×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • ४१ मिनेट अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ५ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • १० घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १० घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १० घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ११ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

कतारमा ४ वर्ष काेमामा रहेका कालुकी श्रीमतीले भनिन्, ‘श्रीमान् भेट्दा के खुसी के दु:खी ?’

  •  
  • बिहिबार, असार १६, २०७३ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    असार १६, २०७३- ग्लोबल अस्पतालको कोठा नम्बर २ मा आफ्ना पति कालुको अनुहार हेर्दा हेर्दै बेलगानी गुरुङको आँखा रसाएर आयो । रुँदारुँदै थाकेजस्तो देखिने उनले पतिलाई धेरै बेरसम्म बोलाइरहिन् । बदलामा उनका पतिले सुस्तरी टाउको मात्रै दायाँबायाँ गरिरहे । आँखाको भाकाले चिनेजस्तो गरे, त्यसपछि कोल्टे फर्किरहे ।

    आफ्नो लोग्नेलाई ज्युँदै देख्न पाउँदा खुसी हुनुपर्ने हो कि दु:खी ? बेलगानीले केही खुट्याउन सकिनन् । खुसी भइन् किनकि, चार वर्ष कतारको हमाद अस्पतालको कोमामा बसेका श्रीमान फर्केका छन् । दु:खी भइन् किनकि, ठमठम्ती हिँड्न र बोल्न पनि नसक्ने, प्रतिक्रिया जनाउन पनि नसक्ने, हात खुट्टा चलमलाउन पनि नसक्ने र ओछ्यानमै दिसापिसाब गर्ने अवस्थामा फर्केका छन् । बेलगानीले देब्रे नाडीले आँसु पुछदै भनिन्, ‘के खुसी के दु:खी ?’

    २०६८ साउन १ मा कतार पुगेका कालु काम थालेको चार महिनापछि नै अस्पतालको कोमामा पुगेका थिए । के कस्तो दुर्घटनामा परेर उनी अस्पताल पुगेका हुन्, परिवारका सदस्यलाई अहिलेसम्म थाहा छैन् ।

    तर अस्पताल पुगेपछि उनको होस कहिल्यै फर्केन । बिरामीको स्वास्थ्यमा सुधार नभएको तर अवस्था स्थिर रहेपछि अस्पतालले केही महिनायता कतारस्थित नेपाली दूतावासलाई आफ्ना नागरिक स्वदेश फर्काउन दबाब दिइरहेको थियो । हमाद अस्पतालमा कालुजस्तै अचेत अवस्थामा रहेको अन्य एक दर्जनभन्दा धेरै बिरामीलाई अस्पताल प्रशासनले नेपाल फर्काउन खोजिरहेको छ । कालुसँगै बाँकेका हरिबहादुर बस्नेतलाई पनि अस्पतालले मंगलबार फर्काएको हो ।

    कालुका छोरा वीरबल, दुई दिदी र आमा कोमाबाट फर्केका कालुलाई लिन गोरखा सौरपानी–७ बाट काठमाडौं आएका छन् । विमानस्थलमा बालाई देख्दा आमाले मन थाम्न नसक्लिन् भनेर वीरबलले आमालाई एकैचोटि अस्पताल लिएर गए । दुर्घटनाको पाँच महिनापछि मात्रै खबर पाएकी बेलगानीले भनिन्, ‘अब मेरो बुढा के हुन्छ ? सन्चो हुन्छ कि यस्तै हो ?’

    पराई भूमिमा लोग्ने अचेत भएको खबर पाएपछि क्रिश्चियन धर्म मान्ने बेलगानीले चर्चमा गएर कैयनपटक प्रार्थना गरिन् । सपनामा पनि उनी ठमठम्ती हिँडेको लोग्नेलाई देख्थिन् । त्यतिबेला लाग्थ्यो, बुढा पक्कै सन्चो भएर आउँछन् ।

    काठमाडौंमा राखेर उपचार गर्न सक्ने आर्थिक हैसियत उनको छैन । बेलगानीले भनिन्, ‘अब केही दिन अस्पताल राखेर घरै लैजान्छौं । जे होला घरमै होला ।’ गोरखाको सदरमुकामबाट पाँच घण्टा गाडी र एक घण्टा हिँडेपछि मात्रै कालुको घर पुगिन्छ ।


    हरिबहादुर बस्नेत

    कालुसँगै आएका बर्दियाका हरिबहादुर बस्नेत पनि सोही अस्पतालको एक नम्बर कोठामा अचेत छन् । कालुको जस्तै उनी पनि बोल्न, प्रतिक्रिया जनाउन सक्दैनन् । कालुको जस्तै उनलाई पनि पिसाब फेर्ने पाइप र अतिरिक्त श्वासप्रश्वासका निम्ति मेसिनको जरुरत पर्छ ।

    २०६७ असारमा कतार पुगेका हरि २०६८ असारमा ड्युटीबाट फर्केपछि अचानक बेहोस भएका थिए । लगत्तै उनलाई अस्पताल लगिए पनि होस फर्केन ।

    तीन सन्तान स्याहारेर बसेकी पत्नी दीपा पतिलाई लिन बर्दिया मगरागढी ८ रम्भापुरस्थित घरबाट १३ असारमा काठमाडौं आइन् । हल न चलको अवस्थाका लोग्नेलाई अब के गर्ने, दीपाले सोचिसकेकी छैनन् । वर्षौंपछि पतिलाई देख्न पाउँदा पनि उनी खुसी थिइनन् । खुसी हुन् पनि कसरी, घर परिवार धान्ने मान्छे नै हल न चलको बिरामी अवस्थामा फर्किएको छ ।

    उनले भनिन्, ‘वहाँ जाँदाकै ऋृण तिरिसकिएको छैन । उपचारका निम्ति रकमको अभाव छ ।’ बिरामीका आफन्त शेरबहादर बस्नेतले आफ्नै जिल्लाको कोहलपुर मेडिकल कलेजमा लैजानका निम्ति पहल भइरहेको सुनाए । उनले भने, ‘यहाँ कसरी खर्च धान्नु ?’

    परराष्ट्र मन्त्रालयले कतारको अस्पतालमा कोमामा रहेका नेपालीहरूको अवस्था शीर्षकको प्रतिवेदनमा कालु र हरि दुवैले कानुनत: क्षतिपूर्ति पाउने अवस्था नरहेको उल्लेख छ । हमाद अस्पतालले दुवै बिरामीको निम्ति क्रमश: २० र १७ हजार दिराम सहयोगस्वरूप पठाइदिएको छ । हमाद अस्पतालले बिरामी पुर्‍याउनका लागि एक जना डाक्टर र दुई जना स्टाफ नर्स पनि पठाइदिएको छ । तिनीहरू केही दिन बसेर फर्किनेछन् ।

    कमजोर आर्थिक अवस्थामा रहेका बेलगानी र दीपा दुवैसँग अब के गर्ने भन्ने स्पष्ट योजना छैन । वर्षौं उपचार गर्दा पनि केही नभएको लोग्नेलाई कसरी सन्चो पार्ने ? दुवैसँग कुनै उत्तर छैन । वैधानिक तवरमा गएका नेपाली कामदार वर्षौंसम्म कोमामा बसेर फर्किएकोबारे वैदेशिक रोजगार प्रवद्र्धन बोर्ड बेखबर छ । कतारको दोहास्थित नेपाली दूतावासले दुवै कामदारलाई घर फर्किन ट्राभल डकुमेन्ट भने तयार पारिदिएको थियो ।

    वैदेशिक रोजगारीको सिलसिलामा अंगभंग भएकालाई वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले उपचार खर्चबापत तीन लाख रुपैयाँ दिने व्यवस्था छ । तर विदेशी अस्पतालमा वर्षौं कोमामा बसेकाई के गर्ने भन्ने स्पष्ट कानुनी व्यवस्था छैन ।

    बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्ले भन्छन्, ‘कानुनी व्यवस्था जटिल भए पनि श्रम स्वीकृति भएकै वर्षभित्र बिरामी भएको पुष्टि हुने कागजात भयो भने तीन लाख रुपैयाँ सहायता दिन सकिन्छ ।’ कालु र हरि दुवै वैधानिक रूपमा कामका लागि गएका हुन् ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, असार १६, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.