×
सोमबार, भदौ २९, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ११ सयले घट्याे
  • ४ घण्टा अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ६ घण्टा अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • ७ घण्टा अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • १ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • १ दिन अघि

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • १ दिन अघि

सुन ताेलामा १२ सयले बढ्याे
  • १ दिन अघि

बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

उपचार खोज्दा खोसियो खुसी, सिर्दिवासमा शोक

  •  
  • मङ्गलबार, साउन २५, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    – सुदीप कैनी, गोरखा

    श्रावण २४, २०७३- सिर्दिबासकी १९ वर्षीया सुत्केरी प्रीति गुरुङ र ५ दिने छोरा बिरामी परे । सदरमुकामबाट ३० कोस टाढा सडक संजाल पनि नजोडिएको बस्तीमा उपचार सम्भव भएन । गाउँको टावर बिग्रेर दुई दिनसम्म टेलिफोनसमेत अवरुद्ध भएपछि बिरामी आमाछोरा घरमै थलिएर बसेका थिए । टेलिफोनको टावर आएपछि राजधानीमा सम्पर्क भएको थियो । श्रीमान वैदेशिक रोजगारीमा मलेशिया गएकाले सासुससुराले उपचार गर्न लैजान गाउँमै हेलिकप्टर झिकाए ।

    सिर्दिवास २ स्थित फिलिमबाट सोमबार करिब ११:३० मा काठमाडौं उडेको फिस्टेल एयर हेलिकप्टर नुवाकोटमा दुर्घटना हुँदा एकै परिवारका चारजनासहित सातजनाको निधन भयो । मृतक ६० वर्षीय कितमान र ५६ वर्षीया अज्ञानी प्रीतिका सासुससुरा हुन् । ‘आइतबार दिउँसो ३ बजेतिर फोनको टावर आएको थियो, हेली मगाउदा मौसम खराब छ भनेर आउन सकेन’, उनका ज्वाई सुजन गुरुङले भने । एक लाख ३० हजार भाडामा उनीहरुले हेलिकप्टर डाकेका थिए । उनले भने ‘घरमा पैसा थिएन, सापटी पैसा खोजेर हेलि बोलाएका थियौं, त्यही ऋण गरेको पैसा पनि हेलिमै जल्यो । आफन्त पनि बाँकी रहेनन ।’ सुजन पनि आफन्तलाई काठमाडौं पठाउन हेलिप्याडसम्म गएका थिए । ‘फर्केर घर नपुग्दै हेलिकप्टर हरायो भनेर टिभीमा नराम्रो खबर आयो’, उनले भने ।

    गाउँबाट बिरामीसहित पाँचजना चढेका थिए । सिर्दिबासका जंगबहादुर गुरुङले भने, ‘एकछिनमा हेलिकप्टर खसेको खबर आयो ।’ दुर्घटना भएको थाहा पाएपछि बस्ती नै शोकाकुल भएको उनले बताए । अन्य मृतकमा हेलिकप्टरमै गएकी गोरखाकी लक्ष्मी गुरुङ, फेज नामक गैससमा काम गर्ने स्टाफ नर्स इटहरीकी २२ वर्षीया नीशा तामाङ र पाइलट रञ्जन लिम्बू रहेको जिल्ला प्रशासन कार्यालय गोरखाले जनाएको छ । काठमाडौं बस्नै लक्ष्मी पनि कितमानकी आफन्त हुन् । बिरामी लिन एयरपोर्ट पुगेकी उनी सिट खाली भएपछि पाइलटसँगै सिर्दिबास पुगेकी थिइन ।

    पारिवारिक स्रोतका अनुसार प्रीतिको छोरा जन्मेदेखि नै बिरामी थिए । शिशुलाई ज्वरो आउने र आमाको शरीर सुनिने भएको थियो । स्थानीय स्वास्थ्य चौकीमा तीन दिनको उपचारपछि पनि बिसेक नभएपछि थप उपचारका लागि उनीहरुलाई राजधानी पठाइएको थियो । प्रीतिको पहिलो सन्तान जन्मेपछि परिवारमा खुसियाली छाएको थियो । हेलिकप्टर दुर्घटनाले उनको परिवारको खुसी खोसिएको जंगबहादुरले बताए । प्रीति गर्भवती भएपछि उनका श्रीमान रोजगारीका लागि मलेशिया गएका हुन्  । लक्ष्मीका श्रीमान पनि वैदेशिक रोजगारमा गएको स्थानीय धनबहादुर गुरुङले बताए । ‘हिडेर सदरमुकाम पुग्न तीन् दिन लाग्छ’, उनले भने, ‘दुर्गमका मान्छे आपतविपद् पर्दा ऋण काढेरै पनि हेलिकप्टर नै चढ्ने हो ।’

    उत्तरी गोरखाका एक दर्जन गाविसका बासिन्दा सामान्य बिरामी पर्दा पनि कम्तीमा एक लाखमा हेलिकप्टर चार्टर गरेर अस्पताल पुग्न बाध्य छन् । भूकम्पपछि मनासलु पदमार्ग भत्केका कारण सामान्य काममा पनि हेलिकप्टरकै भरपर्नु पर्ने विहि युवा क्लबका सल्लाहकार नविन गुरुङले बताए । उनले भने ‘गोरखा बजार जोड्ने बाटो भत्केर हिड्नै सकिदैंन, बिरामीलाई डोकोमा राखेर हिड्न झनै सम्भव छैन ।’ हेलिकप्टरका कारण दुर्गमका बासिन्दा दोहोरो मारमा परेको उनको भनाई छ । ‘भाडादर पनि निश्चित छैन’, उनले भने, ‘ऋण काढेर हेलिकप्टर चढ्नु पर्ने बाध्यता छ, ऋण काढ्न नसक्ने मान्छे गाउँमै उपचार नपाएर मर्नुपर्छ ।’ सबैभन्दा बढी उत्तरी गोरखामा बिरामी बोक्नका लागि हेलिकप्टर चार्टर गर्नुको सजिलो विकल्प छैन । उनले भने, ‘गाउँको हेल्थपोष्टमा साधनस्रोत छैन, सानोतिनो बिरामी पर्दा पनि हेलिकप्टर खोज्न दर्कुनु पर्छ ।’ आरुघाटहँुदै दुर्गम क्षेत्र सडक संजालले जोडिएर धेरै अप्ठ्याराहरु हट्ने उनले बताए । सडक विस्तारमा ढिलाई भएको स्थानियबासीको भनाई छ । गत वर्षको भूकम्प लगत्तै पनि उत्तरी क्षेत्रको सिर्दिबास पुगेको सिम्रिक एयरको हेलिकप्टर सामागाउँमा दुर्घटना भएको थियो ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, साउन २५, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
    गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ११ सयले घट्याे

    • २. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    • ४. शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु

    • ५. गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते

    • ६. रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते

    • ७. सुन ताेलामा १२ सयले बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ३. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.