×
सोमबार, भदौ २९, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ११ सयले घट्याे
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • ९ घण्टा अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • १ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • १ दिन अघि

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • १ दिन अघि

सुन ताेलामा १२ सयले बढ्याे
  • १ दिन अघि

बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

१० लाख खर्च देखाएर खोरजत्रा घर !

  •  
  • आइतबार, भदौ ०५, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा नगरपालिका ४ मा सीआरएसले १० लाख रुपैयाँ खर्चेर निर्माण गरेको नमुना घर ।

    शिवप्रसाद उप्रेती

    गोरखा: भूकम्पपछि राहत, उद्धार, पुनर्लाभ र पुनस्र्थापनाका लागि सहयोग गर्न गोरखा आएको क्याथोलिक रिलिफ सर्भिस (सीआरएस) ले खोरजत्रो घर बनाएर बजेट सिध्याउने गरेको छ । भूकम्पपीडितको नाममा क्रिस्चियन च्यारिटीबाट जुटाएको रकममध्ये एक करोड रुपैयाँभन्दा धेरै बजेट खोरजत्रा घर बनाएर सिध्याएको हो ।

    क्याथोलिक रिलिफ सर्भिस स्रोतका अनुसार गोरखा नगरपालिका ४ र १२, बुङ्कोट गाविस र ताप्ले गाविसमा गरी आठ ठाउँमा यस्ता घर निर्माण भएका छन् । ‘यस्तो एउटा घर बनाउन सीआरएसले १० लाखको ठेक्का दिएको थियो’, स्रोतले भन्यो, ‘जीटीटीसीले ठेक्का पारी एक महिना लगाएर आठ ठाउँमा यस्ता घर बनाएको छ ।’

    अनुगमन गर्न जिल्लास्थित सीआरएसको कार्यालय र काठमाडौंस्थित मुख्य कार्यालयबाट पनि पटकपटक अनुगमन टोली आउने गरेको थियो । ‘एउटा सानो काम गर्छन् अनि अनुगमन भनेर गाडी लिएर कुदाकुद हुन्छ’ स्रोत भन्छ, ‘विदेशी गोरा आयो भने त झन् हेलिकोप्टर चार्टर गराएरै अनुगमन गराउनु पर्छ ।’

    सानो काम गरेर रिपोर्टको खेती गर्ने गरेको उनले बताए । ‘बिपन्न, दलित, सीमान्तकृतलाई हामीले यस्तो गत्त्यौं, उस्तो गत्त्यौं भनेर भलीभाँतीको प्रतिवेदन बनाएर स्वदेश, विदेशमा पठाएर पैसा झार्छन्’, स्रोतले भन्यो, ‘आजको दिनसम्म यसरी नै बजेट सकिएको छ संघसंस्थाको ।’

    १० लाख रुपैयाँ खर्च गरेर एउटा घर बनाइदिएको भए गाउँका गरिबले ओत लाग्न पाउने स्थानीय लालमाया बस्नेतले बताइन् । ‘त्यति पैसा खर्च गरेर एउटा बस्न मिल्ने घर बनाइदिएको भए एकजना गरिबले यो बर्खामा टाउको लुकाउने ठाउँ पाउथ्यो’, उनले भनिन्, ‘एक महिना लगाएर यस्तो घर बनाए, ह्वार्रर्र आए, हेरे गए । के काम ? ‘

    गाउँका १८ जनाले एक महिना लगाएर यस्ता घर बनाएको अर्का स्थानीय केशरलाल शाहीले बताए । ‘बिहान १० बजे आयो, दिनभरि एउटा काठ टुकटुक गत्त्यो । अर्कोले एउटा ढुंगा टुकटुक गत्त्यो । दुई बज्न पाको छैन गयो’, उनले भने, ‘यस्ता घर के काम, हेर्नलाई मात्रै ।’

    घर बनाउने काम कहिल्यै नगर्नेलाई काम गर्न लगाएकोमा गाउँलेले आलोचना गरे । ‘कमसेकम घर बनाएर हिँड्ने गरेका मान्छेलाई लगाएको भए त पछि पनि यस्तै काम गर्थे’, शाहीले भने, ‘कहिल्यै काम नगरेका र पछि पनि यस्तो काम कहिल्यै नगर्ने १४, १५ वर्षका केटाहरूलाई लगाएर घर बनाए ।’ यी घर हेरेर गाउँमा कसैले घर नबनाएको उनको भनाइ छ । ‘गाउँमा मार्चुसाहिँलाले घर बनाएको घर पनि यस्तो छैन, अर्कोले माथि बनाएको घर पनि यस्तो छैन । यस्तो घर देखाएर के काम ? ‘ उनले भने ।

    यस विषयमा जानकारी लिन खोज्दा सीआरएसकी प्रमुख स्निग्धा चक्रवर्तीले जानकारी दिन इन्कार गर्दै आफूले सबै कार्यक्रमको प्रगति विवरण सरकारलाई पेस गरेकाले सरकारसँग बुझ्न आग्रह गरिन् । कार्यक्रमको अनुमति दिने र अनुगमन गर्ने जिम्मेवारी पाएका स्थानीय विकास अधिकारी नारायणप्रसाद आचार्यले भने सीआरएसको कुनै विवरण आफूले नपाएको बताए ।

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, भदौ ०५, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
    गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ११ सयले घट्याे

    • २. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    • ४. शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु

    • ५. गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते

    • ६. रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते

    • ७. सुन ताेलामा १२ सयले बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ३. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.