×
आइतबार, भदौ २८, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • ११ घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • १६ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • १७ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • २० घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • २१ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २१ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • २१ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २ दिन अघि

आज कुशे औँसी
  • २ दिन अघि

ह्‍‍‍यारी सँगको जम्काभेट

  •  
  • शनिबार, चैत १३, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    • रिपोर्टरको डायरी
    – सुदीप कैनी, काठमाडौं
    समाचार लेखे उनले ह्यारी अदालत जाने चेतावनी दिए । हामीले उनीहरुलाई हाम्रो कारण बाधा पुग्ने भए हामी फर्कन तयार रहेको बतायौं ।

    चैत्र १३, २०७२- नेपाल घुम्न आएका बेलायती राजकुमार ह्यारी एक पटक गोरखा आउने अनुमान पहिले नै गरेको थिए । भूकम्पको केन्द्रबिन्दु गोरखाको बारपाक थियो । ब्रिटिश सेना सँग गोरखाको पनि इतिहास र साईनो जोडिएको थियो । गोरखामा ह्यारी आउने हल्ला महिना दिनअघि नै थियो ।

    यी कुराले अनुमानलाई झनै बलियो बनाएको थियो । बर्दिया, लम्जुङ लगायत स्थानको औपचारिक भ्रमण पछि प्रिन्स ह्यारीले भूकम्प प्रभावित क्षेत्रमा अनौपचारिक रुपमा विद्यालय भवन बनाउन श्रमदान गर्ने इच्छा व्यक्त गरेका थिए । त्यहि इच्छा पुरा गर्न उनले नेपाल बसाईलाई ६ दिन लम्ब्याए ।

    ११ गते साँझ गोरखा सदरमुकाममा फेरि हल्ला फैलियो । राजकुमार ह्यारी सुटुक्क कुनै बस्तीमा विद्यालय भवन बनाउने उद्देश्यले आएका छन् । उनको भ्रमणलाई नेपाली संचार माध्यमले प्राथमिकता दिएका थिए । सर्वसाधरण स्रोता, पाठक र दर्शकलाई पनि उनी बारे चासो थियो । उनले भ्रमणलाई व्यक्तिगत भनेर गोप्य राख्न खोजेपनि आम सरोकारका कारण उनी कहाँ छन ? भनेर सोधी खोजी गर्न बाध्य भईयो । संचार माध्यमको काम झनै कसैलाई थाहा नभएको कुरालाई पत्ता लगाएर सार्वजनिक गर्नु हो । पि्रन्स ह्यारीले प्राइभेसी भन्दै गोप्य राख्न खोजेको उनका गतिविधि थाहा पाउन झनै उत्साह जाग्यो । एउटा संवाददाताका हैसियतले उनी कहाँ छन् ? के गर्दै छन् ? भन्ने कुरा पत्ता लगाउनुलाई आफ्नो दायित्व ठानें ।

    प्रमुख जिल्ला अधिकारी नारायण भट्ट, एसपी जनकराज पाण्डे, गणपति शिवराज पन्त देखि सुरक्षा निकायको उच्च तह सम्म टेलिफोन घुमाए । केहि पत्तो लागेन । उनी गोरखा आएको दिन चैत्र ११ गते थियो । रात छिपिदैं गयो । विभिन्न स्रोत सँग सोधी खोजी गर्दा पनि केही पत्ता लागेन । करिब ५ घण्टा उनको बारेमा जानकारी लिन टेलिफोनमा विभिन्न निकाय सम्म समय खर्च गरे । ती निकाय सँगको टेलिफोन कुराकानीमा करिब करिब उनी गोरखा आएको निश्चित भयो ।


    अब कुन गाविसको कुन ठाउँमा छन ? पत्ता लगाउनु थियो । बिहानै उठेर फेरि गुमनाम हृ्यारीको सोधी खोजी सुरु गरे । अनुमानको भरमा कसैले भूकम्पको केन्द्रबिन्दु बारपाक गएको, कसैले लाप्राक तिर भएको कसैले भच्चेक एरिया तिर गएको हचुवा कुरा बताए । सुरक्षा निकायका प्रमुखहरु उनको बारेमा केही थाहा नभएको बताउँथे । १२ गते विहान १० बज्यो । केहि पत्तो लागेन । सुरक्षा निकायका एक उच्च अधिकारीले राजकुमार हृ्यारी गोरखाकै मनासलु सर्किट आसपास हुन सक्ने प्रारम्भिक सुचना दिए । त्यसपछि ध्यान मोडियो । मनासुल पदमार्गको प्रवेश गर्ने आरुघाट बजार तिर ।

    फोनबाट सोधी खोजी गर्दै जाँदा लापु गाविस-३ को प्रभातकिरण माविको भवन विदेशीहरुले बनाई रहेको जानकारी प्राप्त भयो । अब कुन बिदेशीले बनाएको पत्ता लगाउनु थियो । कुराकानीकै क्रममा एक स्रोतले ह्यारीले बेलायती संस्था रुविकनको टिममा काम गर्ने बताएका थिए । लापुमा रुविकन टिमले काम गरेको थाहा भएपछि त्यसतर्फ  जाने निर्णय गरियो । सदरमुकामबाट मोटरसाईकल चढेर हिडियो ।

    बाटोमा पुगेपछि हृयारी अघिल्लो दिन आरुघाट बजारमा माक्र्स किनेर त्यसतर्फ गएको थप पुष्टि भयो । ३ घण्टा भन्दा बढी कच्ची सडकमा  मोटरसाईलमा गुडेपछि थुमीको सोती बजार पुगियो । त्यहाँबाट ह्यारी छन भनेको स्कुल पुग्न दुई घण्टा पैदल हिड्नु पर्यो । भूकम्पपछिको पहिरोले जोखिमपूर्ण रहेको मनासुल पदमार्गमा यात्रा सुरु गरियो । साँझ सम्म पुग्ने नपुग्ने ? ह्यारी छन छैनन ? अन्यौल कायमै थियो । स्थानिय सँग टेलिफोनमा सोध्दा कोही ह्यारी जस्तै भएको बताउँथे । केहीले नआएको बताए । एक पटक लापु पुगी छाड्ने उद्देश्य बोकेर अघि बढ्यो । मनमा अन्तै कतै पो भेटिने हुन कि भनेर चिसो पस्थ्यो बेला बेला ।

    बुढीगण्डकी नदिको तिरैतिर भिरको बाटो हिडेर झण्डै ४ः३० बजे लापु बेशी पुगियो । रुविकन टिमको एउटै पोशाक लगाए करिब १० जना युवायुवती धमाधम ढुङ्गा फुटाउने काम गरि रहेको थिए । उनीहरुले गरेको काम मेसिन चले जस्तै देखिन्थ्यो । अर्को पट्टी एउटा भवन तयार हुदैं थियो । स्थानियबासी सँग ह्यारी खै ? भनेर सोधियो । उनीहरुले मिश्रति जबाफ दिए । एक जना युवाले अलि कडा जबाफमा उत्तर दिए ‘हाम्रा मन्त्री आउँदा त कस्तो तामझाम हुन्छ । बेलायतको राजकुमार सुटुक्क यस्तो गाउँमा आउँछ ।’ अघिल्लो दिन देखिको परिश्रम व्यर्थ हुने सम्भावना बढेर गयो ।

    कुराकानीकै क्रममा स्थानीय शिक्षकहरुले ह्यारीले बिहानभर डोकोमा ढुङ्गा बोक्ने र फुटाउने काम गरेर स्थानीय होटलमा सुत्न भएको बताए । आफ्नै आँखाले नदेखि कसरी हो भन्ने ? होइन भनौं भने केही स्थानिय आएको छ भन्छन झन दोधार बढेर गयो । अर्को एक जनाले कानमा सुटुक्क भने ‘ह्यारी अलि परको भूकम्पले भत्केको लघु जलविद्युत आयोजना बनाउन जानु भएको छ, अहिले यहि बाटो र्फकनु हुन्छ । उनलाई त्यहि बाटो ढुकेर साँझ सम्म बस्ने निर्णय गरे । साँझ पर्न लाग्यो उनी आएनन । उल्टो बेलायती सेनाका एक जना आएर सोधी खोजी गर्न थाले । कहाँ जान लाग्नु भएको ? कहाँबाट कहिले आउनु भएको ? कति दिन बस्ने ? उनले सशस्त्र द्धन्द्धको बेला माओवादीको आधार शिविर पुगे जस्तो झल्को दिने गरि छड्के प्रश्न गरे । उनलाई छलेर बिस्तारै जलविद्युत आयोजना भएतिरै जाँदै थिए । अगाडि दुई जना बिचमा एक जना अनि पछाडी ५ जना रुविकन लेखेको एउटै पोशाक लगाएका व्यक्तिहरु आउँदै थिए । उनीहरुले निर्माण सामग्री पनि बोकेका देखियो । सबैको अनुहारमा आँखा घुमाए । बिचमा एक्लै हिड्ने बेलायती राजकुमार ह्यारी थिए । उनी सँग बाटोमा नै जम्काभेट भयो । पछाडी झोला बोकेका थिए ।

    ह्यारीले टाठोटाठो आँखा बनाएर म तिर हेरे । म फोटो खिच्न थाले । उनले मुन्टो बंगाए । टोलीका अर्को आएर उनलाई छेकी दिए । टोली अघि बढ्यो । म गतिलो फोटो कैद गर्न नपाएकोमा चुकचुकाए । उनीहरु त्यहाँबाट सिधै २० मिनेट परको बास बस्ने स्थानिय लापु गेस्ट हाउसमा प्रबेश गरे । गोरखाबाट थप पत्रकार साथीहरु पनि आईपुगे । हामीले उनी बास बसेको भन्दा ५० मिटर परको लक्ष्मी होटलमा कोठा लियौ । गोरखाबाट गएका साथीहरु ह्यारी खोज्दै गेष्ट हाउसमा गएछन् ।

    राजकुमारका सहयोगी उमेश पुनले उनको भ्रमण र गतिविधि व्यक्तिगत भएको भन्दै समाचार नलेख्न आग्रह गरेका थिए रे । तर हामीले आफ्नो मिडिया हाउसमा समाचार पठायौ । उनको गोरखा बसाई गोप्य राख्न स्थानीयबासीलाई ह्यारी त्यहाँ भएको कसैले थाहा पाए । विद्यालय लगायत त्यहाँ गरिने सहयोग फिर्ता लैजाने भनिएको रहेछ । स्थानियबासीले हामी त्यहाँ पुगेकोमा खासै खुसी व्यक्त गरेनन् । बरु त्यहाँ नबस्न दुखेसो पोखे । हाम्रो गतिविधि हेर्न स्थानीय युवा परिचालन गरेको थाहा पाईयो । केही अगुवा स्थानीय बाहेक अरुलाई बेलायती सेनाको प्रमुख त्यहाँ आएको बताईएको रहेछ । ठुला मान्छे आउने भन्दै स्वागत सत्कारमा ध्यान दिन भनिएको स्थानियले बताए ।

    चित्त बुझ्ने गरि रिपोटिङ गर्न र फोटो खिच्न पाईएको थिएन । भोली पाईन्छ पाईदैन भन्ने चिन्ताले राम्रो निन्द्रा परेर । अप्ठ्यारो बाटो भएर पुगेको थकाईले पनि शरीर गलाएको थियो । बिहान उठ्दा पनि थकाई मरि सकेको थिएनन । साईड रिपोटिङका लागि गाउँ निस्कियौं । बेलायती सेनाका एक र उमेश पुन त्यहि आई पुगे । तपाईहरु अहिले सम्म जानु भएको छैन भनेर उनले प्रश्न गरे ।

    हिजो नै तपाईहरुलाई राजकुमारको वरिपरि घुम्न पाईदैन भनेको राति नै जानु भयो होला भनेको अहिले सम्म किन नगएको भनेर उनले प्रतिप्रश्न गरे । समाचार लेखे उनले ह्यारी अदालत जाने चेतावनी दिए । हामीले उनीहरुलाई हाम्रो कारण बाधा पुग्ने भए हामी र्फकन तयार रहेको बतायौं । त्यति बेला बिहानको ८ बज्दै थियो । ह्यारी कोठाबाट बाहिर पनि देखिएनन । स्थानियबासी पनि सहयोग फिर्ता जाने चिन्ताले हामी त्यहाँ नबसे हुन्थ्यो भन्ने पक्षमा थिए । हामी लापुबेशीबाट सदरमुकाम फर्केने निर्णयमा पुग्यो । होटल साहुनी लक्ष्मी दिदिलाई गाँउले र ह्यारीको टोलीलाई सरी भन्दिनु है भन्दै आरुघाट तर्फ अघि बढ्यौ । ह्यारी हिडेर गएको त्यही मनासलु पदमार्गको बाटो हुदैं ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, चैत १३, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.