×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ७ मिनेट अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ३ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ५ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ५ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ५ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ५ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ६ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

सुस्त पुनर्निर्माणले विश्वसम्पदाको बेहाल

  •  
  • सोमबार, साउन २४, २०७३ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ
    • भूकम्पले क्षतिग्रस्त वसन्तपुर दरबारको अहिलेको अवस्था ।तस्बिर : कान्तिपुर
    • सम्पदा सूचीबाट हटाउन सक्ने युनेस्को चेतावनीको बेवास्ता
    • एक वर्षअघि नै पुनर्निर्माणको समझदारी भए पनि काम सुरु भएन
    – दामोदर न्यौपाने, काठमाडौं

    श्रावण २४, २०७३- झट्ट हेर्दा हनुमानढोका दरबार पुनर्निर्माणको काम गर्दागर्दै रोकिएजस्तो देखिन्छ । तर, यो पुनर्निर्माण नभई परकम्पले नढलोस् भनेर लगाइएको टेको हो । विश्व सम्पदा सूचीमा रहेको यो दरबार भत्काएर जगैदेखि पुनर्निर्माण गर्नुपर्नेछ, जसका लागि एक वर्षअघि नै समझदारीसमेत भइसकेको छ । परातत्त्व विभाग र चीन सरकारबीच २०७२ साउन ४ मा ‘एमओयू’ भए पनि पुनर्निर्माणको अझै अत्तोपत्तो छैन ।

    महाभूकम्पले भत्काएका विभिन्न सम्पदा पुनर्निर्माण गर्न भारत, चीन, श्रीलंका, जर्मनी, अमेरिकाले एमओयू गरिसकेका छन् । केही सम्पदा बनाइदिन रुसले पनि इच्छा देखाएको छ । वसन्तपुर दरबार र नुवाकोटको साततले दरबार, त्यसवरपरका सम्पदा चीनले बनाइदिने भनेको थियो ।

    विश्व सम्पदामा सूचीकृत सम्पदाहरूको पुनर्निर्माण तत्काल सुरु नगरे सूचीबाट हटाउने चेतावनी युनेस्कोको ४०औं अधिवेशनले दिएको छ । ‘तर पुनर्निर्माणमा ढिलाइ भइरहेको छ’, पुरातत्त्व विभागका महानिर्देशक भेषनारायण दाहालले भने । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले बनाउन अनुमति दिएकामध्ये ४९ वटाको टेन्डरको काम भएको जानकारी उनले दिए । ‘एमओयू हुन्छ, तर काम खासै अघि बढ्न सकेको छैन’, विभागका डिभिजनल इन्जिनियर सम्पत घिमिरेले भने । काठमाडौं उपत्यकाको पुरातात्त्विक अध्ययनका लागि अमेरिकाको दुरहाम विश्वविद्यालय र पुरातत्त्व विभागबीच २०७२ कात्तिक ३० मा ‘एमओयू’ भएको थियो । यसको पनि काम कहाँ पुग्यो भन्ने अत्तोपत्तो छैन ।

    हनुमानढोका दरबार मात्र होइन, वसन्तपुरको नौतले दरबार र यसवरपरका अरू ४ दरबार बनाइदिन चीनले २०७२ भदौ २४ मा सम्झौता गर्‍यो । सम्झौताको ११ महिना पुग्दा पनि पुनर्निर्माण सुरु भएको छैन । उपत्यकाभित्र वसन्तपुर, पाटन र भक्तपुर दरबार विश्व सम्पदामा सूचीकृत छन् । हनुमानढोका दरबार संरक्षण अड्डाकी कार्यकारी निर्देशक सरस्वती सिंहका अनुसार उपत्यकाका तीनमध्ये सबभन्दा बढी क्षति वसन्तपुर दरबारमा भएको छ ।

    नौतले दरबार पृथ्वीनारायण शाहले बनाएका हुन् । नौतले दरबार बन्नु पहिल्यै हनुमानढोका दरबार बनेको थियो । यो लिच्छवि राजा गुणकामदेवले बाह्रौं शताब्दीमा बनाएका हुन् । मल्ल वंश सुरु भएपछि यहाँ थप मन्दिर र दरबार बने । शाहवंश शासन सुरु भएपछि पृथ्वीनारायण शाहले अग्लो भवन बनाउने क्रममा नौतले दरबार बनाएका थिए । लिच्छविकालीन काष्ठमण्डप सबभन्दा अग्लो भवनका रूपमा १२औं शताब्दीमा बनेको थियो । पछि महेन्द्र मल्लले काष्ठमण्डपभन्दा अग्लो तलेजु भवानी मन्दिर विसं. १५६४ मा बनाए ।

    तलेजु भवानीभन्दा पनि अग्लो नौतले दरबार वि.सं. १७७० मा बन्यो । वि.सं. १८८२ मा भीमसेन थापाले नौतले दरबारभन्दा पनि अग्लो धरहरा बनाए । यस क्षेत्रमा रहेका दरबार तथा मन्दिर रत्न मल्लको पालादेखि शाहवंशीय राजा पृथ्वीविक्रम शाहको पालासम्म निर्माण भएका हुन् । यहाँ तलेजु मन्दिर, जगन्नाथ मन्दिर, शिवपार्वती मन्दिर, कालभैरव, कुमारी घर, गद्दी बैठक, काष्ठमण्डपलगायत संरचना छन् ।

    यी सबै विश्व सम्पदा क्षेत्रभित्र पर्छन् । भक्तपुरमा मल्लवंशका राजा त्रिपुर दरबारबाट शासन गर्थे । यक्ष मल्लले अहिलेको तौमढी टोलछेउको दरबारबाट शासन चलाउँथे । जितामित्र मल्ल, भूपतिन्द्र मल्ल, रणजित मल्ललगायत राजाले दरबारवरपरका विभिन्न संरचना बनाएका थिए । सिंहदरबार, स्वर्णद्वार, तौमढी, न्यातपोल मन्दिर, दत्तात्रय मन्दिर, पुजारी मठ, भूपतिन्द्र मल्लको सालिक, पचपन्न झ्याले दरबार, चारधामलगायत संचरना विश्व सम्पदामा सूचीकृत छन् ।

    उपत्यकाका सहरमध्ये पाटन पुरानो मानिन्छ । पाटन सहर बरदेवले १७औं शताब्दीमा स्थापना गरेको मानिन्छ । यो क्षेत्र राजदरबार मात्र नभई प्रशासनिक केन्द्रका रूपमा समेत थियो । सिद्धिनरसिंह मल्लको पालामा भक्तपुर दरबार ठूलो बनेको थियो । उनले ललितपुरका दरबार क्षेत्र विस्तार गरेका थिए । साथै तिनलाई कलाकृतिले सिंगारेका थिए । आफ्नो इष्टदेव तलेजु भवानीलाई मन्दिरछेउमै स्थापना गरेका थिए । मूलचोक, सुन्दरीचोक, भीमसेन मन्दिर, तलेजु मन्दिर, कुम्भेश्वर, मणिकेशवनारायण चोकलगायत पाटनका संचरना पनि विश्व सम्पदामा सूचीकृत छन् ।

    राजाहरूको इष्टदेव मानिने तलेजु उपत्यकाका तीनै दरबारछेउ छन् । हनुमानढोका दरबार क्षेत्र फराकिलो भएकाले तलेजु मन्दिर दरबारबाहिर छ । भक्तपुर र ललितपुरमा चाहिँ साँघुरो क्षेत्र भएकाले तलेजु मन्दिर छेउमै छन् ।

    दरबारलाई जनताको सामान्य घरभन्दा पृथक् देखिने गरी संरचना निर्माण गरिएका छन् । दरबारको अगाडि विशाल पटांगिनी, आँगनमा मन्दिर, मूर्तिलगायत स्थापना गरिएका छन् । हनुमान, नृसिंह, तुलजाजस्ता देवताका मूर्ति दरबारभित्र/बाहिर राखिएका छन् । पृथ्वीनारायण शाहले उपत्यकामा विजय पाएपछि वसन्तपुर दरबार क्षेत्रका धेरै स्वरूप परिवर्तन गरे । भक्तपुर र ललितपुर दरबार भने पुरानै स्वरूपमा छन् ।

    राष्ट्रसंघको शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) ले विश्वका बहुमूल्य सम्पदालाई सूचीकृत गर्छ । नेपालका पनि ९ सम्पदालाई युनेस्कोले सूचीकृत गरेको छ, जसमा ७ वटा सांस्कृतिक सम्पदा र २ वटा प्राकृतिक सम्पदा छन् । तिनमा वसन्तपुर, भक्तपुर र ललितपुर दरबार क्षेत्र पनि हुन् । काठमाडौं उपत्यकाका पशुपतिनाथ, बौद्धनाथ, स्वयम्भूनाथ, वसन्तपुर, पाटन, भक्तपुर दरबार, चाँगुनारायण विश्व सम्पदा सूचीमा छन् । राजधानीबाहिरका लुम्बिनी, सगरमाथा राष्ट्रिय निकुञ्ज र चितवन राष्ट्रिय निकुञ्ज सूचीकृत छन् । थप १५ सम्पदा सूचीकृत गर्न नेपालले माग गरेको छ । विश्वका १ सय ६० देशका ९ सय ८१ सम्पदा सूचीकृत भइसकेका छन् ।

    विश्व सम्पदामा सूचीकृतमध्ये राजधानीका सबै सम्पदामा भुइँचालोले क्षति पुर्‍याएको छ । यी क्षेत्रका केहीको काम सुरु गरिए पनि मुख्य संरचना पुनर्निर्माणको अझै टुंगो छैन । विभागका महानिर्देशक दाहालका अनुसार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले बनाउन अनुमति दिएकामध्ये ४९ वटाको टेन्डर भएकोमा १७ वटा सम्पदाको काम थालिएको छ ।

    सम्पदा पुनर्निर्माण गर्न मंसिरसम्म विभिन्न देश र संघसंस्थासँग गरी १२ वटाको ‘एमओयू’ भएको विभागले जनाएको छ । गत असोज १८ मा युनेस्कोसँग हनुमानढोकामा भएको क्षतिको अध्ययन गर्ने सम्झौता, त्यही दिन विश्व सम्पदा क्षेत्रको सम्पत्ति भण्डारण गर्ने सम्झौता, ‘हेरिटेज एन्ड इन्भाइरोमेन्ट कन्जरभेसन फाउन्डेसन’ सँग चाँगुनारायणमा भएको क्षति र पुनर्निर्माण गर्ने सम्बन्धमा अध्ययन गर्न भएको सम्झौता, श्रीलंकासँग ललितपुरको बुंगमतीमा रहेको रातो मच्छिन्द्रनाथको मन्दिर र स्वयम्भूको आनन्दकुटी विहार बनाउन भएको सम्झौतालगायत छन् । यीमध्ये श्रीलंकाले भने काम सुरु गरिसकेको छ ।

    महानिर्देशक दाहालका अनुसार श्रीलंकाले आनन्दकुटी विहारका लागि २० करोड रुपैयाँ र मच्छिन्द्रनाथ मन्दिर पुनर्निर्माणका लागि ५ करोड रुपैयाँ खर्च गर्ने भएको छ ।

    सम्पदालाई युनेस्कोले महत्त्व दिए पनि देशभित्रबाट प्राथमिकता नदिइएको गुनासो दाहालले गरे । उनका अनुसार बजेट अभावले सम्पदा क्षेत्रमा प्रभावकारी काम गर्न सकिएको छैन । ‘पहिला वार्षिक बजेट १५ करोड रुपैयाँ हुन्थ्यो,’ उनले भने, ‘त्यही बजेटले देशभरका सम्पदा हेर्नुपर्थ्याे, बजेट माग्दा अर्थ मन्त्रालय हुम्ला–जुम्लामा खानेकुरा छैन, यहाँ के–को सम्पदालाई बजेट दिनु भन्थ्यो । भूकम्पपछि भने सम्पदामा चासो बढ्न थालेको छ ।’

    ‘पुरानै स्वरूपमा फर्काउनुपरेकाले ढिलाइ’
    सुशील ज्ञवाली, सीईओ, पुनर्निर्माण प्राधिकरण

    भूकम्पले ७५७ पुरातात्त्विक सम्पदा पूरै र अरू धेरै आंशिक क्षति भए । पूरै क्षतिग्रस्तमध्ये ५१ वटाको पुनर्निर्माणका लागि टेन्डर भइसकेको छ । १७ वटा निर्माण चरणमा छन् । पुरातत्त्व महत्त्वका बस्तीहरू पनि ध्वस्त भएका छन् । बस्ती नै पुनर्निर्माण गर्ने योजना पनि छ । यसका लागि भारत सरकारसँग करिब–करिब समझदारी भइसकेको छ । औपचारिक सम्झौता गर्न बाँकी छ ।

    वसन्तपुरको नौतले दरबार र नुवाकोट दरबारक्षेत्र काम गर्न चीनसँग सम्झौता भएको छ । उनीहरूले काम अघि बढाउने तयारी गरेका छन् । भक्तपुर दरबारक्षेत्रको काम जर्मन सरकारको सहयोगमा अघि बढेको छ । पुरातात्त्विक संरचना अन्य पूर्वाधार पुनर्निर्माण गरेझैं तत्कालै गरिहाल्न सक्ने अवस्था हुन्न । अर्को ठूलो समस्या कालीगढको हो । कतिपय ठाउँमा त निश्चित समुदायले मात्रै बनाउनुपर्ने बाध्यता छ । पुरानै स्वरूपमा फर्काउनुपर्ने भएकाले ढिलाइ भएको हो ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    सोमबार, साउन २४, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.