तस्बिर :– गुगल
कैलासबावु श्रेष्ठ/गोरखा
श्राबण १७ गते । गोरखा जिल्लाको खरीबोट गाउँ बिकास समिति वडा नम्बर २ को केप्रुङ्ग भन्ने स्थानमा गाई काटी मासु बिक्री गरी गरेको आरोपमा दुई जनालाई नेपाल प्रहरीले पक्राउ गरी कानूनी कारवाही थालेको छ ।
जिल्ला प्रहरी कार्यालय गोरखाले दिएको जानकारी अनुसार जिबित गाईलाई काटी मासु बिक्री गरीरहेको अबस्थामा केप्रुङ्गकै १७ बर्षका सोम बहादुर नेपाली र २५ बर्षका भगवान कामीलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेको कामी र नेपालीको साथबाट केही गाईको मासु समेत बरामद भएको जानकारी दिएको छ । पक्राउ परेका दुबैलाई गौ बध को मुद्वा दर्ता गरी थप अनुसन्धान भै रहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी गराएको छ ।
गोरखाको पश्चिम उत्तरी क्षेत्र प्राय बर्षेनी गाई काटेर मासु खाने चलन परापूर्ब काल देखी चली आएको भएता पनि यो कार्यलाई रोक्न अहिले सम्म प्रहरी सफल हुन सकेको छैन ।




















