निरीक्षणको लागि पुगेका स्वास्थ्य मन्त्री थापाले आइसियुमा नै अनशनरत अधिकारीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

    मन्त्री थापाले आयसियुमा छिरेपछि गंगामायाको अवस्थाबारे उपचारमा संलग्न डाक्टरहरुसँग जानकारी लिएका थिए । मन्त्री थापाले जानकारी लिएपछि डाक्टरहरुले गंगामायालाई गगन थापाको परिचय दिँदै स्वास्थ्यमन्त्री ज्यूलाई केही भन्नु छ? भनेर सोधेका थिए ।

    त्यसको प्रतिउत्तरमा अधिकारीले भनिन्, ‘आफ्नो  छोराको अपराधीलाई कारबाही गरिदिनुस् भने, तर पनि पाँच वर्ष भइसक्यो कारबाही भएको छैन । तर अहिलेसम्म न्याय पाइएको छैन । न्यायको भीख माग्दा माग्दै श्रीमान वित्नु भयो ।’

    गंगामायाले आफ्नो छोराको हत्यामा संलग्न छ जना रहेको र तिनीहरुलाई कानुनी दायरामा ल्याएर कारबाही गर्न माग गरिन् । उनले भनिन्, ‘छ जना छन् मेरो छोरा मार्ने ती अपराधीलाई कानुनी दायरमा ल्याउन सक्नुहुन्छ भने ल्याइदिनुहोस् । सक्नुहुन्न भने मलै ओढेको कात्रो बेर्न दिनुहोस् । मैले त्यति भन्न बाँकी छ । अरु मेरो भन्नु केही पनि छैन । अरु भन्न पनि सक्दिनँ । छोरालाई कन्चटमा गोली हाने । छोरालाई गोली हानेको भन्दा पनि मलाई ओछ्यानको फाँसी लागेको छ । यस्तोमा त प्रधानमन्त्रीको नजर लाग्दैन भने तपाइँ हामी जस्तोको के हाल होला ?’

    गंगामायासँगको भेटमा मन्त्री थापाले आज बस्ने मन्त्रीपरिषद्को बैठकमा कुरा उठाउने बताए । ‘ठिक छ,’ उनले हात थम्थमाउँदै भने, ‘संयोग आज नै छलफल/बैठक (क्याविनेटको) छ आज नै म प्रधानमन्त्रीकोमा यो कुरा पुर्‍याउँछु । र, फेरि पछि आउँछु ।’

    आइसियुमा गंगामायालाई भेटेपछि मन्त्री थापाले अस्पतालको क्यान्सर वार्ड र जेनेटेकी ल्याबको समेत निरीक्षण गरेका छन् । उनले त्यसक्रममा एक वर्षदेखि विग्रिएको क्यान्सर रेडियसनका विषयमा समेत जानकारी लिँदै बनाउन निर्देशन दिएका छन् ।

    तस्बिरहरु: अंगद ढकाल

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, भदौ १६, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ११ सयले घट्याे
    नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ११ सयले घट्याे

    • २. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    • ४. शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु

    • ५. गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते

    • ६. रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते

    • ७. सुन ताेलामा १२ सयले बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ३. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.