×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ७ मिनेट अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ३ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ५ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ५ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ५ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ५ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ६ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

काष्ठमण्डपमुनि के छ ?

  •  
  • शनिबार, असार १८, २०७३ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    हिमेश, काठमाडौं
    गतवर्षको भूकम्पमा परी ध्वस्त भएको काष्ठमण्डपको फाइल तस्बिर । अहिले यसको भौतिक स्वरूप ‘ग्राउन्ड जिरो’ को स्थितिमा छ ।

    असार १८, २०७३- नेपालको प्राचीन इतिहास किम्वदन्तीसँग कति बेला जोडिन्छ र कति बेला छुट्टिन्छ, ठोकुवा गर्न गाह्रो छ । जति बेला जनश्रुति ऐतिहासिक रूपमा सत्य देखिने सम्भावना हुन्छ, त्यो अद्वितीय हुन्छ । काठमाडौंबारे पनि यस्ता धेरै जनश्रुति पाइन्छन् र तीमध्ये अधिकांश अलौकिक र रहस्यमय छन् । यस्तै एउटा रहस्यका रूपमा छ, काष्ठमण्डप । एक वर्ष अगाडिको भूकम्पले पूर्णत: क्षतिग्रस्त काष्ठमण्डपबारे यस्तै रहस्य खुल्ने सम्भावना बढेको छ ।

    काष्ठमण्डपबाटै काठमाडौंको नाम रहन गएको मानिन्छ । यसको प्राचीन नाम ‘मरुसत:’ हो । काष्ठमण्डप विशाल सत्तल हो । यो तीनतल्ले मन्दिरका स्वरूपमा थियो । एउटै विशाल रूखको काठबाट यसको निर्माण भएको विश्वास गरिन्छ । पछिल्लो भूकम्पले यो पाताल हुने गरेर भत्किएको छ । अहिले यसको भौतिक स्वरूप ‘ग्राउन्ड जिरो’ को स्थितिमा छ । नब्बे सालको भूकम्पले भने यसमा कुनै नोक्सानी पुगेको थिएन ।

    पछिल्लो भूकम्पले पुर्‍याएको क्षतिपछि गरिएका अनुसन्धानले धेरै रोचक तथ्य अझै गर्भमै रहेको खुलासा भएको हो । अहिलेसम्म भएका अनुसन्धानले जति पनि जानकारी अगाडि आएको छ, ती पुराना जनश्रुतिसँग धेरै हदसम्म मेल खाने खालका छन् । काष्ठमण्डपको छेउमै छ, एउटा डबली । यसलाई स्थानीय रूपमा ‘मरु दबु’ भनिन्छ । यसैभित्र इतिहासको विशाल भण्डार रहेको जनश्रुति धेरै अगाडिदेखि कायम थियो ।

    त्यसको विस्तृत अनुसन्धानले अब काठमाडौंबारे धेरै प्राचीन जानकारी प्राप्त हुने सम्भावना छ । केही महिनाअघि त्यहाँ ‘जीपीआर’ प्रविधिले सर्वेक्षण गरिएको थियो र त्यसक्रममा त्यसभित्र पुरातात्त्विक अवशेष रहेको संकेत प्राप्त भएको हो । यसले इतिहासकार र पुरातत्त्वविद् उत्साहित भएका छन् । जीपीआर प्रविधिमा जमिनमुनि इलेक्ट्रोम्याग्नेटिक वेभ प्रसारण गरिन्छ र त्यसको मद्दतले त्यहाँ के रहेको हुन सक्छ भन्ने तथ्य थाहा हुन्छ ।

    यस प्रविधिको मद्दतले जमिनमुनि पाँच मिटरसम्म रहेको वस्तुको तस्बिर खिच्न सकिन्छ । जनश्रुतिसँगै आफ्नो अनुसन्धान र अध्ययनको मद्दतले बौद्ध विद्वान् यज्ञमानपति वज्राचार्यले केही वर्षअगाडि नै काष्ठमण्डपको निर्माण तान्त्रिक ढंगले भएको बताएका थिए ।

    ‘अहिले मैले जति पनि दाबी गरें, ती सत्यताको नजिक पुगेका छन्,’ उनले शुक्रबार कान्तिपुरलाई भने । उनको दाबी छ, ‘काष्ठमण्डपको निर्माण परम्परागत वज्रयानी बौद्ध धर्मको आधारमा भएको थियो ।’

    काष्ठमण्डप भत्किएपछि अहिलेसम्म गरिएको अनुसन्धानमा यो वज्रयानी बौद्ध शैलीमा छ, यहाँ शून्यताको प्रतीक प्रयोग भएको, ३६ वटा तान्त्रिक प्रतीकात्मक खम्बा भेटिएका छन् । जनश्रुतिले के भन्छ भने काष्ठमण्डपको निर्माण एउटै रूखबाट भएको थियो । काष्ठमण्डप बनिसकेपछि पनि काठ भने बाँकी थिए ।

    त्यसैको मद्दतले एउटा अर्को सतल पनि निर्माण भएको थियो । त्यसपछि पनि बाँकी रहेका काठ काष्ठमण्डपसँगै छेउमा गाडिएको थियो । त्यसमाथि डबली बनाइयो र यो नै मरु डबली हो । वज्राचार्यको दाबी छ, ‘काष्ठमण्डपको निर्माण प्राचीन तान्त्रिक लीलावज्रले गरेका थिए ।’ यसबारे लामो समयदेखि अनुसन्धान गरिरहेका सम्पदाविद् सुदर्शनराज तिवारी पनि के मान्छन् भने काष्ठमण्डप कसरी बनेको थियो, यसको नक्सा, यसमा प्रयोग भएको विधि सबै सम्भवत: यही मरु डबलीको गर्भमा रहेको हुनुपर्छ । अहिले कम्तीमा जीपीआर प्रविधिले त्यसभित्र काठ रहेको देखाएको छ ।

    यी सबै तथ्य बाहिर आएपछि काष्ठमण्डपबारे लामो समयदेखि अनुसन्धान गरिरहेका एकाराम सिंह पनि उत्साहित छन् र उनी यसबारे गम्भीर अनुसन्धान र उत्खनन आवश्यक रहेको मान्छन् । उनी भन्छन्, ‘मरु डबलीमा काठमाडौंबारे धेरै रहस्य लुकेको हुनुपर्छ ।’

    काष्ठमण्डपको निर्माण आठौं शताब्दीमा भएको मानिन्छ र तान्त्रिक लीलावज्र त्यही समयका थिए । तर यो समयलाई नेपाली इतिहासमा अन्धकार युग मानिन्छ, किनभने यसबीचको समयका ऐतिहासिक सामग्री उपलब्ध छैनन् । अहिलेसम्मको अनुसन्धानले पनि काष्ठमण्डपमा प्रयोग भएका माटो आठौं शताब्दीको रहेको मानेको छ । काष्ठमण्डपको प्राचीन पहिलेदेखि नै रहस्य रहेको थियो । महर्जनका अनुसार तिब्बतको साक्यपा गुम्बामा रहेको एक प्राचीन बौद्धग्रन्थममा ‘काष्ठमण्डप’ बारे उल्लेख छ ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, असार १८, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.