×
सोमबार, भदौ २९, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ११ सयले घट्याे
  • ८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १० घण्टा अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • १० घण्टा अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • १ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • १ दिन अघि

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • १ दिन अघि

सुन ताेलामा १२ सयले बढ्याे
  • १ दिन अघि

बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

गोरखामा अनुदानमा आएको मल पसलेले बेच्छन्

  •  
  • बुधबार, भदौ ०८, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    किरण लोहनी/उज्यालो ।

    गोरखा, भदौ ७ – कृषकलाई सहकारी मार्फत अनुदानमा बिक्री गर्नुपर्ने रासायनिक मल ब्यक्तिगत पसलबाट बेच्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । बजार अनुगमनका क्रममा अनुदानको मल बेचेका गोरखा सदरमुकामका तीन पसलेलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला कृषि विकास कार्यालयले सूचीकृत गरेका सहकारी बाहेक अन्य सहकारी वा फर्मले यस्तो मल बेचबिखन गर्न पाउँदैनन् । कृषि कार्यालयले जिल्लाका २३ सहकारीलाई मल बेचबिखनका लागि स्वीकृति दिएको छ ।

    अनुदानको मल गैरकानुनी रुपमा बेच्ने गोरखा शक्तिचोकको अनिता एग्रोभेटका रामशरण कोइराला, हरमटारीको विशाल किराना स्टोर्सका अनु श्रेष्ठ र चाइनिजधाराको श्रेष्ठ किराना स्टोर्सका इश्वर श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनीहरुलाई कालोबजारी तथा केही सामाजिक अपराध सजाय ऐन अनुसार मुद्धा चलाइने प्रहरीले बताएको छ ।

    सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मा नेतृत्वको टोलीले मंगलबार गरेको बजार अनुगमनका क्रममा साल्ट ट्रेडिङबाट बिक्रीवितरण गरिने युरिया मल र कृषि सामग्री कम्पनीबाट सहकारी मार्फत बिक्री वितरण गरिने डिएपी मल एग्रोभेट तथा किराना पसलबाट बेचिएको पाइएको हो ।

    तीनवटै पसलमा ५० किलोका ३ सय ६४ बोरा मल बिक्रीका लागी राखेको पाइएको हो । अनिता एग्रोभेटमा १ सय ९५ बोरा, विशाल किराना स्टोर्समा ७९ बोरा र श्रेष्ठ किरानामा ५० बोरा मल बिक्रीका लागी राखेका थिए । उनीहरुको गोदाममा शिलबन्दी गरिएको सहायक प्रमुख जिल्ला अधिकारी शर्माले बताउनुभयो । अनिता एग्रोभेटले गोरखा नगरपालीका–५ को आदर्श बचत तथा ऋण सहकारी संस्था लिमीटेड, विशाल किरानाले बुंकोटको बाह्रबिसे मिलन कृषि सहकारी संस्था लिमीटेड र श्रेष्ठ किरानाले बुङकोटको पञ्चकन्या कृषि सहकारी संस्था लिमीटेडका लागी प्राप्त अनुदानको मल ल्याएर बिक्री गरेको भेटिएको छ ।

    अनु श्रेष्ठ र इश्वर श्रेष्ठले आफूहरुले अनुदानको मल ढुवानी मात्रै गरीदिएको बताएपनि उनिहरुले बिक्री गरेको विल पनि भेटिएको छ । यस्तै, रामशरण कोइरालाले आफू सहकारीको सस्थांपक सदस्य समेत रहेकाले सहकारीले आफूलाई मल बेच्ने अनुमति दिएको बताएका छन् । ५० किलोको एकबोरा अनुदानको युरीया मलको १ हजार ९ सय ७४ रुपैयाँ खरीद मूल्य रहेकोमा १ हजार ७४ रुपैयाँ अनुदान मूल्य सरकारले ब्यहोरेकाले ढुवानी बाहेक ९ सय रुपैयाँमा बिक्री गर्नुपर्ने हुन्छ ।

    यस्तै ५० किलोको बोरालाई २ हजार ४१ रुपैयाँ खरीद मूल्य रहेको डिएपि मलमा १ हजार १ सय ४१ रुपैयाँ अनुदान मूल्य सरकारले ब्यहोरेकाले ढुवानी बाहेक ९ सय रुपैयाँमा बिक्री गर्नुपर्ने हुन्छ । बिक्रेताको नियत हेर्दा कालोवजारी गर्ने उदेश्य देखिएको सहायक प्रमुख जिल्ला अधिकारी शर्माको भनाई छ ।

    उनीहरुसँगै आफूले बेच्न ल्याएको मल पसलेलाई दिने सहकारीका सञ्चालकलाई पनि अनुसन्धानको दायरामा ल्याइने उहाँले बताउनुभयो । केही दिन अघि जिविसले गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा मलको अवैध बिक्रीबारे कुरा उठेको थियो । त्यतिबेला जिल्ला कृषि विकास कार्यालयका प्रमुख तीर्थकुमार श्रेष्ठले सहकारीहरु मार्फत नै मल बिक्री भैरहेको दावी गर्नुभएको थियो ।

    ujyaaloonline

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, भदौ ०८, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ११ सयले घट्याे
    नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ११ सयले घट्याे

    • २. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    • ४. शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु

    • ५. गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते

    • ६. रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते

    • ७. सुन ताेलामा १२ सयले बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ३. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.