×
सोमबार, भदौ २९, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ११ सयले घट्याे
  • ८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १० घण्टा अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • १० घण्टा अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • १ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • १ दिन अघि

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • १ दिन अघि

सुन ताेलामा १२ सयले बढ्याे
  • १ दिन अघि

बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

सरकारी अनुदानको सहकारीले बेच्नु पर्ने मल ब्यापारीको गोदामबाट बरामद

  •  
  • बुधबार, भदौ ०८, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    कैलासबावु श्रेष्ठ/गोरखा
    भाद्र ८ गते । गोरखा जिल्लाको किसानको लागि नेपाल सरकारबाट प्राप्त अनुदानको मल गोरखा सदरमुकामको ब्यापारीका गोदाम बाट खुल्मखुल्ला बिक्री भएको बर्षो पछि प्रशासनले हिजो ३ जना ब्यापारीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।
    किसानले मल नपाएको र पाए पनि महगों भएको भन्दै गुनासा आउन थाले पछि मंगलबार मात्रै संयुक्त बजार अनुगमन टोलीले गोरखा बजारको शक्ति चोकमा रहेको अनिता एग्रो भेट, कालीमाटी बजारमा रहेको बिशाल न्यू किराना स्टोर्स र खोलखोलेमा रहेको श्रेष्ठ किराना स्टोर्समा छापा मारेको थियो ।
    टोलीले छापामा मार्दा सरकारी अनुदानको मल ब्यापारीको गोदाममा फेला पारे लगत्तै सबै गोदामलाई सिल गरेको छ भने त्यसका संञ्चालनक गोरखा नगरपालिका ३ शक्तिचोक निवासी रामशरण कोइराला, गोनपा ३ कालिमाटी निवासी दिपक (अनु) श्रेष्ठ र गोनपा ६ खोलखोले निवासी ईश्वर कुमार श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
    नियन्त्रणमा लिएका सबै ब्यापारीलाई आज म्याद थप गरी थप अनुसन्धान गरीने जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ । ब्यापारीको गोदाममा साल्ट ट्रेनिङ्ग बाट ल्याइएको यूरिया र कृषी सामाग्री कम्पनीबाट ल्याइएको डिएपी मल अनुगमन टोलीले फेला पारेको थियो ।
    कुल ३ सय ६४ बोरा मल मध्ये अनिता एग्रोभेट शक्तिचोकमा १ सय ९५ बोरा, बिशाल न्यू किराना स्टोसको गोदाममा ७९ बोरा र श्रेष्ठ किरानामा ५० बोरा मल फेला परेको अनुगम टोलीका प्रमुख सहायक प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माले बताए ।
    बिगत लामो सयम देखी सहकारीको नाम बाट अनुदानको मल बिक्री गर्दै आएका गोरखाका ब्यापारीहरुको गुनासो धेरै आउन थाले पछि अनुगमन टोलीले गोदाममा नै छापा मारी सिल बन्दी गरीदिएको हो ।
    अनुदानको यूरीया मल १ हजार ९ सय ७४ रुपैयाँ पर्ने भएता पनि नेपाल सरसकारले १ हजार ७४ रुपैयाँ अनुदान दिएर ब्यापारी भन्दा गाउँको सहकारी मार्फत बिक्री बितरण गर्ने नियम बनाएको थियो । त्यस्तै गरी डिएपी मललाई २ हजार ४१ रुपैयाँ पर्ने र सरकारले १ हजार १ सय ४१ रुपैयाँ अनुदान दिएको छ ।
    अनुगमन टोलीले ३ वटै पसलबाट मल बिक्री गरेको बिल समेत बरामद गरेको छ । ब्यापारीले १ हजार २ सय रुपैयाँ सम्म मल बिक्री गरेको प्रमाण फेला पारेको छ । नियन्त्रणमा लिएको सबै ब्यापारीलाई कालो बजारी तथा केही सामाजिक अपराध ऐन २०३२ अन्तरर्गत मुद्वा चलाउने तयारी भएको अनुगम प्रमुख शर्माले जानकारी दिए ।
    गोरखा जिल्ला भित्र मात्रै कारोबार गर्ने गरी जिल्लाका २३ वटा सहरकारी संस्थाहरुले इजाजत लिएको जिल्ला कृषी बिकास कार्यालय गोरखाले जानकारी दिएको छ ।
    जिल्ला मद खाद आपुती तथा वितरण ब्यवस्थापन समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारीको अध्यक्षमा भएको बैठकले अनुदानको मल ल्याउन र बिक्रीगर्न अनुमती पाएको भएता पनि सबै सहकारीले कारोबार नगरेको र गरेकाले पनि गैरकानूनी काम गरेको पाइए कालो सुचीमा राख्ने वा अब देखी अनुमती नदिन सकिने जिल्ला कृषी बिकास कार्यालयले जानकारी गराएको छ ।
    जिल्लामा कुन कुन सहकारी संस्थाले पायो त इजाजत
    १) लोक कल्याण कृषी सहकारी संस्था घ्याल्चोक ५
    २) बाह््बिसे मिलन कृषी सहकारी संस्था बुंकोट २
    ३) कृषक एकता कृषी सहकारी संस्था आरुआरबाङ्ग ९
    ४) आर्दश बचत तथा ऋण सहकारी संस्था गोनपा ५
    ५) जिल्ला उपभोत्ता सहकारी संघ लि.गोनपा ५
    ६) चन्द्र ज्योति दुग्ध सहकारी संस्था गोनपा १०
    ७) सामुहिक कृषी सहकारी संस्था घ्याल्चोक ९
    ८) गाईखुर उपभोत्ता सहकारी संस्था गाईखुर १
    ९) गोरखाकाली बहुउदेश्य सहकारी संस्था पानपा १
    १०) श्री पालुङ्गटार सहकारी संस्था पानपा ७
    ११) जुग्दी तरकारी तथा फलफुल उत्पादक सहकारी संस्था ताक्लुङ्ग ३
    १२) उद्यमशिल कृषी सहकारी संस्था बोर्लाङ्ग ४
    १३) बृन्द्रावती कृषी सहकारी संस्था मसेल ५
    १४) उज्वल कृषी सहकारी संस्था च्याङ्गली ९
    १५) छेवेटार कृषी सहकारी संस्था गोनपा ९
    १६) आकुरा कृषी सहकारी संस्था गाईखुर ५
    १७) नौलो बिहानी उत्पादक मुलक कृषी सहकारी संस्था गोनपा १४
    १८) पञ्चकन्या कृषी सहकारी संस्था बुंकोट ४
    १९) जनकल्याण ताजा तरकारी उत्पादक कृषी सहकारी संस्था घ्याल्चोक ५
    २०) घले डाडाँ सकुशल कृषी सहकारी संस्था घैरुङ्ग५
    २१) लोकहित कृषी सहकारी संस्था हर्मी ५
    २२) भूमेकाली कृषी सहकारी संस्था पानपा १३
    २३) मेहनती कृषी सहकारी संस्था तान्द्राङ्ग ७
    माथि उल्लेखीत मध्ये क्र.स.२, ४ र १८ नम्बरका सहकारीको अनुमतीमा सदरमुकामका ब्यापारीहरुले अनुदानको मल विक्री गर्दै आएका हुन ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, भदौ ०८, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
    गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ११ सयले घट्याे

    • २. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    • ४. शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु

    • ५. गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते

    • ६. रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते

    • ७. सुन ताेलामा १२ सयले बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ३. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.