×
सोमबार, भदौ २९, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ११ सयले घट्याे
  • ४ घण्टा अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ७ घण्टा अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • ७ घण्टा अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • १ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • १ दिन अघि

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • १ दिन अघि

सुन ताेलामा १२ सयले बढ्याे
  • १ दिन अघि

बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

घरै रित्तियो

  •  
  • मङ्गलबार, साउन २५, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    हेलिकोप्टर दुर्घटनामा परी मृत्यु भएकी प्रीति गुरुङ ।तस्बिर राम भट्ट

    शिवप्रसाद उप्रेती

    गोरखा: नुवाकोटमा सोमबार हेलिकोप्टर दुर्घटना हुँदा एउटै घरका चारजनाको मृत्यु भएपछि गोरखा सिर्दिबास २ नाक्चेतस्थित कितमान गुरुङको घर रित्तिएको छ । ५५ वर्षीय कितमान, पत्नी ५४ वर्षीया असनी, बुहारी १९ वर्षीया प्रीति र भर्खर जन्मेका नातिको मृत्यु भएपछि उनको घरमा ढोका खोलिदिने मान्छेसमेत छैन ।

    परिवारमा छोरा जन्मेको चार दिन भएको थियो । यो खुसी मनाउन नपाउँदै घरका सबै एकै चिहान भए । ‘न्वारान पनि गर्न नपाउँदै चार दिनको बच्चा पनि बित्यो’, कितमानका साहिँला ज्वाइँ बहादुर गुरुङले भने, ‘घरका सबै मरेको खबर सुनेर छरछिमेकी, इष्टमित्र घरभरि भेला भएका छन् तर घरको ढोका बन्द छ । ढोका खोल्ने कोही छैन ।’ पिँढी र आँगनभरि गाउँले भेला भएर अलापविलाप गरी रोइकराइ गरिरहेको उनले टेलिफोनमा बताए ।

    गाउँबाट एक दिनको बाटो टाढा रोल्पाडाँडामा कितमानको गोठ छ । गोठमा सातआठवटा गाईबस्तु छन् । फुकाएर चराइदिने मान्छे पनि छैनन् । अब एकदुई दिनमा लेकमा गएर कितमानका गाईबस्तु चराइदिने बहादुरको योजना छ ।
    सुत्केरी प्रीति र चार दिनको बच्चा दुवै बिरामी भएपछि उपचारका लागि काठमाडौं लैजाँदै गर्दा हेलिकोप्टर दुर्घटना भएको थियो । हेलिकोप्टरलाई सम्पर्क गरी ल्याउने लक्ष्मी गुरुङको पनि दुर्घटनामा मृत्यु भएको छ । लक्ष्मीको तीन वर्षको नानी छ । उनका पति दिलबहादुर दुबईमा छन् ।

    फेस नेपाल संस्थाकी छेकम्पार, चुम्चेत र सिर्दिबास कार्यक्षेत्र भएकी स्टाफनर्स निशा तामाङको पनि दुर्घटनामा मृत्यु भयो । तामाङलाई उनी कार्यरत संस्थाको केन्द्रीय कार्यालयले यथाशीघ्र काठमाडौं आउन निर्देशन दिएपछि सोही हेलिकोप्टरबाट फर्कंदै थिइन् ।

    प्रीति गत बिहीबार घरैमा सुत्केरी भएकी थिइन् । सिर्दिबास स्वास्थ्य चौकीका अहेव ….. गुरुङका अनुसार स्थानीय महिलाले हातले सालनाल झिकेपछि प्रीतिको शरीरमा घाउका साथै र इन्फेक्सनसमेत भयो । ‘चार दिनदेखि रगत आउन छोडेन । खोक्दा पनि रगत झर्ने, दिसा–पिसाब झरिरहने भइह्यो । फिस्टुलासमेत भएको थियो । अनि हामीले यहाँ सक्दैनौं भनेर तत्काल काठमाडौं लैजान सुझाव दिएका थियौं’, अहेव गुरुङले भने ।

    सिर्दिबास गोरखा सदरमुकामबाट ३१ कोस टाढा छ । त्यहाँबाट मोटरबाटोसम्म पुग्न तीन दिन लाग्छ । त्यहाँका लागि यातायातको एकमात्र विकल्प हेलिकोप्टर हो । ‘एकातिर प्रीति सिकिस्तै थिइन्, अर्कातिर मौसम बिग्रिएर केही दिनदेखि मोबाइल बन्द थियो । त्यसैले चाहेका बेला हेलिकोप्टर बोलाउन पनि सकिएन’, कितमानका अर्का ज्वाइँ सुजन गुरुङले भने, ‘आइतबार बेलुकामात्र टावर आयो । अनि सोमबार हेलिकोप्टर बोलायौं ।’ कितमान र असनी पनि लामो समयदेखि बिरामी भएका कारण हेलिकोप्टर पाएका बेला ज्वाइँछोरीले काठमाडौं पठाएका थिए ।

    कितमान र असनीका दुई छोरा मलेसियामै छन् । चार छोरीको बिहे भइसकेको छ । उनीहरूलाई हेलिकोप्टर चढाउन चार छोरी र साहिँला ज्वाइँ आएका थिए । ‘११ बजे हेली आउँछ भनेको थियो’, साहिँला ज्वाइँ बहादुरले भने, ‘हेलिकोप्टर आयो । स्टार्ट पनि बन्द गरेन । हामीले बिरामी ल्याउँदा अल्लिबेर लागेथ्यो । पाइलटले यो ट्याक्सी हो र धेरैबेर कुर्ने ? भनेर गाली गरे । हतारहतार हेलीमा राख्यौं । बोल्न पनि पाइएन । फोटो खिच्न पनि भ्याइएन ।’

    अर्का ज्वाइँ सुजनसँग भने थोरै कुराकानी भएको थियो । ‘हामी बूढाबूढी केही जान्दैनौं । बिरामीलाई कहाँ लैजाने भनेर सासूले पिर मान्नुभएको थियो’, सुजनले भने, ‘अनि मैले उहाँ लिन आउँछन्, पिर नमानी जानुस् भनेर पठाएको थिएँ ।’ सिर्दिबासबाट उडेको ४० मिनेटमा काठमाडौं पुगिनेमा एक घन्टासम्म पनि सम्पर्क नभएपछि आफूहरू अताल्लिएको उनले बताए । ‘एकछिनपछि त यस्तो भयो र उस्तो भयो भन्ने खबर पो आउन थाल्यो । त्यही बेलादेखि हाम्री श्रीमती र दिदीबहिनी रोइरहेका छन्’, सुजनले भने ।

    उनीहरूले हेलिकोप्टर चार्टर्ड गर्न एक लाख २० हजार रुपैयाँ ऋण खोजेका थिए । ‘हेलिकोप्टर भाडा पनि काठमाडौंमा उत्रिएपछि दिने भनेर बुबाकै साथमा थियो । बिरामीको उपचार खर्च भनेर खोजेको ऋण सबै गरेर तीन लाख रुपैयाँजति बुबाको कम्मरमा थियो’, उनले भने, ‘त्यो पैसा कहाँ गयो होला ? मान्छे मान्छे सकिए, पैसा पैसा सकियो । बेहाल भयो ।’

    खर्च अभावका कारण हेलिकोप्टर दुर्घटनामा परी मरेका आफन्तलाई भेट्न जान नपाएको चिन्ता उनीहरूको छ । ‘भूकम्पले थिलथिलो भएका छौं । बल्लतल्ल ऋणधन गरेर उपचारको जोहो गरियो । यस्तो दुर्घटना भयो । अब उनीहरूलाई भेट्न जाने मन छ । अहिल्यै उडेर जाम कि गुडेर जाम भएको छ । हिँडेर जान यो बाटो बिग्रिएका बेला चार दिन लाग्छ । उडेर जान खर्च छैन’, सुजनले भने ।

    प्रीतिका पति धनबहादुर गुरुङ र उनका भाइ मलेसियामा काम गर्छन् । गत पुसमा गएका उनीहरू दुई वर्षपछि फर्कने योजनामा थिए । पत्नी, बुबाआमा र छोराको मृत्यु भएको खबर पाएपछि धनबहादुर र उनका भाइ चाँडै फर्कन लागेका छन् । प्रीतिले गत वर्ष कक्षा आठमा पढ्दापढ्दै धनबहादुरसँग बिहे गरेकी थिइन् ।

    सिर्दिबासलगायत यातायात सेवा नपुगेको उत्तरी गोरखामा स्वास्थ्य सेवा नभएका कारण बिरामीलाई हेलिकोप्टर चार्टर गरी काठमाडौं लानुपर्ने बाध्यता छ । ‘दिनरात काम गरेर मुस्किलले साँझबिहान खान पुग्ने यस्तो दुःखी ठाउँमा हेलिकोप्टर चार्टर गरेर उपचार गराउन लानुपर्ने अवस्था छ’, सिर्दिबास १ का वीरबल घलेले भने, ‘जिन्दगीभरि कमाएको पैसाले पनि हेलिकोप्टर चार्टर्ड गरेको ऋण तिर्न पुग्दैन । कसरी चलेको होला उत्तरी गोरखाको जीवनशैली ? सरकार यसप्रति गम्भीर हुनुपर्छ ।’

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, साउन २५, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
    गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ११ सयले घट्याे

    • २. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    • ४. शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु

    • ५. गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते

    • ६. रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते

    • ७. सुन ताेलामा १२ सयले बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ३. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.