×
सोमबार, भदौ २९, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ११ सयले घट्याे
  • ३ घण्टा अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ५ घण्टा अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • ५ घण्टा अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • १ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • १ दिन अघि

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • १ दिन अघि

सुन ताेलामा १२ सयले बढ्याे
  • १ दिन अघि

बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

‘मनकारी’ गायक बिरहीले जुटाए मष्तिस्कघात पीडिलाई सहयोग

  •  
  • सोमबार, साउन १७, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    लोक तथा दोहोरी गायक बिरही कार्की गीत मात्र गाउँदैनन् । समाजसेवामा पनि उनको नाम उत्तिकै चर्चामा आउन थालेको छ ।

    आमाको स्मृतीमा ‘फूलमाया कार्की फाउण्डेशन’ नामक संस्था नै स्थापना गरेर बिरहीले समाजसेवामा हात हालेका छन् । असाहय, अशक्त, गरिब, मानिसहरु, जेहेन्दार विद्यार्थी तथा विपत्तिमा परेका नेपालीहरुका लागि सहयोग जुटाएर विरहीले आफ्नो परिचयमा नयाँ चमक थपेका छन् ।

    केही दिन अघि मात्र मष्तिस्कघात तथा सुस्त मनस्थीति भएकी एक बालिकालाई उपचारका लागि फूलमाया कार्की फाउण्डेशनले आर्थिक सहयोग गरेर उदाहरणका पात्र बनेका छन् बिरही । दाङ घर भई चितवनको कविलास दासढुङ्गामा बस्दै आएकी ६ बर्षिया बालिका शोभा श्रेष्ठको उपचारका लागि आर्थिक सहयोग गरेको हो ।

    मष्तिस्कघातबाट पिडित रहेकी बालिकाको घरको आर्थिक अवस्था पनि निकै कमजोर भएको र उपचारमा समस्या भएको जानकारी पाएपछि गायक विरही कार्की र भरतपुर अस्पताल बिकास समितीका अध्यक्ष बिजय सुवेदीले बालिकाका बाबु राजु श्रेष्ठलाई सहयोग रकम हस्तान्तरण गरेका हुन् ।

    श्रेष्ठका दुई छोरीहरु मध्ये जेठी छोरी शोभा जन्मिए देखि नै मष्तिस्कघात तथा सुस्त मनस्थीति सम्वन्धि समस्याबाट पीडित बन्दै आएकी छिन् । आमा समेत नभएका २ छोरीलाई बाबु राजुले एक्लै हेरचाह र स्याहार सुसार गर्दै आएका छन् ।

    ‘उपचारमा थोरै भएपनि राहत होस उपचारमा टेवा दिन सकियोस् र सहयोगको भावना जागृत होस् भनेर बालिकाको उपचारका लागि सहयोग गरेको हुँ’ गायक तथा फूलमाया कार्की फाउण्डेशनका अध्यक्ष बिरही कार्कीले भने, ‘आगामी दिनमा पनि यस्ता सामाजिक कार्यलाई निरन्तरता दिन्छु ।’

    कार्कीले बालिकाको थप उपचारका लागि समेत चिकित्सकहरूसँग आवश्यक परामर्श गरि सहयोग गर्ने सो अवसरमा वचन दिए । शोभाको दुवै हात खुट्टा चल्न सक्दैनन् भने उनले दिसा पिसाव आएको समेत थाहा पाउदिनन् ।

    सहयोग रकम हस्तान्तरण कार्यक्रममा बोल्दै भरतपुर अस्पताल बिकास समिती अध्यक्ष बिजय सुवेदीले सहयोग गर्न सक्ने मानिसहरूले विपन्न, असहाय र अशक्त नागरिकहरूको उपचारमा सानो सानो भएपनि सहयोग गर्न सके, त्यसले ठुलो राहत मिल्ने वताए ।

    बालिकाका बाबु राजु श्रेष्ठले आर्थिक अवस्था निकै कमजोर भएका कारण छोरीको उपचार गराउन नसकेको, आमा पनि नभएकोले हेरचाह गर्न समेत समस्या भएको वताए ।

    फूलमाया कार्की फाउण्डेशनका तर्फबाट मकवानपुरको डाडाँखर्ककी एक चेपाङ बालिका मुना चेपाङलाई रू ५० हजार बराबरको अक्षय कोष बनाएर पढाउदै आएको गायक कार्कीले जानकारी दिए ।

    गायक तथा संकलक कार्कीले आफ्नी दिवंगत आमाको स्मृतीमा गत असार ८ गते फूलमाया कार्की फाउण्डेशन स्थापना गरि सामाजिक सेवा गर्दै आएका छन् ।

    imagekhabar

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    सोमबार, साउन १७, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ११ सयले घट्याे
    नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ११ सयले घट्याे

    • २. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    • ४. शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु

    • ५. गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते

    • ६. रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते

    • ७. सुन ताेलामा १२ सयले बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ३. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.