×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १७ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

बन्ला एकीकृत सम्पदा मार्ग ?

  •  
  • मङ्गलबार, भदौ ०७, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    विश्व सम्पदामा सूचीकृत पाटन दरबार क्षेत्र । उपत्यकाका विश्व सम्पदालाई जोड्ने गरी खोल्न लागिएको एकीकृत सम्पदा मार्ग निर्माणकार्य अघि बढेको छैन ।तस्बिर : दामोदर/कान्तिपुर

    भाद्र ७, २०७३- काठमाडौं महानगरपालिकाले अघि सारेको एकीकृत सम्पदा मार्गको योजना अघि बढ्न सकेको छैन । उपत्यकाका सम्पदालाई एउटै ‘नेटवर्क’ मा जोड्ने महानगरले ३ वर्षपहिले यस्तो योजना अघि सारेको हो । महानगरका अनुसार दुवाकोट गाविसले जग्गा उपलब्ध नगराएपछि योजना अघि बढ्न नसकेको हो । ‘महानगरले प्रस्ताव राखेको थियो,’ महानगर राजस्व महाशाखा प्रमुख ध्रुव काफ्ले भन्छन्, ‘तर सबैले सहमति नजनाएकाले योजना रोकियो ।’

    उपत्यकाका सातवटै विश्व सम्पदा र अरू सम्पदा समेट्ने गरी मार्ग खोल्ने योजना थियो । वसन्तपुर दरबार क्षेत्रबाट मार्ग सुरु हुन्छ । यसो गर्दा पर्यटकलाई ठाउँ–ठाउँमा टिकट काट्नुपर्ने बाध्यता हुँदैन । ‘पर्यटकको बसाइ लम्बिन्छ,’ काफ्ले भन्छन्, ‘एकैपटक सबै सम्पदाको जानकारी पनि पाउँछन् ।’

    वसन्तपुर दरबार क्षेत्रबाट न्युरोड, कृष्ण पाउरोटी हुँदै पशुपति पुगिन्छ । यहाँ हिन्दुबाहेक अरूले पूजा गर्न पाउँदैनन् । वाग्मतीवरपर घुम्न मात्रै पाउँछन् । धर्मनिरपेक्ष राज्य हुनुअघि पशुपतिनाथलाई राष्ट्रिय देवता मानिन्थ्यो । २ तले पगोडा शैलीको यो मन्दिर इसाको चौथो शताब्दीमा बनेको मानिन्छ । यसको निर्माण सोमदेवले गरेको मानिन्छ ।

    लिच्छवि राजा सुपुष्पदेवले पशुपति महादेवको शिवलिंग स्थापना गरेको मानिन्छ । यो मन्दिरको मुख्य पूजा चतुर्मुमुखी शिवलिंगमा हुन्छ । निर्माण भएयता यो मन्दिरमा विभिन्न कालखण्डमा पुननिर्माण गरेको मानिन्छ । मन्दिरका काठ धमिराले खाएपछि अहिलेको मन्दिरचाहिँ सन् १६९२ मा पुनर्निर्माण गरिएको मानिन्छ ।

    पशुपतिनाथबाट गुहयेश्वरी हुँदै बौद्धनाथ पुग्ने मार्ग पहिचान गरिएको थियो । सँगै सूचना अधिकारीको पनि व्यवस्था हुने भएकाले यी सम्पदाबारे पनि पर्यटकले जानकारी पाउने थिए । बौद्धनाथ स्तूप लिच्वविकालीन राजा मानदेवले बनाएको मानिन्छ । मानदेवले सन् ४६० देखि ५२४ सम्म शासन चलाएको मानिन्छ ।

    भाषा वंशावलीअनुसार त्यतिबेला खडेरी परेको थियो । चैत्य बनाउन पानी थिएन । मानदेव कपडा राति बाहिर राख्थे । कपडा शीतले भिज्थ्यो । भिजेको पानी निचोरेरे माटो मुस्थे । यसरी बनाउँदा १२ वर्षमा निर्माण सम्पन्न भएको जनश्रुति पाइन्छ ।

    सम्पदा मार्गका लागि कतै भइरहेको सडक प्रयोग गर्ने, कहीं नयाँ बनाउने योजना महानगरले बनाएको थियो । बौद्धनाथबाट मूल सडक भएर साँखुको वज्रयोगिनी पुग्ने मार्ग तय भएको थियो । साँखु उपत्यकाको सबैभन्दा पुरानो सहर हो । संस्कृतिविद् यज्ञमानपति वज्राचार्यका अनुसार यहींबाट नेवारहरू विभिन्न ठाउँमा फैलिएका हुन् ।

    साँखुभित्र शतप्रतिशत नेवार जातिको बसोबास छ । यो सहर झन्डै ३ हजार वर्ष पुरानो मानिन्छ । साँखुदेखि माथि डाँडामा रातो मुख र पहेंलो मुखको नामले चर्चा पाएकी वज्रयोगिनी मन्दिर छ । यस क्षेत्रलाई पनि विश्व सम्पदामा सूचीकृत गर्न नेपालले पहल गरिरहेको छ ।

    साँखुबाट अर्काे विश्व सम्पदा क्षेत्र चाँगुनारायण गइन्छ । अधिकांश ठाउँमा बाटो भएकाले सम्पदा मार्ग खोल्न समस्या नभएको काफ्ले बताउँछन् । मनोहरामा पुल हाल्नासाथ साँगुबाट चाँगुनारायण जोडिन्छ । चाँगुनारायणमा पर्यटकले लिच्छविकालीन सम्पदा हेर्न पाउनेछन् ।

    चाँगुनारायण पनि लिच्छविकालीन सम्पदा मानिन्छ । यसको निर्माण सन् ३२५ मा हरिदत्त बर्माले गरेको मानिन्छ । पछि मानदेवले यसको जीर्णाेद्धार गरे । वरिपरिबाट आएको पहिरोले मन्दिर संकटमा पर्दै गएको छ । ‘सम्पदा मार्ग बनिसकेको भए महानगरले यो मन्दिर बनाइसक्थ्यो,’ काफ्ले भन्छन्, ‘यहाँ चाँगुनारायण नगरपालिकाले लगानी गर्न सक्दैन । महानगरले सक्थ्यो । यो क्षेत्रमा केही बनाउने, केही छाड्ने हुँदैनथ्यो । यो हिसाबले कार्यक्रम बनाइएको थियो ।’

    चाँगुनारायणबाट झौखेल, कमलविनायक हुँदै भक्तपुर दरबार क्षेत्र पुग्ने रुट तय भएको थियो । भक्तपुरमा पर्यटकले विश्व सम्पदा सूचीमा रहेको भक्तपुर दरबार क्षेत्र हेर्न पाउँछन् । भक्तपुर दरबार, स्वर्णद्धार, तौमढी, न्यायतपोल मन्दिर, दत्तात्रय, पुजारी मठ, भूपतिन्द्र मल्लको सालिक, पचपन्नझयाले दरबार, चारधामलगायत संचरना विश्व सम्पदा सूचीमा छन् ।

    भक्तपुरबाट मुख्य सडक हुँदै पाटन दरबार क्षेत्रसम्म जाने मार्ग तय भएको थियो । पाटन दरबार, मूलचोक, सुन्दरीचोक, भीमसेन मन्दिर, तलेजु मन्दिर, कुम्भेश्वर, मणिकेशवनारायण चोकलगायत विश्व सम्पदा सूचीमा सूचीकृत संरचना पर्यटकले हेर्न पाउँछन् । यहाँबाट नख्खु चोक हुँदै खोकना जाने मार्ग तय भएको छ ।

    ललितपुरको प्राचीन सहर खोकना पनि विश्व सम्पदामा सूचीकृत गर्न नेपालले पहल गरिरहेको छ । खोकनाबाट चोभार, जलविनायक हुँदै कीर्तिपुरको बाघ भैरव, त्यहाँबाट त्रिभुवन विश्वविद्यालयको बीचको बाटो हुँदै स्वयम्भू, स्वयम्भूबाट कालमोचनघाट र त्यहाँबाट फेरि वसन्तपुर आइपुगेर यात्रा सकिने मार्ग तय गरिएको थियो । यो मार्गमा पर्ने बाघभैरव पनि लिच्छविकालीन संरचना मानिन्छ । स्वयम्भूनाथ इसाको पहिलो शताब्दीमै निर्माण भएको मानिन्छ । वज्रधातु मण्डल सिद्धान्तमा बनेको यो चैत्य रणबहादुर शाहको पालामा दशौं श्यामार्पा लामाले जीर्णाेद्धार गरेको मानिन्छ । जमिनका वरिपरि प्राथनाचक्र राखिएका छन् । स्तूपको भुइँमा अर्धवृत्ताकार गर्भ उठाइएको छ ।

    गर्भमा तेह्र भुवनका प्रतीक १३ वटै गोला धातुका सिँढी राखिएका छन् । सिँढीको तल्लो भागमा पञ्चध्यानी बुद्ध छन् । यी ध्यानीका बेग्ला–बेग्लै मुद्रा छन् । पूर्वमा भूस्पर्श मुद्रा (अक्षेभ्य बुद्ध), पश्चिममा ध्यानमुद्रा (अभिताभ), उत्तरमा अभयमुद्रा (मओघसिद्ध), दक्षिणमा वरदमुद्रा (रत्नसम्भव) मा बुद्ध राखिएका छन् । स्वयम्भू चैत्यलाई केन्द्र मानेर यहाँ वयरपुर, अग्निपुर, नागरपुर, वसुपुर र व्ययोपुरजस्ता पञ्चतत्त्वका प्रतीक बनाइएको छ । बौद्ध समुदायको आस्थको प्रतीक हो यो ठाउँ । अग्लो ठाउँमा भएकाले यहाँबाट उपत्यकाको दृश्यावलोकन गर्न सकिन्छ ।

    यी सम्पदामध्ये वसन्तपुर दरबार क्षेत्र, पाटन दरबार क्षेत्र, पशुपतिनाथ, बौद्धनाथ, स्वयम्भू, चाँगुनारायण विश्व सम्पदा सूचीमा छन् । यी सम्पदा क्षेत्रमा पर्यटकका लागि २ दिनको प्याकेज बनाउन सकिने महानगरको योजना थियो । पर्यटकलाई सूचना दिन गाइडको व्यवस्था गर्ने, यो रुटमा नीलो बत्ती राखेको सानो गाडी चलाउनेजस्ता व्यवस्था गरी सम्पदा मार्गको चिह्न दिने योजना रहेको काफ्ले जानकारी दिए ।

    यो मार्गमा अलग–अलग निकाय भएकाले कार्यान्वयन गर्न कठिन भएको उनी बताउँछन् । पाटन दरबार र वसन्तपुर दरबार संस्कृति मन्त्रालयको विकास समितिअन्तर्गत छ । बौद्धनाथ, स्वयम्भूनाथ विकास समितिअन्तर्गत छ ।

    एकीकृत सम्पदा मार्ग अघि बढ्न नसकेपछि महानगरले थापाथलीको कालमोचन घाट हुँदै टेकुको पचलीघाटसम्म नमुनाका रूपमा हुतराम वैद्य सम्पदा मार्ग खोलेको छ । करिब साढे २ किलोमिटर सम्पदा मार्ग खोल्न काम धमाधम भइरहेको उनले जानकारी दिए ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, भदौ ०७, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.