×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ८ मिनेट अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ३ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ५ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ५ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ५ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ५ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ६ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

भूकम्प र भ्रष्टाचार : अमानवीयताको उत्कर्ष

  •  
  • बुधबार, बैशाख ०८, २०७३ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    भगवान खनाल
    भूकम्प जानेबित्तिकै राहत के–कसरी दिने भन्नेमा सरकार अलमलियो । तत्कालको घरबारविहीनतालाई सहजीकरण गर्न त्रिपाल खरिद गरी केही कदम चालियो । यस्तो प्रारम्भिक कदममात्र के चालिएको थियो, मौका परे घोटाला गर्न सेकन्ड बाँकी नराख्ने सरकारी अधिकारी र व्यवसायीको मिलिभगत्मा ‘त्रिपाल काण्ड’ मच्चियो । मन्त्रालयदेखि बजारसम्म हंगामा भयो । जसलाई लक्षित गरेर कार्यक्रम सुरु गरिएको थियो, उनीहरूले लाभ पाउनुपर्नेमा खरिदबिक्रीमा संलग्न हुनेहरूले पो ज्यान बनाए ।

    ज्वलन्त उदाहरणस्वरूप चैत २६ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं महानगरपालिकाका तत्कालीन प्रमुख, हाल सार्वजनिक खरिद अनुगमन कार्यालयमा कार्यरत सहसचिव पूर्णभक्त तण्डुकारसहितलाई भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको छ । उनीहरूसँगै क्षितिज टे«ड इन्टरनेसनल र न्यू चौधरी टे«र्डसका सञ्चालकलाई पनि मुद्दा दायर गरेको छ । यसअघि त्रि    पाल खरिद काण्डमै सहरी विकास मन्त्रालयका केही अधिकारीमाथि मुद्दा दायर भइसकेको छ ।

    यसैगरी भूकम्पपीडितलाई राहत दिन धेरै अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूको बाढी लाग्यो । उनीहरूले आफैं फिल्डमा खट्नेदेखि, स्थानीय साझेदारका रूपमा थुप्रै राष्ट्रिय तथा स्थानीय गैरसरकारी संस्थाहरूलाई काम दिए । ती सबै संस्थाको ‘हाइफाइ’ अहिले गतिलै चलिरहेको छ । एनजीओ÷आइएनजीओहरूको प्रोफाइल बढाउन भूकम्प एउटा माध्यम बन्यो । सरकारले गैरसरकारी संस्थाहरूको मनपरीलाई रोक्न ‘वान डोर सिस्टम’ले काम गर्ने वातावरण मिलायो, जुन सराहनीय हो ।

    नेपालको भूकम्पलाई सहयोग गर्न सरकारदेखि व्यक्तिले देशदेखि बाहिरसम्म याचना गरे । नेपालले दाता सम्मेलनको आयोजना गरी सहयोगी हातहरूको खोजी गर्यो । सम्मेलनमा दाताहरूले ४ खर्ब ४ अर्ब रुपैयाँबराबरको सहयोग दिने प्रतिबद्धता जनाए, विश्व बैंक, एसियाली विकास बैंकसहितका केही दाताले तत्कालै सहायता रकम निकासा पनि गरे । यसैगरी केही अन्तर्राष्ट्रिय संस्थाले छुट्टै रूपमा अर्बौं रुपैयाँबराबरको सहयोग संकलन गरेको समाचार पनि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूमा आयो । यसरी व्यक्तिगतलगायत संस्थाले संकलन गरेको रकमलाई राज्यको ढुकुटीमा जम्मा गरेर पैसा दुरुपयोग रोकियोस् भनेर सरकारले सहायता खातालाई ‘एयरमार्क’ गर्ने व्यवस्था मिलाए पनि त्यो प्रभावकारी हुन सकेन । विभिन्न माध्यमबाट गरी प्रधानमन्त्री कोषमा अर्बौं रुपैयाँ सञ्चित भयो । सवाल के भने पैसा संकलन गर्ने र सञ्चित गरेर मात्र राखेर के गर्ने ? १ वर्षको अवधिमा भूकम्पपीडितले आफूले जति गरे–गरे ः घर पुनर्निर्माणलगायतको काममा, राज्यले भने ठोस रूपमा आजपर्यन्त सहयोग गर्न सकेको छैन । भलै, २ लाख रुपैयाँ बाँड्ने कामचाहिँ सुरु भएको छ । यसले पक्कै पनि एउटा सन्तोषजनक परिणाम ल्याउला । यसअघि पनि १५ हजार र १० हजार वितरण गरेर केही मल्हम लगाउने प्रयास सरकारले नगरेको होइन ।

    भूकम्प आउनु–जानु र क्षति हुनु एउटा ‘दुःखद पाटो’ रहेछ भने विपद् व्यवस्थापनको नाममा ‘गरी खानु’ सुःखद पक्ष रहेछ । भूकम्पपछिको विपत् व्यवस्थापनमा लागेकाहरूको कमाइ र जीवनशैलीमा आएको परिवर्तनको तुलनामा पीडितको परिवर्तन नगण्य छ । यसरी कसरी आउँछ आर्थिक समृद्धि ?

    भूकम्पपछिको पुनर्निर्माणमा गठन भएका सरकारी वा गैरसरकारी संस्थाहरूले बजारबाट के–कति चीज के–कति मूल्यमा किनेका छन् ? उनीहरूले चढ्ने गाडीको मासिक भाडाको दरभाउ कति हो ? तिनको प्रशासनिक खर्चबापत कति खर्च हुन्छ ? भन्ने विषय अहिले खोजीको विषय बनेको छ । कोटेसन गरेर गाडी मिलाइदिएबापत् संस्थाका जिम्मेवार व्यक्तिले परियोजना अवधिभर मासिक रूपमा १ जना अधिकृतले पाउने तलबभन्दा बढी कमिसन लिने रहेछन् । संस्थाहरूले भूकम्पपीडितलाई भौतिक चिज होइन, सके पैसा बाँड्नुपर्छ । बरु, त्यसका लागि पूर्व र पश्च अनुगमन गरे भइहाल्यो नि ? किन बजारबाट कोटेसन गरी गरी, घूस र कमिसन यताउता गरी–गरी चाहिने–नचाहिने सामान बाँड्नुपर्यो ? गैरसरकारी संस्थाको घोटलाको कुरा बाहिर आएको छैन । उनीहरूको खर्च, जवाफदेहिता र पारदर्शिताका बारेमा अख्तियारले चासो राख्नुपर्छ । भूकम्पपीडितलाई चाहिएको घर हो, टिनका अस्थायी टहरो होइन, बासथलो हो । साबुन, बाल्टी, लुगा, मञ्जन, ब्रस, किटबक्स के–के नामका वस्तु बाँडेर जुन खर्च भएको देखाइएको छ, त्यसले सोझै भूकम्पपीडितका नाममा भ्रष्टाचार भइरहेको प्रमाणित गरेको छ । सक्ने भए सरकारका निकाय र अन्य दाताले सीधै घर बनाएर हस्तान्तरण गर्नु । काभ्रेमा कलाकार जोडी कुञ्जना घिमिरे र सीताराम कट्टेलले घर बनाएर देखाए । यो एक अनुपम उदाहरण थियो । तर, अरूबाट त्यसको अनुकरण हुन सकेन । गैरसरकारी संस्थाले गोरखामा हालसम्म १ अर्ब रुपैयाँभन्दा बढी रकम खर्चिएका छन् । खाद्यान्न र जस्तापाताको उपलब्धि केही देखिए पनि अरू सामग्रीहरू संघसंस्थाकै कमाइ खाने औजार बनेका छन् । विपदै नआए यसको व्यवस्थापनमा लाग्नेहरूले कहाँबाट काम पाउनु ? रोगी नै नभए अस्पतालको के काम भनेजस्तो !

    सरकार र सरकारइतरका संस्थाहरूले भूकम्पपीडितलाई सहयोग गर्ने ‘मोडालिटी’ परिवर्तन गर्नुपर्छ । प्रारम्भिक चरणका कार्यक्रमहरू सकिएको हालको स्थितिमा प्राथमिकता आवासलाई दिनुपर्छ । त्यसका लागि आवश्यक प्रबन्ध गर्नुपर्छ । सरकारी निकाय पनि आफैं अनुकूलको हुने गरी नीति, बजेटहरू बनाउने, परियोजना बनाएर कार्यक्रमहरू बनाउने काममै व्यस्त छ । जनताको आवश्यकता र चाहना अर्को छ । पीडितलाई आफू ताक्छु मुढो, बन्चरो ताक्छ घुँडोजस्तो भएको छ ।

    भूकम्पप्रभावित १४ जिल्लामा मात्रै होइन, अरू जिल्लाहरूमा पनि ती संस्थाहरूले काम गरेका छन् । वास्तविक भूकम्पपीडितले सहयोग पाउनै नसकेको भन्ने जनगुनासाहरू सञ्चारमाध्यममा निरन्तर आइरहेको छ । सरकार, जसले त प्रणालीबद्ध किसिमले राहत, पुनर्निर्माणलगायतका सहयोगको काम गर्न सकेको छैन भने ‘कागजी बाघ’ मिलाएर जिल्ला÷क्षेत्र÷बस्ती छिरेका संस्थाहरूले दिएनन् भन्नु पनि बेकार छ ! स्थायी समाधान दिने त सरकारको दायित्व हो । सबैभन्दा बढी जिम्मेवारी सरकारको हो । यसैले होला, नेपाली कांग्रेस नेतृत्वको पालामा उठेको पुनर्निर्माण प्राधिकरणलाई एमाले नेतृत्वको सरकारले आकार दियो । प्राधिकरणले आकार पाएपछि आवास पुनर्निर्माणको केही काम सुरु भएको छ । दोलखाको सिंगटीबाट आवासका लागि २ लाख वितरणको काम सुरु भएको छ । यो क्रम अरू जिल्लामा पनि विस्तारित भइरहेको छ । गोरखाको हंसपुरमा पनि २ लाख रुपैयाँ वितरण भएको छ ।

    भूकम्प गएको पूरै १ वर्ष बितेको छ । यो १ वर्षसम्म सरकारको सहयोग आउँछ र घर बनाउँला भन्दै बसेका धेरै भूकम्पपीडितको विचल्ली भएको छ । त्यसैले अब ढिला नगरी काम गरौं ।

    karobardail

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, बैशाख ०८, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.