×
सोमबार, भदौ २९, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ११ सयले घट्याे
  • ४ घण्टा अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ६ घण्टा अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • ६ घण्टा अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • १ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • १ दिन अघि

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • १ दिन अघि

सुन ताेलामा १२ सयले बढ्याे
  • १ दिन अघि

बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

बूढीगण्डकीले दस घर बगायो

  •  
  • बिहिबार, साउन २०, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    बूढीगण्डकीले बगाएको गोरखा जगत गाउँको बगरटोल ।अन्नपूर्ण

    शिवप्रसाद उप्रेती

    गोरखाः निरन्तरको वर्षाले गोरखाको सिर्दिबास-१ जगत गाउँका १० घर बगाएको छ । बूढीगण्डकीले धार परिवर्तन गरी गाउँतिर कटान गर्न थालेपछि जगतको बगरटोलको पूरै विस्थापित भएको छ ।

    ‘तीन दिनयता १० घर बगायो’, स्थानीय लक्ष्मण घलेले भने, ‘हामी माथि भीरपाखामा त्रिपाल टाँगेर बसेका छौं ।’ उनका अनुसार आइतबार पूर्णबहादुर गुरुङको घर बगाएको थियो । त्यसयता बेलबहादुर लामा, अभिषेक लामा, कृष्णबहादुर लामा, विशाल हिमाली घले, दिलमाया गुरुङ, विशाल गुरुङ, कमानसिंह घले, मानबहादुर गुरुङ र धनबहादुर गुरुङको घर बगाएको छ ।

    सोमबार राति विशाल हिमाली घलेको घर बगाएको उनले बताए । ‘मेरो छोरा विशालको तीनवटा होटेल थिए । हिजो राति सबै बगायो’, उनले भने, ‘अरू दुईवटा होटेल पनि बगायो ।’ नौ दस दिनदेखि बूढीगण्डकी बगरटोलतर्फ नजिकिएको थियो ।

    जगत मनास्लु ट्रेकिङ क्षेत्रको मुख्य बजार हो । यहाँ मनास्लु क्षेत्रमा उडान गर्ने हेलिकोप्टरले तेल भर्ने बिसौनी पनि थियो । ‘बूढीगण्डकीले हेलिप्याड पनि लग्यो’, अर्का स्थानीय राजेन्द्र कार्कीले भने, ‘गण्डकीले घर भत्काउन थालेपछि गाउँलेले घरको काठपात, जस्ता डोरीले बाँधेर तान्दै जोगाएका छन् । त्यही जस्ता र काठपातले टहरो बनाएर पखेरोमा बसेका छन् ।’ जगतको माथिल्लो टोलमा २५ घर छन् । त्यहाँसम्म भने गण्डकी पुग्न सकेको छैन । बगरटोल नयाँ बस्ती हो । यहाँ करिब १५ वर्षयता बसोबास गर्न सुरु भएको हो ।

     

    गाउँनै खाली हुने गरी बूढीगण्डकी पसेपछि गाउँलेको अलापबिलाप भएको अर्का स्थानीय सरिता घले बताउँछिन् । ‘गाउँलेको बिलाप भयो । सरकारले देखेन’, उनले भनिन्, ‘साउन १२ गतेदेखि गण्डकी गाउँतिर आएको हो । धमाधम घर बगाएको छ । तर हाम्रो कुरा सरकारले थाहा पाएन ।’ जगत चौकीका प्रहरी भने आइपुगेको उनले बताइन् । ‘प्रहरी दिनदिनै आउँछन्’, उनले भनिन्, ‘उनीहरूले पनि के गर्ने हो र ? तपाईँहरूलाई खतरा छ । यहाँ नबस्नू मात्र भनेर जान्छन् ।’ गाउँलेहरू गत वर्षको राहतको भरमा रहेको उनले बताइन् ।

    बूढीगण्डकी गाउँमा पसेपछि स्थानीयवासी त्रासमा छन् । ‘रातभरि निद्रा लाग्दैन’, सरिता भन्छिन्, ‘गाउँलेहरू उठ्दै गण्डकीतिर लाइट बालेर हेर्दै रात बिताउँछन् ।’ केटाकेटीहरू टहरोभित्र पस्न पनि डराउने उनले बताइन् ।
    सदरमुकामबाट ३० कोस दूरीमा रहेको जगत हिमालपारि पर्ने गाउँ हो । यो वर्ष बाटो बिग्रिएका कारण खच्चड हिँड्न सकेका छैनन् । सामान ढुवानीको एक मात्र विकल्पको रूपमा रहेको खच्चड पनि नहिँड्दा उनीहरूलाई खानेकुराको अभाव भएको लक्ष्मण घलेले जानकारी दिए ।

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, साउन २०, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ११ सयले घट्याे
    नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ११ सयले घट्याे

    • २. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    • ४. शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु

    • ५. गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते

    • ६. रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते

    • ७. सुन ताेलामा १२ सयले बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ३. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.