फोटो अमित बावु श्रेष्ठको फेसबुक बाट
बिकास मरहट्टा/गोरखा
असार ४ गते । आज दिउसो गोरखा नगरपालिका वडा नम्वर ८ बिरेन्चोक बजारमा भएको ट्रिपर दुर्घटनामा चालक र सहचालक घाइते भएका छन् ।
गोरखा सदरमुकाम बाट १२ किलो तर्फ जादै गरेको बा. ३ ख ९० नम्वरको ट्रिपरले नियन्त्रण गुमाउदा दुर्घटनामा परी चालक धादिङ जिल्लाका आकाश तिमिल्सिना र गोरखा बिरेनचोक निवासी रामशरण रिमाल घाइते भएको जिल्ला ट्राफिक कार्यालय गोरखाका प्रमुख मिन बहादुर कुवरले जानकारी दिनुभयो ।
घाइते चालक र सहचालकको गोरखा अस्पतालमा सामान्य उपचार गरिएको छ । उनीहरु प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
ट्रिपरको ठक्करबाट गोरखा बिरेन्चोकका स्थानिय बिमल रानाको घरको सटर र पिलरमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
घरलाई ट्रिपरले ठक्कर दिए पछि क्षतिपूर्तिको माग गर्दै स्थानियहरुले केहि बेर सो क्षेत्रमा सवारी आवागमनमा अबरोध गरेका थिए । इन्जिनियरले घरको अवलोकन गरेर क्षति विविरण निकालेपछि क्षतिपूर्ति दिने सहमति भएपछि सवारी आवागमन सुचारु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
गोरखामा ट्रिपर दुरघटना, चालक र सहचालक सामान्य घाइते
गोरखामा ट्रिपर दुरघटना, चालक र सहचालक सामान्य घाइते
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु


