×
सोमबार, भदौ २९, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ११ सयले घट्याे
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • ९ घण्टा अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • १ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • १ दिन अघि

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • १ दिन अघि

सुन ताेलामा १२ सयले बढ्याे
  • १ दिन अघि

बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

आज जनै पुर्णीमा

  •  
  • बिहिबार, भदौ ०२, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    येन बद्धो बली राजा दानवेन्द्रो महाबल: ।

    तेन त्वां प्रतिबध्नामि रक्ष मा चल मा चलः

    आज श्रावण शुक्ल पुर्णीमा । हिन्दु धर्मावलम्विहरुले ब्रह्मासूत्र अर्थात ज्ञानको धागो जनै बाँधेर जनै पुर्णीमा मनाएका छन् ।

    आजको दिन विधिपूर्वक जनै मन्त्रन यजमानहरू बिहान सबेरै आ-आफ्ना गुरु पुरोहितकहाँ जाने गर्दछन् । आजको दिनको सम्बन्ध सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी जोगाएका तथा वामनअवतार विष्णुले राजा बलिलाई डोरो बाँधी वचन बद्ध गराएर तीनै लोक लिएको धार्मिक किम्वदन्तीसँग जोडिएको छ ।

    ज्ञान र सफल जीवन मार्गको शिक्षा दिक्षा गर्ने ऋषीहरूको सम्मानमा ऋषि तर्पणी गरी अभिमन्त्रित जनै लगाईने चलन चली आएको छ । हाम्रो हिन्दु धर्म अनुसार यज्ञसुत्र धारण गर्नु ब्राम्हणहरुको मुल धर्म हो र यो अनाधीकालबाट नै हिन्दु धर्मको जडबाट नै यो ब्रामह्णहरुको लागी यो यज्ञ सुत्र धारण गर्नु रक्षाबन्धन धारण गर्नु ठुलो कुरा हो ।

    आजको दिन जनै लगाउनेहरू यस दिन पुरानो जनै फेरेर नयाँ जनै लगाउने गर्दछन् । यस दिन बर्षभरीका लागि आवश्यक पर्ने जनै तयार गरी मन्त्रेर राख्ने गरिन्छ।  आजै रक्षा बन्धन कै लागी मावली घर तथा विवाहित पुरुष ससुराली जाने प्रचलन पनी छ ।

    टाढा भएका आफन्त नजिक हुने हुदाँ पनी युवा पिढीमाझ यो पर्व महत्वपुर्ण रहेको छ । बर्षमा एकदिन यसकै बहानामा भएपनी जमघट भईन्छ । धार्मीक मान्यता अनुसार जनैपूर्णिमाका तीनपक्ष रहेका छन्– यज्ञोपवीत, रक्षाबन्धन र ऋषितर्पणी । ज्ञानको धागोका रुपमा लिईने जनैका दुई शिखामध्ये एउटा शिखामा रहेका तीन डोरालाई ब्रह्मा, विष्णु र महेश्वर तथा अर्को शिखाको डोरालाई कर्म, उपासना र ज्ञानका तीन योग मानीने पुरोहितहरु बताउछन् । आजकै दिन पितृहरूको नाममा तिल, कुशसहित तर्पण गरिने भएकाले यस पर्वलाई ऋषितर्पणीका नामले पनि चिनिन्छ |

    जे होस नेपाल धार्मीक रुपमा सर्वोपरी मुलुक हो । सृष्टी रचना रक्षा र संम्भारमा देवताको आशिषले हामी नेपालि बन्न सकेका छौ । संस्कृती र संस्कारमा धनी हामी नेपालीलाई हाम्रा वैदिक महत्व बोकेका चाड र पर्वले एकताको सुत्रमा बाँध्ने गरेका छन् । रक्षाबन्धन ले आत्म अचल, अडोल र पवित्रता बनोस मृत्युमाथि नै विजय प्राप्त गर्न सकौ ।

    जनै पुर्णीमाको अबसरमा आज गोरखा सदरमुकाममा रहेको ब्रह्मा कुमारी ईश्वरी विश्व विद्यालयले पनि राखी बाद्यने कार्यक्रम सम्पन्न गरेको छ ।DSC_0278
    सदरमुकाममा रहेको बिद्यालयमा मात्रै १ हजार ६ सय जना भन्दा बढी सर्व साधारणहरुले राखी बाधेको बिद्यालयका संञ्चालीका पबित्राले जानकारी दिए । DSC_0237
    विद्यालयमा भएको राखी बाद्यने कार्यक्रमको केही दृष्यहरु ।  DSC_0243 DSC_0253 DSC_0261 DSC_0267 DSC_0270 DSC_0277

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, भदौ ०२, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ११ सयले घट्याे
    नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ११ सयले घट्याे

    • २. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    • ४. शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु

    • ५. गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते

    • ६. रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते

    • ७. सुन ताेलामा १२ सयले बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ३. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.