×
सोमबार, भदौ २९, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ११ सयले घट्याे
  • ८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ११ घण्टा अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • ११ घण्टा अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • १ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • १ दिन अघि

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • १ दिन अघि

सुन ताेलामा १२ सयले बढ्याे
  • १ दिन अघि

बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

पक्राउ परेका कालोबजारीलाई छुटाउन बजार बन्द

  •  
  • बिहिबार, भदौ ०९, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    किरण लोहनी/उज्यालो ।

    गोरखा, भदौ ९ – कालोबजारी गरेर मल बेचेको अभियोगमा प्रहरीले पक्राउ गरेका व्यवसायीलाई छुटाउन माग गर्दै गोरखा उद्योग बाणिज्य संघले बजार बन्द गराएको छ । बजार अनुगमनका क्रममा सदरमुकाम गोरखा बजराका ३ व्यवसायीले किसानलाई सरकारले अनुदानमा उपलब्ध गराएको मल आफ्नो पसलबाट बेचेको भेटिएको थियो ।

    त्यस्तो मल जिल्ला कृषि विकास कार्यालयमा सूचीकृत भएका कृषि सहकारीबाट मात्रै बेच्नु पर्ने व्यवस्था छ । तर उनीहरुले अवैध रुपमा कालोबजारी गरेर मल बेचेको पाइएको अनुगमन टोलीको संयोजन गरेका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताउनुभयो ।

    पर्याप्त आधार देखिएपछि मल कालोबजारी गरेर बेच्ने गोरखाका ३ पसलेविरुद्ध स्थानीय प्रशासनले मुद्दा चलाउने तयारी गरेको छ । त्यस्तो तयारी भएपछि गोरखा उद्योग बाणिज्य संघले वजार बन्द गराएको हो ।

    संघका पदाधिकारी पसल बन्द गराउन आह्वान गर्दै माइकिङ गरेर हिँडेका थिए । उनीहरुले सार्वजनिक यातायात बन्द गराइदिन जिल्लाका दुई यातायात व्यवसायी समितिलाई अनुरोध गरेका छन् । तर सार्वजनिक बस सेवा भने चलिरहेको छ । पक्राउ परेका व्यवसायीलाई  कालोबजारी तथा केही सामाजिक अपराध ऐन २०३२ अन्तर्गत मुद्दा चलाउने तयारी गरिएको सहायक प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दिनुभयो ।

    पक्राउ परेका व्यवसायीलाई बिनाशर्त रिहा गरिदिन माग गर्दै गोरखा उद्योग बाणिज्य संघका पदाधिकारीले बुधबार प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएका छन् । जिल्ला प्रशासन कार्यालय पुगेर उनीहरुले सकेसम्म लचिलो उपाय अपनाएर भएपनि उनीहरुलाई रिहा गर्न भनेका थिए ।

    प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले भने व्यवसायीहरु अनुसन्धानको क्रममा रहेको भन्दै कसुर देखिए कानुन अनुसार कारवाही गर्ने बताउनुभयो । किसानलाई सरकारले अनुदानमा उपलब्ध गराएको रासायनिक मल पसलबाट बिक्री गरेको पाइएपछि उनीहरुलाई बुधबार प्रहरीले पक्राउ गरेको थियो ।

    पक्राउ परेका व्यवसायीहरु अनु श्रेष्ठ, रामशरण कोइराला र इश्वर श्रेष्ठ विरुद्ध मुद्दा दर्ता गरी थप अनुसन्धान गरिने सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताउनुभयो । बुधबार भएको बजार अनुगमनका क्रममा साल्ट ट्रेडिङबाट बिक्री  गरिने युरिया मल र कृषि सामग्री कम्पनीबाट सहकारी मार्फत बिक्री गरिने डिएपी उनीहरुका एग्रोभेट तथा किराना पसलबाट बेचेको पाइएको थियो ।

    सहकारी संस्थाबाहेक अन्यत्रबाट बेच्न नपाउने अनुदानको मल गैरकानूनी रुपमा बेचेका गोरखा शक्तिचोकको अनिता एग्रोभेटका रामशरण कोइराला, हरमटारीको विशाल किराना स्टोर्सका अनु श्रेष्ठ र चाइनिजधाराको श्रेष्ठ किराना स्टोर्सका इश्वर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो ।

    आफूले बेच्नु पर्ने मल बेचबिखनको जिम्मा दिने गोरखा नगरपालीका वडा नम्बर ५ को आदर्श बचत तथा ऋण सहकारी संस्था लिमीटेड, बुंकोटको बाह्रबिसे मिलन कृषि सहकारी संस्था लिमीटेड र बुङकोटकै पञ्चकन्या कृषि सहकारी संस्था लिमीटेडका सञ्चालकलाई पनि सोधपुछका लागि झिकाइने उहाँले बताउनुभयो । तीनवटै पसलबाट फरक फरक मुल्यमा  अवैध रुपमा मल बिक्री गरेको बिल पनि प्रसासनले बरामद गरेको छ ।

    व्यवसायीको हकहीतमा गठन भएको उद्योग बाणिज्य संघलेनै बजार बन्द गराएको भन्दै केही व्यवसायी आक्रोशित भएका छन् । जिल्लामा यसअघि कुनै राजनीतिक दल वा संघसंगठनले बन्द गर्दा संघले विज्ञप्तिनै निकालेर विरोध गर्ने गरेको थियो । तर अहिले भने उसकै आह्वानमा बजार बन्द भएको हो ।

    ujyaaloonline

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, भदौ ०९, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ११ सयले घट्याे
    नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ११ सयले घट्याे

    • २. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    • ४. शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु

    • ५. गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते

    • ६. रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते

    • ७. सुन ताेलामा १२ सयले बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ३. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.