×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १३ घण्टा अघि

आज कुशे औँसी
  • १६ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १६ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १७ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • १ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

भीरमौरीको मह काढ्दाको संघर्ष (फोटो फिचर)

  •  
  • मङ्गलबार, जेठ २५, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ


    शिवप्रसाद उप्रेती

    फोटो :लाप्राकमा मह सिकार गर्दै स्थानीय। तस्बिर सौजन्यः तुलबहादुर गुरुङ
    गोरखाः लाप्राकीहरु बर्षेनी भीरमौरीको मह सिकार गर्छन्। मह सिकारलाई स्थानीय गुरुङ भाषामा ‘ओ ख्यैप’ भन्छन्।
    भीरमौरी जहाँतहीं पाइँदैन। विशेष गरी यहाँको सेबोरा, ओरातेरा, नाङराङरा, चेपोरा, तिम्ब्राङरा, यामेपुङरामा गाउँलेहरु मिलेर मह सिकार गर्ने गर्छन्। भीर(पहरा)लाई स्थानीय भाषामा रा भन्छन्।
    गतबर्ष भुकम्पले सबैको होशहवास गुम्यो। त्यसैले मह सिकारतिर कसैको ध्यान गएन। भुकम्पको घाउ बिस्तारै बिसेक हुदै गएकाले यसबर्ष भने मह सिकार गर्न पाँच महिनाअघिदेखि नै गाउँलेहरुले योजना बनाए।
    गत शनिबार साँझ गाउँलेहरु भेला भए। छलफलले मङ्गलबार बिहानै सेबो भीरमा महसिकार गर्न जाने निचोड निकाल्यो। आइतबार मह सिकार गर्न को को जाने भनेर निक्र्यौल गरे।
    सोमबार दिनभरि चोया काड्ने, चोयाको लठ्ठा बाट्ने गरे। अनि दुइटा लठ्ठाको लामो भर्याङ बनाए। आबश्यक पर्ने अरु सामग्री जुटाए।
    ‘मङ्गलबार बिहान सात बजे नै खाना खाएर सेबोरा जान हामी निस्क्यौं। भीरमा मह निकाल्न तन्त्रमन्त्र जानेका गुरु चाहिन्छ। लालबहादुर गुरुङ हाम्रो गुरु हुनुहुन्थ्यो। उहाँको नेतृत्वमा हामी गयौं।’ सो टोलीका तुलबहादुर गुरुङले भने।
    ‘१० जनाचाहिँ मह सिकारी हुन्। अरु ३३ जना पनि टोलीमा थिए। कसैले चोयाको डोरीको भर्याङ बोकेका थिए। कसैले मह काडेर राख्ने बास्केट बोकेका थिए। कसैले मह काड्ने दाबिलो बोकेका थिए। जापानीहरु पनि दुई जना थिए। डकुमेन्ट्री बनाउन आएका रहेछन्।’
    उनीहरुलाई सेबोभीर पुग्न दुई घण्टा लाग्यो। ४८ बर्षे लालबहादुर मह सिकार गर्न अति सिपालु मानिन्छन्। त्यसदिन पनि कुशलतापूर्वक महसिकार गरे।  ‘पहिला गुरुले भीरको टुप्पामा सिमेभुमेको पूजा गरे। बायुको पूजा गरे। वनजंगलको उँडुवा, डुलुवाको पूजा गरे।
    देवता पितृको पनि पूजा गरे। धुप बाले। प्रार्थना गरे। अनि सबैको सहयोग लिएर गुरुले लठ्ठालाई भीरको माथि रुखमा बाँधेर भीरमा झुण्ड्याए। लठ्ठामा भर्याङ पनि बनाइएको हुन्छ। त्यो भर्याङलाई भीरबाट तल झारे’ तुलबहादुरले भने ‘भीरको फेदमा जाने अरु बाटो नभएर गुरु र अरु १० जना भर्याङ-भर्याङै तल झरे।
     तल झरेकाहरुले पहराको फेदमा जयु(स्थानी बनस्पतिको नाम)को स्याउला पोले। जताततै धुवाँ उड्न थाल्यो। मौरी गोला छाडेर पाखा लाग्यो। अनि गुरुले धमाधम मौरीको चाका काटेर बास्केटमा हाल्न थाले।
    गुरुले मह काड्ने, अरुले त्यसलाई साथीहरु भएको ठाउँमा पुर्याउने गर्न थाले।’ बाँकी रहेकाहरुले चाका निचोरेर मह बनाउन थाले। दिनभरि काडेको मह करिब ५० लिटर जति भएको उनले बताए। सहभागी भएका सबैले डेढ-डेढ लिटर मह पाए।
    ‘दिउसो खाने खाजा पनि घरबाटै लगेका थियौं। खाजा पनि त्यहीं खायौं। कोहीले भोको पेटमा मह खाए। भीर मौरीको मह एकदम लाग्छ। मह लागेर बेहोश भएका तीन जनालाई त बोकेर घर ल्यायौं। हामी त्यहाँबाट निस्कँदा बेलुकी सात बजेको थियो।’

    तस्बिरहरु:  शिवप्रसाद उप्रेती

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, जेठ २५, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.