कैलासबावु श्रेष्ठ/गोरखा
असार ४ गते । बिनाशकारी भूकम्प पछि गोरखाको बिभिन्न स्थानमा बन्न लागेको सामुहिक आवासको निर्माण कार्य नेपाली सेनाले पाएको छ । भवन तथा आवास डिभिजन कार्यालयले बनाउनुपर्ने उत्त भवन बनाउन नसके पछि नेपाली सेनाले जिम्मा लिएर कामको थालनी गरेको छ ।
फोटो सलिना गुरुङ्गको फेसबुकबाट
अहिले सेनाले गोरखा जिल्लाको मुच्चोक, केरौजा, थुमी, स्वारा र खरीबोट गाउँ बिकास समितमा नेपाली सेनाले आफ्ना जवानहरुलाई काममा लगाई सकेको भने उता बारपाक, लाप्राक, गुम्दा, सौरपानी र घ्याचोकमा पनि नेपाली सेनाले नै सामुहिक आवास बनाने भएको छ ।
फोटो सलिना गुरुङ्गको फेसबुकबाट
भवन निर्माणको जिम्मा पाएको भवन तथा आवास डिभिजन कार्यालय गोरखाले पटक पटक टेन्डर आब्हान गर्दा पनी कुनै पनी निबेदन नपरे पछी नेपाली सेनाले उक्त कामको जिम्मा लिएको हो । सेनालाई जिल्ला दैबी प्रकोप उद्वार समितिले भबन निर्माणको जिम्मा दिएको हो ।
उक्त क्षेत्रमा बन्ने सबै सामुहिक आवासको क्षेत्र सार्वजनीक जग्गामा हुने छ । सरकारले बर्षा अघी नै भूकम्प प्रभावितहरुलाई सामुहिक आवासमा राख्ने निर्णय गरेको थियो ।
्र


