×
सोमबार, भदौ २९, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ११ सयले घट्याे
  • ६ घण्टा अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ८ घण्टा अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • ८ घण्टा अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • १ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • १ दिन अघि

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • १ दिन अघि

सुन ताेलामा १२ सयले बढ्याे
  • १ दिन अघि

बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

गोरखा पुगेर बाबुरामको गर्जन- १० खर्ब म उठाइदिन्छु, भूकम्प पीडितलाई ५ लाख देउ

  •  
  • मङ्गलबार, साउन ३२, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    श्रावण ३२, २०७३- नयाँ शक्ति नेपालका संयोजक बावुराम भट्टराईले सरकारले भूकम्प पीडितहरुलाई घर बनाउन एकमुष्ट ५ लाख रुपैयाँ दिनु पर्ने बताएका छन् ।

    मंगलबार सदरमुकाममा नयाँ शक्ति पार्टीको सामाजिक संघसंस्था विभागले आयोजना गरेको गोरखा पुनर्निर्माण विषयक अन्तर्क्रियामा बोल्दै उनले सरकारले पीडितलाई उचित राहत दिन नसकेको बताएका हुन् । ‘सरकार पैसा छैन भनेर राहत दिन पछि हटन लागेको छ,’ उनले भने, ‘म नै भूकम्प पीडितका लागि भनेर १० खर्ब उठाउन सक्छु ।’

    अन्तर्राष्ट्रिय समुदायसँग सकारात्मक कुराकानी भइरहेको भन्दै उनले १० खर्ब उठाउन सक्ने दाबी गरेका हुन् । ‘भूकम्प पीडितलाई ५/५ लाख दिए, ३ खर्ब भए पुग्छ,’ उनले भने, ‘बाँकी ७ खर्ब विकास निर्माण र ऐतिहासिक सम्पदाको पुनर्निर्माणमा खर्च गर्न सकिन्छ ।’ उक्त काम गर्न सरकारले जिम्मेवारी दिनुपर्ने समेत उनले बताए ।

    सरकारको अस्थिरता र निरिहताले भूकम्प पीडितले राहत पाउन नसकेको उनको भनाई थियो । ‘म्यादी सरकारहरु फेरिँदै गए जनता सधैं आशैआशमा बस्नुपर्छ,’ उनले भने । पुनर्निर्माण प्राधिकरण गठन गर्नु सकारात्मक काम भएपछि खासै उपलब्धि हुन नसकेको भट्टराईले बताए ।

    ‘प्राधिकरणको धारणा मैले ल्याएको थिएँ,’ उनले भने, ‘गुदी फालेर बोक्रा मात्रै टिपियो काम हुन सकेन ।’ प्राधिकरणको नाममा अहिले तमासा भइरहेको उनले बताए । ‘बाबुराम प्राधिकरणको प्रमुख हुन लाग्यो भनेर मलाई आरोपित गरियो,’ पूर्व प्रधानमन्त्री भट्टराईले भने, ‘सरकारमा बसेका मान्छेहरु मैले भनेको जहिल्यै ठिक उल्टो गर्छन् ।’

    भूकम्प पीडितलाई दुई लाख दिन अनेक शर्त राखिएको भन्दै उनले असन्तुष्टि व्यक्त गरे । ‘दुई लाख दिन पनि गोटा परेको जस्तो भएको छ,’ उनले पुन दोहोर्‍याए, ‘आंशिक घर भत्केकालाई दुई लाख र पूर्ण भत्केकालाई एकमुष्ट ५ लाख दिनुपर्छ ।’ उक्त राहत रकम दुरुपयोग गर्नेलाई कारवाही गर्न सकिने उनले बताए । अधिकार सम्पन्न प्राधिकरण गठन नहुँदा पुनर्निर्माणमा ढिलाई भएको उनको तर्क थियो ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, साउन ३२, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ११ सयले घट्याे
    नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ११ सयले घट्याे

    • २. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    • ४. शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु

    • ५. गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते

    • ६. रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते

    • ७. सुन ताेलामा १२ सयले बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ३. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.