×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ४ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ७ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १० घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १० घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

‘धार्मिक राजा चाहिन्छ भन्ने माग गलत छैन’

  •  
  • आइतबार, भदौ १२, २०७३ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    लोकेन्द्रबहादुर चन्द, नेता, राप्रपा

    राप्रपा र राप्रपा नेपालबीच साउनको अन्तिम साता झन्डैझन्डै पार्टी एकीकरण भएको थियो । यो अभियानमा पार्टी नेता लोकेन्द्रबहादुर चन्दको मुख्य भूमिका रहेको राप्रपाका नेताहरूको मूल्यँकन छ । चन्दले पशुपतिशमशेर राणालाई पार्टी नेतृत्व हस्तान्तरण गरेलगत्तै यो अभियान भाँडियो ।
    एकता अभियान भाँडिए पनि पार्टी नेता चन्दलगायत चार दर्जन उक्त पार्टीका केन्द्रीय सदस्य त्यसलाई पूर्णता दिन नेतृत्वलाई दबाब दिने अभियानमा जुटेका छन् । यही सेरोफेरो र मुलुकको समसामयिक राजनीतिका विषयमा अन्नपूर्ण पोस्ट्का चिरञ्जीवी ढुंगाना र बालकुमार नेपालले चन्दसँग गरेको कुराकानी ।
    तपाईं अध्यक्ष हुँदा राप्रपा नेपालसँग एकीकरण अभियान अगाडि बढेको थियो । तर तपाईंले नेतृत्व हस्तान्तरण गर्नेबित्तिकै त्यो किन भाँडियो नि ?
    – किन भाँडियो कारणचाहिँ थाहा भएन । हामी एकताकै पक्षमा छौं । अन्तरिम विधानमा केही कुरा संशोधन हुनुपर्‌यो भनेर मसँग कुरा भइरहेको छ । छलफल त पछि पनि गर्न सकिन्थ्यो । त्यो त अन्तरिम विधानको मस्यौदामात्र थियो । त्यो अन्तरिम विधानमा दुवै केन्द्रीय समिति बसेर पारित गरेपछि निर्वाचन आयोगमा पठाउने हो ।
    त्यसपछिमात्र संशोधन हुन नसक्ने हो । तर त्यो बीचमा त जुनसुकै बेला पनि संशोधन हुन सक्थ्यो । यसका लागि एकीकरण प्रक्रियालाई रोक्नुपर्ने थिएन । संशोधन होस्, एकताका पक्षमा नै छौं भनेर कुरा भइरहेको छ । तर एक्कासि के भएर एकीकरण रोकियो मैले पनि बुझ्नसकेको छैन ।
    यो एकता रोकिनुमा राप्रपातिरकै बढी दोष छ भन्ने सुनिन्छ नि ?
    – राप्रपामा सबैलाई समेट्नुपर्छ भनेर पनि केही ढिलाइ भएको होला । केही व्यक्तिको एकता गर्ने भित्री मनसाय थिएन । पशुपतिजीले उनीहरूलाई लिइहालौं, किन बाहिर जान दिऊँ भन्ने मनसाय लिएको पनि हुनसक्छ । त्यसको अन्तिम कुरा मकहाँ बसेर भएको हो । एक्कासि किन रोकियो मलाईचाहिँ थाहा छैन ।
    एकता भाँडिनुमा भित्री मनसायको कुरा गर्नुभयो । बाह्य चलखेलचाहिँ भयो कि भएन ?
    – बाहिरी चलखेलका कुनै प्रामाणिक कुरा छैनन् । त्यस्ता कुरा बिनाआधार बोल्नु हुँदैन । अरेका कुरा त अनेक हुन्छन् तर तिनका पछि लाग्नु हुँदैन ।
    एकीकरण रोक्नमा कोही न कोही त जिम्मेवार होलान् नि ?
    -एकीकरण रोकिएर राम्रो भएन । तर अब रोकिइहाल्यो, के गर्नु र ? हामी केही साथी मिलेर यो एकताप्रक्रिया अगाडि बढाउने पक्षमा छौं ।
    तपाईंहरू एकीकरण अभियानमा हुनुहुन्छ तर तपाईंहरूले पार्टी अध्यक्षलाई बुझाएको ज्ञापनपत्रमा केन्द्रीय सदस्यको हस्ताक्षर संख्या हेर्दा त तपाईंहरू अल्पमतमा पर्नुभयो रे नि ?
    – एकीकरणको कुरा कार्यसमितिले सर्वसम्मत पास गरिसकेको छ । कार्यसमितिले आधारपत्र र एकता गर्नुपर्छ भन्ने प्रस्ताव पास गरिसकेपछि अल्पमत र बहुमतको कुरा हुँदैन । कार्यसमितिले फेरि बैठक बोलाएर एकता गर्नु हुँदैन भनेर निर्णय नगरेसम्म अल्पमत र बहुमतको कुरा नै हुँदैन । साथीहरू धेरैजना बाहिर पनि हुनुहुन्छ । टाढा बस्नुहुन्छ । तर धेरैसँग कुरा पनि भइरहेको छ । दुईजनाले भए पनि सर्वसम्मत निर्णय कार्यान्वयन गर भन्दा हुन्छ । हामीले ज्ञापनपत्र दिएको भनेको केन्द्रीय समितिले एकताको निर्णय गरेको छ । त्यसलाई कार्यान्वयन गर्नुस् भनेरमात्र हो ।
    एकता अचानक रोकिनुमा राप्रपा नेतृत्व कति जिम्मेवार छ ?
    – रोकिनु हुने थिएन, रोकियो । हामी जुन भूमिकामा छौं यसको गल्ती उसको गल्ती भनेर जाने ठाँउ छैन । यो जनता कार्यकर्ताले छुट्ट्याउने कुरा हो । मिलाउने भनेर अगाडि बढेपछि यो दोषी, त्यो दोषी भन्नेतिर म जान चाहन्नँ ।
    एकताको निर्णय सामूहिक भयो तर व्यक्तिले कार्यान्वयन गरिदिएनन् नि ?
    – हाम्रो पार्टीको केन्द्रीय कार्यसमितिले यही दिन एकीकरण गर त भनेको छैन । खाली एकीकरण गर्ने निर्णयमात्र गरेको हो । यही दिन एकीकरण गर्ने भनेर मिति नतोकेकाले एकीकरण गर्ने ठाउँ अझै खाली छ । जुन दिनसम्म केन्द्रीय कार्यसमिति बसेर एकीकरण नगर्ने भनेर निर्णय हुँदैन त्यस दिनसम्म एकताको सम्भावना रहिरहन्छ ।
    राप्रपा सरकारमा छ । एकता गर्ने अर्को पक्ष सरकारको विपक्षमा छ । अनि सैद्धान्तिक रूपमा नै भिन्न भएको पार्टीबीच कसरी एकता हुन्छ ?
    – सैद्धान्तिक भिन्नताचाहिँ होइन । व्याववहारिक कठिनाइ हो । त्यो पनि एउटा कठिनाइ छ । त्यो पनि नहोस् भन्ने सोचाइ हामीले राखेको हो । तर गर्दागर्दै आइलाग्यो । यसलाई कसरी सल्टाउने भनेर दुवैतिरका साथीहरूसँग कुरा गरेर केही निस्कन्छ कि भन्ने आशा जीवितै छ । तर अहिलेको सबैभन्दा ठूलो व्यावहारिक कठिनाइ यो नै हो ।
    २५ गते एकता घोषणा गर्ने कार्यक्रम थियो तर राप्रपा २४ गते सरकारमा गयो । २६ गते गएको भए पनि हुन्थ्यो, यति हतारचाहिँ किन पर्‌यो ?
    – किन त्यसो भयो त्यो पनि मलाई थाहा छैन । एकतापछि सरकारमा पठाएको भए पनि हुनथ्यो । फेरि एकताप्रक्रियाका लागि आठ दस दिन पर्खनेसम्म पनि भनेको थियो । तर त्यस्तै भइपरी आयो ।
    पार्टीको निर्णय कार्यान्वयन नहुने सुरुआतचाहिँ कताबाट भयो ?
    – एकता नगर्ने, पार्टी निर्णय कार्यान्वयन नगर्ने भनेर कसैले पनि भनेको छैन ।
    तपाईंले पार्टी एकताको वातावरण बनाउनुभयो तर तपाईंहरूको पार्टीमा नेतृत्व फेरिएपछि त्यो वातावरण बिथोलिएको कुरा त स्वीकार गर्नुहुन्छ होला नि ?
    – त्यो कुरा त हो नै ।
    पार्टी एकीकरण नभएपछि विदेशीको चलखेलले काम गर्‌यो भनियो । ती को र कस्ता विदेशी हुन् ? त्यो चलखेलले नै नेपालमा पार्टी सिध्याउन पो खोजेको हो कि ?
    – यस्तो विषयमा अरेको कुरा नगरौं । मलाई थाहा छैन । थाहा भएको भए म भन्थें । म जहिले पनि हाम्रो आन्तरिक मामलामा बाहिरको हस्तक्षेप हुनु हुँदैन भन्ने मान्छे हुँ । त्यसैले थाहा पाएको भए म ती कुरा खोल्थें । तर अरेको भरमा भन्नु हुँदैन ।
    तपाईंले त धेरैपटक मुलुकको नेतृत्व गर्ने मौका पाउनुभएको छ । नेपालमा बाह्य हस्तक्षेपचाहिँ कत्तिको महसुस गर्नुभएको छ ?
    – बाह्य हस्तक्षेप हुनु हुँदैन । आज संसार नै एकजस्तो भएको छ । एकले अर्कोलाई सल्लाह सुझाव दिने, एकले अर्कोसँग आफ्ना कुराहरू राख्ने, स्वाभाविक जस्तो भएको छ । अब सुरक्षाका कुरा गर्दा चीनले पनि, भारतले पनि राख्छन् । तर हाम्रो आन्तरिक मामिलामा जतिजति बाह्य हस्तक्षेप हुन्छ त्यति त्यति यहाँ उनीहरूका विरुद्ध वातावरण बन्छ । मैले यो कुरालाई पार्टी एकताको सन्दर्भमा जोडेको भने होइन । हाम्रोमा एउटा समस्या छ, हामी आफैं हस्तक्षेप निम्त्याउँछौं ।
    कार्यकारी अध्यक्ष पनि राप्रपा नेपाललाई, चुनाव चिह्न पनि उसैलाई अनि एकता भएको भए टिक्थ्योजस्तो लाग्छ तपाईलाई ?
    – अहिले यस विषयमा गलत प्रचार भएको छ । राष्ट्रिय अध्यक्षको मर्यादा सबैभन्दा माथि हुन्छ । त्यो राष्ट्रिय अध्यक्ष आलंकारिक पनि होइन । कार्यसमितिले पास गरेको आधारपत्रमा राष्ट्रिय अध्यक्षको अध्यक्षतामा निर्देशन समिति बन्ने लेखेको छ । हरेक नीतिगत कुरा स्वीकृत गरेपछि मात्र अध्यक्षले लागू गर्ने व्यवस्था छ ।
    उताबाट राप्रपा नेपालको नाम दिनुस् भन्ने प्रस्ताव आएको थियो । त्यो हामीले मानेनौं । किनभने सबैभन्दा ठूलो कुरा नै नाम हो । राप्रपा नेपाल नाम राखेको भए त हामी विलय भएको जस्तो देखिन्थ्यो । उहाँहरू पनि राप्रपाबाट जानुभएकाले यो समस्या उहाँहरूलाई थिएन । चिह्न पनि हलो नै रहन्थ्यो । एउटा झन्डा चाहिँ उहाँहरूको राख्ने सहमति भएको हो ।
    भर्खरैमात्र चार दर्जन केन्द्रीय सदस्यले अध्यक्षलाई एकताका लागि ज्ञापनपत्र दिए । यसको अर्थचाहिँ के होला ?
    – मेरो कमलजी र पशुपतिजी दुवैसँग कुरा भइरहेको छ । कार्यसमितिले पास गरेको कुरा कार्यान्वयन हुनुपर्छ भनेका छौं ।
    पुष्पकमल दाहालको नेतृत्वमा तपाईंहरू पनि सरकारमा सहभागी हुनुभएको छ । यो नेतृत्व कत्तिको भरलाग्दो लाग्छ ?
    – विश्वास भन्ने कुरा बडो गाह्रो पर्दै गएको छ । दाहालजीमात्र होइन, अरू पनि कसलाई विश्वास गर्ने ? राजनीतिमा हामी सबै बिहान एउटा बेलुका अर्को कुरा गर्छौं । अब कसको के कुरा पत्याउने ? पार्टीहरूको नेतृत्वलाई कति पत्याउने भन्ने प्रश्न उठ्दै गएको छ । यसमा म कुनै एउटा व्यक्तिलाई भन्दिनँ, वातावरण नै यस्तो भएको छ ।
    वामपन्थी र दक्षिणपन्थी शक्तिबीच एकता र सहकार्यचाहिँ कसरी जन्मियो ?
    – यो सुविधाको विषय हो । यसैका लागि गठबन्धन हो । यो सत्तामा जानका लागि नै हो । यो पनि एउटा प्रयोग हो । सफल भयो भने बहुत राम्रो ।
    तपाईंहरूसहित सहभागी सरकारले पहिलो काम महेन्द्र मञ्जिलमा बत्तीको लाइन काटेर पो सुरु गर्‌यो त ?
    – मैले त्यो कामको विरोध गरेको छु । त्यसको विरोधमा ट्विट नै गरे । त्यो एकदम गलत काम भयो । फेरि सरकार र दरबारबीच सहमति नै भएको हो । फेरि व्यक्तिगत रूपमा पनि उहाँप्रति सबै आस्थावान् र श्रद्धावान् छन् । यो बेला यस्तो काम गर्नु हुँदैनथ्यो सरकारले ।
    कट्टर गणतन्त्रवादी, संघीयता र धर्मनिरपेक्षताको पक्षधरसँग मिलेर राजावादी, हिन्दुवादी राप्रपा कसरी सरकारमा गयो ?
    – अहिले मैले सिद्धान्त भन्ने कुरा कतै देखेको छैन । नेपालका कम्युनिस्टहरू साँच्चै कम्युनिस्ट हुन् त ? के कांग्रेस समाजवादी हो त ? यस विषयमा म बहस गर्न तयार छु । सिद्धान्त केही होइन । अहिले सुविधा नै यो भएको छ । सिद्धान्तका कसैलाई कुनै बन्धन छैन । अहिले सिद्धान्त सत्तासँग साटिएको छ ।
    त्यसो भए राप्रपाभित्रको झगडा पनि नेतृत्वमा नै हो त ?
    – नेतृत्वमा होइन । यो समझादरीको कुरा हो त्यो हामी कायम गर्ने प्रयासमा छौं ।
    एकथरी मानिसहरूचाहिँ ०४७ सालको संविधान पुनस्र्थापना गर्नुपर्छ भनेर लागेका छन्, तपाईंलाई कस्तो लाग्छ ?
    – अहिले यता आएर केही कुरा पनि स्थिर हुनसकेको छैन । त्यही भएर यो कुरा उठेको छ । जता पनि अस्थिरता छ । केही कुराले पनि जनताको विश्वास आर्जन गर्नसकेको छैन । प्रजातन्त्रमा आधिकारको कुरा हो । आफूलाई लागेको कुरा उठाउँछन् ।
    पार्टीका शीर्ष नेताभन्दा बाहेक अरूले प्रजातन्त्र उपभोग गर्न पाएका छैनन्, यस्तो अवस्थामा राजतन्त्र स्थापनाको कति औचित्य देख्नुहुन्छ ?
    – जनताले चाहे भने जहाँ पनि जे पनि हुनसक्छ । जुन देशका जनताले जे चाह्यो त्यो हुनसक्छ ।
    धार्मिक राजा भए पनि चाहिन्छ भनेर माग उठिरहेको छ नि ?
    – त्यसलाई म गलत भन्दिनँ । किनकि त्यसको पछाडि पनि तर्कहरू छन् । यी तर्क पक्षविपक्षमा दुवैका हुन सक्छन् ।
    अहिलेको सरकारका बारेमा तपाईंको धारणा के हो ? यो सरकार टिकाउ होला त ?
    – बहुमत भएपछि त टिकाउ हुने नै भयो । प्रशासनिक राजनीतिक काम पनि यसले गर्ला तर संविधानलाई यसले अहिले छुन सक्दैन । त्यसैले संशोधनको विषय काठन छ । किनकि यसका लागि दुईतिहाइ चाहिन्छ । यसले तोकेको अवधिसम्म त टिक्ला नै । तर यो सरकारले ठूलो परिवर्तन ल्याउन सक्दैन ।
    तीन तहको निर्वाचनको गृहकार्य कसरी भइरहेको छ ?
    – पहिला प्रदेश बन्नुपर्‌यो नि ।
    तपाईं नेपालको राजनीतिमा जेन्टलम्यानका रूपमा चिनिनुहुन्छ । मुलुकलाई निकास दिन केही गृहकार्य गर्नुभएको छ ?
    – म के नै गर्न सक्छु र ? तर मेरो चाहनाचाहिँ यहाँ शान्ति होस्, एउटा राम्रो वातावरण होस् भन्ने छ । जनताको विश्वास आर्जन गर्नसक्ने राजनीति होस् भन्नेचाहिँ छ ।
    पूर्वराजासँग यहाँको भेट, विचारविमर्शचाहिँ कतिको हुने गरेको छ ?
    – हिजोआज धेरै भयो भेट नभएको । लगभग एक वर्षभन्दा बढी भइसक्यो भेट नभएको ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, भदौ १२, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा
    शायद गाउँ सुनसान भएछ !
    हिउँपात हुँदाको एक बिहान
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.