×
आइतबार, भदौ २८, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • ११ घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • १६ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • १७ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • २० घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • २१ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २१ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • २१ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २ दिन अघि

आज कुशे औँसी
  • २ दिन अघि

प्रहरीकै संरक्षणमा गोरखामा पनि सिन्डिकेट

  •  
  • शुक्रबार, चैत १२, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    सुदीप कैनी, गोरखा

    चैत्र १२, २०७२- जिल्लाको यातायात क्षेत्रमा सिन्डिकेट लाद्दै आएको यातायात व्यवसायी समिति गोरखाले एकाधिकार कायमै राख्न अनेक प्रपञ्च रच्न थालेको छ ।

    दर्ता भएर सञ्चालनमा आउन लागेको आरुघाट यातायात प्रालिका बसहरू सञ्चालन हुन नदिन समितिले अनेक कसरत गरेको हो । प्रहरी प्रशासनकै संरक्षणमा गोरखा यातायातले बस सञ्चालन गर्न रोक्ने गरेको प्रालिका सदस्यहरूले बताएका छन् ।

    ‘असोजमा बस किनेर ल्याएका हौं, अहिलेसम्म चल्न दिएका छैनन्,’ प्रालिका अध्यक्ष खड्कबहादुर घलेले भने, ‘चलायो भने तोडफोड गर्छन् ।’ मिलेर जानुपर्छ भन्दै प्रहरीले नै आफ्ना गाडीहरू सञ्चालन गर्नबाट रोक्ने गरेको उनले गुनासो गरे । ‘तपाईंहरूलाई पनि प्रहरी प्रशासन चाहिन्छ मिलेर जानुपर्छ भनेर गाडी चलाउन दिंदैनन्,’ उनले भने ।

    गाडी चलाउन खोज्दा प्रहरीले नै रोक्ने गरेको प्रालिका सदस्य रामबहादुर रोकाले जानकारी दिए । ‘गाडी चलाउन खोज्दा प्रहरीहरू सुरक्षा दिनुपर्ने ठाउँमा तोडफोड भए सुरक्षा दिन सक्दैनौं भनेर रोक्छन्,’ उनले भने । समितिले ठूला राजनीतिक दलको संरक्षणमा प्रहरीलाई समेत दबाब र प्रभाव राख्ने गरेको छ ।

    प्रालिको दर्ता कागजपत्र नपुगेको भन्दै बिहीबार बैठक डाकेर बसहरू नगुडाउन प्रहरीले कागजपत्र गराइदिएको हो । प्रालि र गोरखा यातायातका पदाधिकारीलाई जिल्ला प्रहरी कार्यालयमा डाकेर ट्राफिक प्रहरी प्रमुख मीनबहादुर कुँवरको रोहवरमा तत्काललाई प्रालिका गाडी नचाउने कागज गराइएको छ ।

    दर्ता भइसकेको प्रालिका गाडी गुडाउन नदिन समितिले प्रहरीमा कागजपत्र नभएको भन्दै उजुरी गरेको थियो । समितिकै योजनाअनुसार प्रहरीले प्रालिमाथि हस्तक्षेप गरेको रोकाले बताए । प्रालि दर्ता गरेर १० वटा बस ल्याएको भए पनि सञ्चालनमा आउन पाएका छैनन् ।

    सञ्चालन गरेका बेला दुईपटक गोरखा यातायात आबद्ध व्यवसायीहरूले तोडफोड गरिसकेका छन् । ‘गाडी चलाए तोडफोड गर्ने र कुटपिट गर्ने धम्की दिन्छन्,’ प्रालिका सल्लाहकार ताराबहादुर खड्काले भने । कागजपत्र पूरा गरेमात्रै गाडी चलाउन दिने गोरखा यातायातका अध्यक्ष रामहरि केसीले बताए । ‘अवैधानिक काम रोक्न खोजेका हौं,’ उनले भने ।

    प्रहरी निरीक्षक शंकर आचार्यले विवादमा रहेका दुई यातायात समितिका प्रतिनिधिले प्रहरी कार्यालयमा छलफल मात्र गरेको बताए । प्रमुख जिल्ला अधिकारी नारायण भट्टले दर्ता भएर आएका प्रालिका बसहरू सञ्चालन हुन कसैले नरोक्ने दाबी गरे । ‘बस चलाउन मैले निर्देशन दिएको छु,’ उनले भने, ‘असुरक्षा भए सुरक्षा दिन्छौं ।’

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, चैत १२, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.