×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ३ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ६ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ८ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ८ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ८ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ८ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

भूकम्पपीडितका उजुरीको चाङ

  •  
  • सोमबार, असार ०६, २०७३ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    असार ५, २०७३- अनुदान लाभग्राहीको तथ्यांक संकलन गर्न आएका इन्जिनियरले घूस मागेको च्याङ्ली गाविसका पीडितले जिल्ला प्रशासनमै आएर उजुरी गरे ।

    इन्जिनियरले पक्षपात गरेर सक्कली पीडितको नामावली छुटाएको उनीहरूको गुनासो थियो । स्थानीय स्वास्थ्यकर्मीमार्फत घूस मागेको उजुरीबारे छानबिन नै भएन । केराबारी गाविसका बासिन्दाले पनि अधिकांश पीडितको नामावली छुटेको जिविसमा जानकारी गराए । केन्द्रविन्दु बारपाकमै पीडित छुटेको भन्दै निवेदन परेको छ ।

    हरेक गाविसबाट अनुदान लिनबाट वास्तविक पीडित वञ्चित भएको गुनासो दिनानुदिन बढ्दो छ । पुनर्निर्माण चाँडो सुरु गर्न जिल्लाभर नै अनुदान सम्झौता टोलीसँगै पीडितको गुनासो संकलन गर्ने टोली परिचालन गरियो ।

    ताप्ले गाविसका पीडित गुनासो दर्ता गरेर मात्रै अनुदान सम्झौता गर्न तयार भएनन् । उनीहरूले शुक्रबार गाविसको कार्यालयमा तालाबन्दी नै गरे । लाभग्राही सूचीमा नाम छुटेका पीडितले तालाबन्दी गरेको गाविसका सचिव घनश्याम ढकालले बताए । त्यहाँका बासिन्दाले पहिले गुनासोको छानबिन हुनुपर्ने माग राखेका हुन् । नक्कली पीडितले लाभग्राही सूचीमा नामावली भएको तर सक्कली पीडित छुटेकाका कारण गाविसमा काम गर्न गाह्रो भएको अधिकांश सचिवको भनाइ छ ।

    सचिवमार्फत वितरण गरिएको रातो कार्ड नक्कली पीडितले पनि पाएको बताउँदै निजी घर क्षतिको लगत संकलन गर्न गैरसरकारी संस्थाका इन्जिनियर परिचालन गरिएको थियो । उनीहरूले संकलन गरेको तथ्यांकमा पनि प्रशस्तै त्रुटि भेटिएको पीडितको गुनासो छ । इन्जिनियरहरूले जिल्लाभर ५८ हजार दुई सय ५० निजी घरको अनुदान पाउन योग्य भनेर सूची तयार पारेका थिए । ६० गाविस र दुई नगरपालिकामध्ये २६ गाविस र पालुङटार नगरपालिकाका २६ हजार एक सय २३ परिवारसँग अनुदान सम्झौता सकिएको छ । त्यहाँबाट १० हजार सात सय ३१ पीडितले उजुरी गर्दा गराएका जिल्ला प्राविधिक कार्यालय प्रमुख सहदेवबहादुर भण्डारीले जानकारी दिए ।

    गाविस सचिवहरूले घरधुरी संख्या बराबरै रातो कार्ड वितरण गरेका थिए । ०६८ को जनगणनाअनुसार जिल्लामा ६६ हजार पाँच सय १६ घरधुरी छन् । गाविसमार्फत ६६ हजार एक सय ४४ पीडितले रातो कार्ड पाएका थिए । अझै पनि छुटेको भन्दै पीडितको निवेदन आउने क्रम जारी रहेको भण्डारीले बताए ।

    ‘१३ महिना पीडितको लगत संकलन गर्दैमा बित्यो,’ उनले भने, ‘अझै टुंगो लाग्ने छाँट देखिएको छैन ।’ उजुरीसहित जोडेर हेर्दा जिल्लाको घरधुरीको संख्याभन्दा पीडित बढी हुने निश्चित भएको छ । सम्झौता बाँकी भएका हरेक गाविसबाट गुनासो टोलीसँग कम्तीमा एक सय पीडितले उजुरी दिएका छन् ।

    रातो कार्ड नक्कली पीडितले पनि पाएको तथ्य भेटिएपछि छानविन समिति गठन गरिएको थियो । समितिले काम नसक्दै इन्जिनियर टोली खटाएर तथ्यांक संकलन गर्दा झनै भद्रगोल भएको हो ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    सोमबार, असार ०६, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
    गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर
    गोरखामा बेबारिसे महिलाकाे शव फेला
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.